Category: खेल

इग्लिस प्रिमियर लिगमा तीन खेल हुंदै

इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी यात्रा कायमै रहेको छ । चेल्सीले गएराति भएको खेलमा लेस्टर सिटीलाई २÷० ले पाखा लगाउँदै विजयी यात्रा कायमै राखेको हो । आफ्नै घरेलु मैदानमा खेलेको चेल्सीलाई जिताउन डिएगो कोस्टा र एडिन हाजार्डले एक एक गोल गरे । जीतसंगै चेल्सी ६ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा कायमै छ । समान ६ अंकबाट स्वान्सी सिटी दोस्रो स्थानमा छ । गएराति घरेलु मैदानमा खेलेको स्वान्सीले बर्नलेलाई १ ० ले हरायो । गएरातिको खेलमा वेष्टह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३ १ ले हराउँदा तीन खेल बराबरीमा सकिएका छन । आर्सनलले एभर्टनसंग २ २ गोलको बराबरी खेल्दा एस्टन...

Read More

सत्रौं एसियाली खेलमा नेपालले बलियो टिमसंग भिड्ने

दक्षिण कोरियाको इन्चोनमा हुँदै गरेको सत्रौं एसियाली खेलकुद एसियाडमा नेपाली फुटबल टीम कठीन समूहमा परेको छ । १६ वर्षपछि पहिलो पटक एसियाली खेलकुदमा फर्किएको नेपाली टिमले समूह चरणमै जापान, कुवेत र ईराकको सामना गर्नुपर्नेछ । साविक विजेता जापान एसियन कप च्याम्पियन पनि हो भने ईराकले एक स्वर्ण तथा एक पदक जितेको छ । त्यसैगरी कुवेतले दुई पटक एसियाडमा रजत जितेको छ । पछिल्लो पटक सन् १९९८ मा एसियाड खेलेको नेपालले यसपटक राम्रो प्रदर्शन गर्ने विश्वास प्रशिक्षक ज्याक स्टेफानो वस्कीको छ । कठीन समूहमा परे पनि नेपाललाई अनुभव बटुल्ने राम्रो अवसर मिलेको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाको...

Read More

ग्रान्डस्लाम टेनिसमा जोकोभिच र सवार्डचन भिड्ने

वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको खेल तालिका सार्वजनिक भएको छ । सोमबारदेखि फ्लसिङ मिडोजमा सुरु हुने प्रतियोगिताको पहिलो खेलमा विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले पहिलो चरणमा अर्जेन्टाइन खेलाडी डिएगो सवार्डचनको सामना गर्नेछन् । विश्व नम्बर दुई स्पेनिस खेलाडी रफाइल नदाल घाइते भएका कारण सहभागी नभएपछि दोस्रो वरीयता पाएका पूर्व विश्व नम्बर एक स्वीस खेलाडी रोजर फेडेररले पहिलो खेलमा अष्ट्रेलियन खेलाडी मारिन्को मातोसेभिकसँग खेल्ने कार्यक्रम छ । चौथो वरीयताका स्पेनिस खेलाडी डेभिड फेररले दामिर जुर्हुमको सामना गर्दा आठौं वरीयताका ब्रिटिस खेलाडी एन्डी मरेले डच खेलाडी रविन हाससँग खेल्ने छन । छैटौं वरीयताका चेक खेलाडी टमस...

Read More

एएफसी यु-१६ च्याम्पियनसिप फुटबलका लागि विमल नेपालमा

बेल्जियममा रहेका नेपाली यु-१६ राष्ट्रिय टोलीका कप्तान विमल घर्ती मगर  काठमाडौं  आएका छन् ।  विमल बेल्जियमको एन्डरलेच्ट क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। एएफसी यु-१६ च्याम्पियनसिप फुटबलको तयारीका रहेको नेपाली टोलीमा सहभागिता जनाउन विमल आएका  हुन्। एएफसी यु-१६ च्याम्पियन सिप भदौ २१ देखि असोज ४ गतेसम्म थाइल्यान्डमा आयोजना हुँदैछ । च्याम्पियनसिप सन् २०१५ मा बेल्जियममै आयोजना हुने यु-१७ विश्वकपको छनोट खेल पनि हो। च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने चार टोली विश्‍वकपका लागि छनोट हुनेछन्। च्याम्पियनसिपको समूह ‘सी’ मा नेपालसहित उज्वेकिस्तान, उत्तरकोरिया र कुवेतले प्रतिस्पर्धा...

Read More

प्रतिबन्ध हटाउन बार्सिलोनाले गरेको आग्रह फिफाद्धारा अस्वीकार

खेलाडी ट्रान्सफर माथि लगाएको प्रतिवन्ध हटाउन बार्सिलोनाले गरेको आग्रह फिफाले अस्वीकार गरेको छ । अब बार्सिलोनाले जारी ट्रान्सफर बन्द भएपछि २०१६ जनबरीसम्म खेलाडी किन्न र बेच्न पाउने छैन । जारी ट्रान्सफर अगष्ट ३१ मा सकिनेछ । १८ वर्षभन्दा कम उमेरका खेलाडीहरुलाई एकेडेमी ला मासियामा ल्याएको भन्दै फिफाले बार्सिलोनामाथि १४ महिने प्रतिबन्ध लगाएको छ । तर, बार्सिलोनाले अपील गरेपछि केही समयका लागि प्रतिवन्ध स्थगित गरिएको थियो । यही मौकामा बार्सिलोनाले लुइज स्वरेजसहितका फुटबलहरुलाई भित्राएको छ...

Read More