Category: खेल

२२ गतेबाट सुरु हुने राष्ट्रिय लिग फुटबलको पुरस्कार राशी १ करोड

आगामि कात्तिक २२ गतेबाट राष्ट्रिय लिग फुटबल सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले लिग सञ्चालनको निर्णय गरेको हो । लिगमा ए डिभिजन लिगका ६ सहित ११ टिम सहभागी हुनेछन् । जसमा ए डिभिजन लिग च्याम्पियन मनाङसँगै थ्रीस्टार, शंकटा, आर्मी, पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब सहित पाँच जिल्ला टोलीले सहभागिता जनाउने छन् । होम एण्ड अवेका आधारमा खेलाइने लिगको विजेताले १ करोड नगद पुरस्कार पाउनेछ । कुल पुरस्कार २ करोड २५ लाख रहने छ भने प्रत्येक टीमलाई १५ लाख तयारी खर्च दिइनेछ । लिगको अनुमानित खर्च ५ करोड ७५ लाख रहेको एन्फाले जनाएको...

Read More

यु १९को बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट

आगामी नोभेम्बर ५ देखि १६ सम्म कुवेतमा हुने एसीसी अण्डर नाईन्टिन प्रिमियर ट्रफी क्रिकेटमा नेपालको कप्तानी राजु रिजालले सम्हाल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले आज यु १९ का लागि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो । राजुलाई कप्तान र आरीफ शेखलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । बन्द प्रशिक्षणमा बोलाइएका अन्य खेलाडीमा निरज मुखिया, ईर्साद अहमद, आशिष धामी, हेमन राई, शंकर राना, प्रेम तामाङ्ग र सौरभ खनाल रहेका छन् । त्यसैगरी सन्दिप सुनार, योगेन्द्र कार्की, कुशल भुर्तेल, राजविर सिंह, सुशिल कँडेल, सुनिल धमला, दिपेश श्रेष्ठ, दिपेन्द्र ऐरी र अर्जुन चापागाईं पनि टोलीमा परेका छन्...

Read More

इंग्लिस प्रिमियर लिगमा चेल्सीको अग्रता यथावत

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ५ अंकको अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गर्दा सेस फेब्रिगासले चेल्सीका लागि प्रिमियर लिगमा पहिलो गोल समेत गरेका छन् । अर्काे खेलमा आर्सनलले हल सिटीसँग २–२ को बराबरी खेलेको छ । यस्तै साउथह्याम्पटनले सण्डरल्याण्डलाई ८–० ले पराजित गरेको छ । जसमा दुई गोल उपहार गोल थियो । यो प्रिमियर लिगको फराकिलो जित मध्ये एक हो...

Read More

स्पेनिश ला लिगामा बार्सिलोना र रियल मड्रिडको जीत

लिओनल मेस्सीले उत्कृष्ट गोलका साथ बार्सिलोनाबाट डेब्यू गरेको १० औं वर्षगाँठको खुसी मनाएका छन् । स्पेनिस ला लिगामा गए राति भएको खेलमा बार्सिलोनाले ऐबरलाई ३–० गोल अन्तरले पराजित गरेको छ, जसमा एक गोल मस्सीको थियो । गोलसँगै मेस्सी अर्को कीर्तिमान नजिक पुगेका छन् । यो उनको ला लिगामा २ सय ५० औं गोल हो र अब सर्वाधिक गोलकर्ता बन्न मात्र दुई गोलले पछि छन् ।  यस्तै स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेलाई पराजित गरेको छ । च्याम्पियन्स लिगमा लिभरपुलसँगको खेल अघि लेभान्टेविरुद्ध ५–० को जित हात पारेको हो...

Read More

इंग्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आज सात टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयअनुसार साँझ साढे ५ बजे सुरु हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै मैदानमा टोटनह्याम हट्सपरको सामना गर्दैछ । त्यसैगरी, बेलुकी पौने ८ बजे बाट छ वटा खेल हुँदैछन् । आर्सनलले आफ्नै मैदानमा हल सिटीको, बर्नलीले आफ्नै मैदानमा वेस्टह्याम युनाइटेडको तथा क्रिस्टल प्यालेसले आफ्नै मैदानमा लिग लिडर चेल्सीको सामना गर्नेछ । त्यसैगरी, एभर्टनले आफ्नै मैदानमा एस्टन भिल्लासँग, न्यूकासल युनाइटेडले लेस्टर सिटीसँग भिड्दा साउथह्याम्पटन पनि आफ्नै मैदानमा सन्डरल्यान्डसँग प्रतिस्पर्धा गर्दै हुनेछ...

Read More