Category: खेल

इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुने

इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आज ४ खेल हुने भएको छ । आजको खेलमा सण्डरल्याण्ड र एभर्टन, टोटनह्याम र स्टोक सिटी आमने सामने हुनेछन् । त्यसैगरी वेष्ट ब्रोम र न्यक्यासल युनाइटेडको खेल संगै स्वान्सी र आर्सनलको भिडन्त पनि आज राति नै हुँदैछ । यसअघि गएराती भएको खेलमा लिभरपुलरलाई २–१ ले हराउाँदै लिग लिडर चेल्सी विजयी भएको छ । लिगअन्तर्गत गएराति नै भएको खेलमा म्यानचेष्टर युनाइटेड र साउथह्याप्टन विजयी भएका छन् । म्यान्चेष्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको हो ।  जितसँगै युनाइटेड ११ खेलबाट १६ अंक सहित छैटौं स्थानमा उक्लिएको छ । अर्को खेलमा दोस्रो स्थानको साउथह्याप्टनले लिसेस्टरलाई...

Read More

हङकङलाई हराउँदै पपुवा न्युगिनीको इतिहासमै पहिलो जित

हङकङलाई ४ विकेटले हराउँदै पपुवा न्युगिनीले क्रिकेट इतिहासमै आफ्नो पहिलो एक दिवसीय क्रिकेट खेल जितेको छ । पपुवा न्युगिनीले जितेर इतिहास रचेको छ भने हङकङले भने हारसँगै एक दिवसीय क्रिकेट सुरु गरेको छ । टाउन्सभिलको टोनी आयरल्याण्ड स्टेडियममा जितका लागि पाएको २ सय ३ रनको लक्ष्य पपुवा न्युगिनीले ६० बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । पपुवा न्युगिनीलाई जिताउन चाल्स अमिनीले नटआउट ६१ रन बनाए भने भनी मोरेरा ५१ रनमा आउट भए । पहिलो एक दिवसीयमा पहिलो ब्याटिङ गरेको हङकङले ४८ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर २ सय २ रन बनाएको थियो । हङकङका जेमी एट्किन्सनले...

Read More

नेपालले आइतबार साउदी अरेबियासँग पहिलो खेल खेल्दै

एसिसी यु–१९ प्रिमियर क्रिकेट आइतबार सुरु हुने भएको छ । अफगानिस्तान, युएई र साउदी अरेबिया टोलीका खेलाडीहरूको भिसा समस्या भएपछि कुवेतमा शुक्रबार पहिलो दिन हुने भनिएका खेलहरू रद्द भएका थिए । एसियाली क्रिकेट परिषद (एसिसी) का अनुसार प्रतियोगितामा सहभागी हुन आउने टोलीका केही खेलाडीको भिसा प्रक्रिया पूरा नभएकाले दुई दिन पछाडि सार्नुपरेको हो । पहिलो दिन नेपालले मलेसिया र अफगानिस्तानले कुवेतसँग खेल्ने कार्यक्रम थियो । अब नेपालले आइतबार साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ । सोही दिन मलेसिया र अफगानिस्तानबीच अर्को खेल हुनेछ । नयाँ तालिकाअनुसार नेपालले ७ दिनमा सबै पाँच खेल्नेछ । साउदी अरेबियासँग खेलेपछि नेपालले सोमबार आयोजक कुवेत,...

Read More

एसिसी यु–१९ प्रिमियर क्रिकेट स्थगित हुने सम्भावना

कुवेतमा सुरु हुने १९ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेट अन्तर्गत आज हुने भनिएको खेल रद्द भएका छन । अफगानिस्तान, युएई र साउदी अरवका खेलाडीको भिसामा समस्या भएर समयमै पुग्न नसकेकाले आज हुने भनिएको नेपाल र मलेसिया तथा अफगानिस्तान र कुवेतविचको खेल रद्द भएको जानकारी आएको नेपाल क्रिकेट क्यानले जनाएको छ । लिग शुरु हुन अझै २÷३ लाग्ने देखिएको छ...

Read More

तेक्वान्दोमा नेपाललाई स्वर्ण

दक्षिण कोरियामा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले स्वर्ण हात पारेको छ । जेन्जु सहरमा भएको प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो युनियनका खेलाडी रिश्मा श्रेष्ठले ४६ किलो तौल समूहमा कोरियाली खेलाडी जेमी लीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । कार्तिक ८ देखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको महिला सिनियरतर्फ ७० किलो तौल समूहमा कोरियाली खेलाडीसँग पराजित भएकी सुसान जोशी द्धितीय भइन् । प्रतियोगिताको पुरुष सिनियरतर्फ ७४ किलो तौल समूहमा पराजित भएका डम्वर बोहोरा तृतीय भए । यस्तै, पुरुष सिनियर ८० किलो तौल समूहमा चाइनीज खेलाडीसँग पराजित भएका धीरेन्द्र सिंह कठायतले पनि तृतीय स्थानमै चित्त बुझाए...

Read More