Category: खेल

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

एफ ए कप फुटबल अन्तर्गत गएरातीको खेलमा ए एफ सी विम्बल्डनलाई हराँउदै लिभरपुल चौथो चरणमा उक्लिएको छ । सिजनको समाप्तीसँगै क्लव छाड्ने घोषणा गरेका कप्तान स्टेभेन जेरार्डले दुई गोल गरेपछि लिभरपुलले विम्बल्डनलाई २ १ ले हराएको हो । खेलको १२ औं मिनेटमै जेरार्डले पहिलो  गोल गर्दै लिभरपुललाई अग्रता दिए । ३६ औं मिनेटमा अडेबायो अकिन्फेन्वाले विम्बल्डनका लागि बराबरी गोल गरेका थिए । तर दोस्रो हाफको ६२ मौं मिनेटमा जेरार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । एफए कप अन्तर्गत गएरातीको अर्को खेलमा बर्न्लेले टोटनह्याम हट्सपरलाई १ १ गोलको बराबरीमा रोकेको छ । खेलमा टोटनह्यामका नासीर चाड्लीले पहिलो...

Read More

अष्ट्रेलिया र भारतवीचको अन्तिम टेष्ट क्रिकेट आजदेखि

अष्ट्रेलिया र भारतवीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट आजदेखि सिड्नी क्रिकेट मैदानमा हुँदैछ । सिरिजमा २ ० ले पछाडी परेको भारतीय टोलीको कप्तानी विराट कोहलीले सम्हाल्नेछन् । मेलवर्न टेष्टको समाप्तिपछि नियमित कप्तान महेन्द«सिंह धोनीले सन्यास लिएका थिए । यसअघि कोहलीले ब्रिस्बन टेष्टमा कार्यवाहक कप्तानको भूमिका निर्वाह गरेका थिए । सिड्नी टेष्ट गुमाउँदा भारत आइसीसी टेष्ट वरियताको सातौं स्थानमा झर्नेछ । अष्ट्रेलियाले ३ ० ले विजयी हुँदा शीर्ष स्थान वलियो पार्नेछ...

Read More

३२ औं ओलम्पिकका लागि ६ नेपाली खेलाडी छनोट

आगामी सन २०१६ मा ब्राजिलमा हुने ३२ औं गृष्मकालिन ओलम्पिक खेलकुदका लागि ६ नेपाली खेलाडीले विशेष प्रशिक्षण लागि छात्रवृत्ति पाएका छन । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को पहलमा एथलेटिक्सकी संगीता खड्का, बक्सिङकी सरस्वती राना, जुडोकी फुपुलामु खत्री, ताइक्वान्दोकी निशा रावल, पौडीका शिरिष गुरुङ र सोफिया शाहले ओलम्पिक र्स्कलसिप फर एथलेटस रियो २०१६ को छात्रवृत्ति पाएका हुन । छात्रवृत्ति पाएका खेलाडीले गृष्मकालिन ओलम्पिकको छनोट अघि सम्म स्वदेश र विदेशमा रहेर प्रशिक्षण गर्नु पर्नेछ। छात्रवृत्ति पाएका प्रत्येक खेलाडीलाइ अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मासिक जनही ६ सय ७० अमेरिकी डलर प्रदान गर्नेछ । सम्बन्धित संघले छात्रवृति पाएका खेलाडीलाइ...

Read More

ला लिगामा बार्सिलोना र रियाल मड्रिड पराजित

स्पेनिस ला लिगाअन्तगत गए राति भएका खेलहरुमा दुर्इ ठूला क्लब बार्सिलोना र रियाल मड्रिड पराजित भएका छन् ।  उपाधि होडमा रहेका दुबै क्लब क्रिस्मस र अग्रेजी नयाँ वर्षको विश्रामपछि भएका खेलमा पराजित भएका हुन् ।गएराति भएका खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिड भ्यालेन्सीयासँ २-१ गोलअन्तरले पराजित भयो । रियाललार्इ स्तब्ध बनाउने क्रममा भ्यालेन्सियाका लागि एन्टोनियो बारागन र निकोलस ओटामेन्डीले गोल गरे । रियालका लागि रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाएका थिए । गएरातिकै अर्को खेलमा रियाल सोसिडले बार्सिलोनालार्इ हराएको छ । म्यानचेस्टर युनार्इटेडका पूर्व प्रशिक्षक डेभिड मोएसले सम्हालेको सोसिडलार्इ जित दिलाउने क्रममा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल...

Read More

संकटा क्लवले राष्ट्रिय लिग नखेल्ने

‘ए’ डिभिजनको संकटा क्लवले आगामी माघ ७ गतेबाट हुन लागेको राष्ट्रिय लिग फुटबल नखेल्ने भएको छ । क्लवको केन्द्रिय समिति र सल्लाहकारको संयुक्त बैठकले यो वर्ष लिग नखेल्ने सर्वसम्मत निर्णय गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर अध्यक्ष रहेको संकटाले प्रतियोगितामा नाम दर्ताका लागि एक दिन मात्रै समय बाँकी रहँदा लिग नखेल्ने निर्णय गरेको हो । वार्षिक रुपमा एक करोडभन्दा बढी आम्दानी भएको संकटा क्लवले आफ्नो आर्थिक अवस्था थप मजबुत बनाउन यो वर्ष लिग नखेल्ने निर्णय गरेको तर्क गरेको छ । एन्फाले राष्ट्रिय लिगको लागि क्लब दर्ताको समय आज साँझसम्म तोकेको छ ।...

Read More