Category: खेल

पोर्चुगल र फ्रान्स विश्वकपकालागि क्वालिफाइड

लिसबन । युरोपियन च्याम्पियन पोर्चुगलले स्वीटजरल्याण्डलाई पराजित गर्दै सन् २०१८ को विश्वकपका लागि छनौट भएको छ । स्वीटजरल्याण्डविरुद्ध २–० को जीत निकाल्दै युरोपियन छनौटको समूह बीको विजेताको रुपमा पोर्चुगलले विश्वकपमा स्थान सुरक्षित गरेको हो । खेलमा बराबरी वा हार गरेको भए पोर्चुगल प्लेअफ खेल्न बाध्य हुन्थ्यो । तर, जोहान जोरोउको आत्मघाती गोल तथा आन्द्रे सिल्भाको गोलको मद्दतले पोर्चुगल विजयी भएको थियो । उता, फ्रान्सले बेलारुसलाई २–१ गोलअन्तरले हराउँदै समूह एको विजेता बन्दै विश्वकपमा प्रवेश गरेको छ । नेदरल्याण्डसँग २–० गोलअन्तरले पराजित भए पनि स्वीडेनले प्लेअफका लागि स्थान बनाएको छ । सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड भने विश्वकप...

Read More

मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले विश्वकपको टिकट काट्यो

एजेन्सी । लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे पछि इक्केडर माथी ३–१ को जित निकाल्दै अर्जेन्टिनाले रसियामा हुने विश्वककप फूटबलको टिकट काटेको छ । पहिलो हाफमा नै गोल खाएर पछि परेको अर्जेन्टिनालाई विश्वकपमा पुर्याउने क्रममा मेस्सीले १२,२० र ६२ औं मीनटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । दाक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने क्रममा अर्जेन्टिना २८ अंक सहित समूहको तेस्रो स्थानामा रहदैँ विश्वकपका लागि छनोट भएको हो । आजै भएको अर्को अन्तिम खेलमा ब्राजिलले चिलीलाई ७–० ले हरायो उसले ४१ अकं सहित समूहको शीर्ष स्थनामा रहदै विश्वकपको यात्रा तय गरेको छ । यो समूहमा उरुग्बे दोस्रो स्थानमा रहदै विश्वकपमा...

Read More

नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले मंगलबार ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र घरेलु काजिकिस्तान टोलिबिचको खेल नेपाली समयअनुसार पौने ७ मा सुरु हुनेछ । घरेलु मैदानमा भएको खेलमा पराजित नेपाल खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ । नेपालका कप्तान विराज महर्जनले ताजकिस्तान नेपालकै स्तरको टिम भएको कारण खेल सुधार गर्दै जित निकाल्ने लक्ष्य रहेको बताए ।  नेपाली टोलिका कप्तान विराजले कमजोरीहरु सुधार गिरी जितको लागि खेल्ने बताए । एन्फा कम्प्लेक्समा गत भदौ २० गते भएको ्खेलमा नेपाल ताजकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो । समूह एफमा रहेको नेपालको ३ खेलबाट १...

Read More

स्पनेले इजरायललाई १–० ले हरायो !

काठमाडौ । विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत सोमबार राति भएका खेलमा स्पेन र इटाली विजयी भएका छन् । समूह ‘जी’ अन्तर्गतको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको स्पनेले इजरायललाई १–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा स्पेनलाई जिताउन ७६ औं मिनेटमा इलारामेन्दीले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा इटालीले अल्बानियालाई पनि १–० ले नै हरायो । इटालीको जितमा ७३ औं मिनेटमा क्यानड्रेभाले गरेको गोल निर्णायक भयो । इटालीले विश्वकप प्रवेशका लागि प्ले–अफ खेल्नु पर्ने छ । समूह ‘जी’ अन्तर्गतकै खेलमा मेसेडोनियाले लिचेस्टाइनलाई ४–० ले हरायो...

Read More

आइसल्याण्डको कीर्तिमान, विश्वकप फुटबलमा स्थान बनाउन सफल

एजेन्सी । आइसल्याण्ड आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ मा रहेको आइसल्याण्डले छनौट चरणको अन्तिम खेलमा सोमबार राति कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा सोझै स्थान बनाउन सफल भएको हो । आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनौट भएको हो । यो सँगै आइसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश हो । आइसल्याण्डले युरोकप २०१६ को क्वाटरफाइनलमा पुगेको आइसल्याण्डले त्यसबेला अन्तिम १६ को खेलमा इंग्ल्याण्डलाई हराएको थियो । आइसल्याण्डको जनसंख्या झण्डै तीन लाख ३५ हजार मात्रै छ । विश्वकपमा छनौट हुने सबैभन्दा कम जनसंख्या भएको देश पनि आइसल्याण्ड नै बनेको छ । १०...

Read More