Category: खेल

प्रिमियर लिगमा म्यान्यु र बर्नले भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदैछन् । पहिलो खेलमा साँझ साढे ५ बजे म्यानचेस्टर युनाइटेडले नवप्रवेशी टिम बर्नलेको सामना गर्दैछ । तयारी खेलहरुमा निकै सशक्त प्रदर्शन गरेको म्यानयुले प्रिमियर लिगमा भने दुई खेलमध्ये एकमा हार र एकमा बराबरी गरेको छ । आज पनि बर्नलेको मैदानमा हुने खेलमा डच प्रशिक्षक रुड भान गालको अग्निपरीक्षा कायमै रहने छ । लिग अन्तर्गत बेलुकी पौने ८ बजे पाँच खेल हुँदैछन । म्यानचेस्टर सिटीने आफ्नै मैदानमा स्टोक सिटीको, न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसको, क्विन्स पार्क रेन्जर्सले सन्डरल्यान्डको, स्वान्सी सिटीले वेस्टब्रोमविच आल्बियनको तथा वेस्टह्याम युनाइटेडले साउथ ह्याम्पटनको सामना गर्दैछ । त्यस्तै राति सवा १०...

Read More

पुबुदुले आज मन्त्रालयमा बुझाउने कार्य योजनामा के होला ?

हिजो काठमाडौं फर्किएका नेपालका लागि सर्वाधिक सफल क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले आज युवा तथा खेलकुद मन्त्रालयमा आफ्नो कार्ययोजना पेश गर्दैछन् । तीनवर्षअघि आएका पुबुदुकै कार्ययोजनाले नेपालले विश्ककप ट्वेन्टी ट्वेन्टी खेल्न पाएको थियो भने डिभिजन थ्री क्रिकेटको उपाधि हासिल गरेको थियो । उनकै प्रशिक्षणमा नेपालले विश्वकप एक दिवसीयको छनोट खेलेको थियो । नेपाल क्रिकेट संघ क्यानले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि राष्ट्रिय टिमका पारस खड्काले पुबुदु नभए आफू पनि नखेल्ने चेतावनी दिएसंगै सरकारले पुबुदुलाई एक वर्षको करार थपी फर्काएको हो । पुबुदुले युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफु काठमाडौं आएको जानकारी दिंदै अब डिभिजन थ्री को तयारीमा...

Read More

युएस ओपन ग्रान्डस्लाम टेनिस प्रतियोगिता सुरु

यस वर्षको अन्तिम युएस ओपन ग्रान्डस्लाम टेनिस प्रतियोगिता सुरु भएको छ । अमेरिकाको फ्लसिङ मिडोजमा आयोजित प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीहरुले राम्रो सुरुवाती गरेका छन् । जसमा तेश्रो वरीयताका स्वीस खेलाडी स्टानि स्लास वावरिङका, पाँचौं वरीयताका क्यानेडियन खेलाडी राओनिक, आठौं वरीयताका बेलायती खेलाडी एन्ड्री मुर्रे र नवौ वरीयताका फे्रन्च खेलाडी जो वेल्फ्रेड सोंगा दोश्रो चरणमा पुगेका छन् । वावरिङकाले चेक खेलाडी जिरि वेसेलीलाई ६–२, ७–६ र ७–६ को सोझो सेटमा पराजित गरे भने पाँचौं वरीयताका राओनिकले जापानिज खेलाडी तारो डानियललाई ६–३, ६–२ र ७–६ ले हराए । त्यसैगरी, मुर्रेले डच खेलाडी रविन हासलाई ६–३, ७–६, १–६ र ७–५ ले पराजित...

Read More

अष्ट्रेलियामा नेपाली तेक्वान्दो फेडरेसन

अष्ट्रेलियाको मेलवोर्नमा नेपाली तेक्वान्दोसँग सम्बन्धित पदाधिकारीहरूको भेलाले आलोक रानाको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) को अष्ट्रेलियन च्याप्टर गठन गरेको छ। अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली तेक्वान्दो परिवारलाई समेटेर पुर्व राष्ट्रिय खेलाडी आलोक रानामगरको अध्यक्षतामा युएनटीएफले पुर्णता पाएको हो। मेलवर्नमा सम्पन्न भेलावाट गठन गरिएको अस्ट्रेलिया च्याप्टरको सचिवमा सुदुर पश्चिमवाट तेक्वान्दोमा आश लाग्दा प्रतिभाको रुपमा उदाएर राष्ट्रिय प्रतियोगिता खेलिसकेका माहादेव धानुक रहेका छन। च्याप्टरको कोषाध्यक्षमा सशी पराजुली तथा सदस्यहरुमा हिरा महर्जन, रिकेश महर्जन र जिवन श्रेष्ठ रहेका छन।अस्ट्रेलिया च्याप्टर गठनपश्चात कमिटीले डी आर राना, हेमन्तराज काफ्ले र स्वयम्भुराज डंगोललाई सल्लाहकार चयन गरेको छ। अमेरिकावाट अस्ट्रेलियन ओपन तेक्वान्दो प्रतियोगितामा रेफ्री...

Read More

म्यानचेष्टर सिटीद्धारा बलियो प्रतिद्वन्द्वी लिभरपुलमाथि जीत

इग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले बलियो प्रतिद्वन्द्वी लिभरपुललाई पराजित गरेको छ । गए राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले लिभरपुलमाथि ३–१ को प्रभावशाली जित हात पारेको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४१ औं मिनेटमा स्टीभन जोभिटिकको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा जोभिटिकले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । ६९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेपछि सिटीले ३–० को अग्रता लियो । एग्युरोले इडेन जोकोको स्थानमा मैदान प्रवेश गरेको मात्र २३ सकेण्डमा गोल गरेका हुन् । ८४ औ मिनेटमा सिटीका जाबालेटाले आत्मघाती गोल गरेपनि लिभरपुल खेलमा फर्कन सकेन...

Read More