Category: खेल

वर्षाका कारण नेपाल र अमेरिकाबीचको खेल स्थगित, भोली सुरुबाटै खेलाईने

मलेसियाको क्वालालामपुरमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत आज भएको नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाल र अमेरिकाबीच फेरि भोलि सुरुबाट खेल हुनेछ । अमेरिकाले नेपालसामू २ सय ५ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपालले जवाफी व्याटिङ गर्न नपाउँदै पानी परेको थियो । पानी रोकिएपछि खेल ३० ओभरमा छोट्याइएपछि नेपालले १ सय ६२ रनको नयाँ लक्ष्य पाएको थियो ।  जवाफी व्याटिङ सुरुवात गरेको नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै २७ रन बनाउँदा फेरि पानी परेपछि खेल रद्द भएको घोषणा गरिएको थियो । यसअघि किन्नरा ओभलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ४७...

Read More

अमेरिकाद्वारा नेपालसामू २ सय ५ रनको लक्ष्य प्रस्तुत

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा अमेरिकाले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ४७ दशमलव ३ ओभरमा २ सय ४ रन जोड्दै अलआउट भयो । केहीबेरमा नेपालले २ सय ५ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा मैदानमा उत्रिँदै छ ।  बलिङमा सोमपाल कामी ३, बसन्त रेग्मी शक्ति गौचन र सागर पुनले समान  २–२ विकेट लिएका थिए...

Read More

दक्षिण अफ्रिकी फुटवल टीमका कप्तान मेयीवाको गोली हानी हत्या

दक्षिण अफ्रिकाका फुटवल टीमका कप्तान सेनजो मेयीवाको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको उनकै प्रेमिकाको घरमा हत्या गरिएको हो । जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा हत्या भएको त्यहाँको सुक्षाकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  २७ वर्षीय सेन्जो मेयीवा ओरलांडो पाइरेट्सका तर्फबाट खेल्ने गर्दथे । हत्या कसरी कस्ले गर्याे भन्नेबारे विस्तृतमा खुलाइएको छैन...

Read More

डिभिजन थ्री अन्र्तगत नेपाल र अमेरिकाबीचको खेल जारी

मलेसियामा जारी आईसीसी विश्व क्रिकेट लिक डिभिजन थ्री अन्र्तगत अहिले आफ्नो चौथो खेलमा नेपालले अमेरिकाको सामना गरिरहेको छ । क्लालालम्पुरको किनरारा एकेडेमीमा सुरु भएको खेलमा अमेरिकाले टस जितेर ब्याटिङ गरिरहेको छ । हिजो सिंगापुरसँग भएको खेलमा नेपाल १ सय ९० रनले विजयी भएको थियो । यस्तै, एकै समयमा सिंगापुर र बर्मुडा तथा युगाण्डा र मलेसियाबीच पनि खेल चलीरहेको छ...

Read More

डिभिजन थ्रीको तेस्रो खेलमा नेपालको सानदार जीत

मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको आजको खेलमा नेपालले सिंगापुरलाई १ सय ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर ब्याटिङ्कको निम्तो पाई प्रारम्भिक ब्याटिङ् गरेको नेपालले पुरै ओभर खेल्दा नौ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो । २ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर मात्र २१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै जोड्न सक्यो । सिंगापुरका चेतन सूर्यबंशीले मात्र १५ रन जोडे भने क्षितिज सिन्देले १३, साद जान्जुवाले ११ रन तथा अभिराज सिंहले अविजित १२ रनको योगदान दिए । नेपालका सोमपाल कामी र बसन्त रेग्मीले चार चार विकेट लिए...

Read More