Category: खेल

आर्थिक हिसाबकिताब माग्दा चार क्लब प्रतिबन्धीत

अखिल नेपाल फुटबल संघ एन्फाले चार क्लबमाथि प्रतिबन्ध लगाएको छ । मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्ड्स क्लबलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो । एकैपटक चार क्लबमाथि कारबाही भएको यो नेपाली फुटबलकै पहिलो घटना हो । एन्फाको काम–कारबाहीसँग असहमत चार क्लबले वैशाखको सुरुआतमा क्लब समन्वय समिति गठन गर्दै गत वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेका थिए । झन्डै ८ महिनाको प्रतिबन्धमा परे पनि चार क्लबको ‘ए” डिभिजन हैसियत यथावत रहनेछ । नेपालमा १२ ए डिभिजन क्लब रहेका छन्...

Read More

इग्लिस प्रिमियर लिगमा आज म्यानसिटी र लिभरपूल भिड्ने

इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेष्टर सिटी र लिभरपुलबीच भिडन्त हुँदैछ । खेल राति पौने १ बजे म्यानचेष्टर सिटीको मैदानमा हुनेछ । उपाधि दावेदारहरु बीचको यो भिडन्तलाई निकै कौतुहलताका साथ लिइएको छ । यसअघि हिजो भएको आफ्नो दोस्रो खेलमा पनि म्यानचेष्टर युनाइटेड जितविहीन बनेको छ । पहिलो खेलमा स्वान्सी सिटीसंग पराजित हुँदै खराव सुरुवात गरेको म्यानयुले दोस्रो खेलमा जित हासिल गर्ने अपेक्षा गरिए पनि सण्डरल्याण्डसंग बराबरीमा चित्त बुझाएको छ । सन्डरल्याण्डको मैदानमा गएराति भएको खेल १–१ को बराबरीमा सकिएको हो । यता, क्विन्स पार्क रेन्जर्सलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै टोटनह्याम हट्सपर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको...

Read More

डिभिजन थ्री क्रिकेट प्रतियोगिता नेपालमा गर्ने तयारी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आगामी कात्तिकमा युगाण्डामा गर्न लागेको डिभिजन थ्री क्रिकेट प्रतियोगिता नेपालमा गर्ने तयारी गरेको छ । अफ्रिकी महादेशमा इबोला भाइरसको संक्रमण बढेकाले प्रतियोगिता नेपालमा गर्ने तयारी गरेको हो । अहिले नेपाल क्रिकेट संघ क्यानलाई मैदान तयार गर्न निर्देशन दिएको आइसिसीले यसको आधिकारिक निर्णय भने आफै आएर अध्ययन गरेपछि मात्र गर्ने बताइएको छ । डिभिजन थ्री प्रतियोगिता आयोजना गर्न पाउने देश नेपाल र युगाण्डामध्ये आइसिसीले नेपालको पूर्वाधार राम्रो नभएको भन्दै युगाण्डामा गर्ने निर्णय गरेको थियो...

Read More

इग्लिस प्रिमियर लिगमा तीन खेल हुंदै

इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी यात्रा कायमै रहेको छ । चेल्सीले गएराति भएको खेलमा लेस्टर सिटीलाई २÷० ले पाखा लगाउँदै विजयी यात्रा कायमै राखेको हो । आफ्नै घरेलु मैदानमा खेलेको चेल्सीलाई जिताउन डिएगो कोस्टा र एडिन हाजार्डले एक एक गोल गरे । जीतसंगै चेल्सी ६ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा कायमै छ । समान ६ अंकबाट स्वान्सी सिटी दोस्रो स्थानमा छ । गएराति घरेलु मैदानमा खेलेको स्वान्सीले बर्नलेलाई १ ० ले हरायो । गएरातिको खेलमा वेष्टह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३ १ ले हराउँदा तीन खेल बराबरीमा सकिएका छन । आर्सनलले एभर्टनसंग २ २ गोलको बराबरी खेल्दा एस्टन...

Read More

सत्रौं एसियाली खेलमा नेपालले बलियो टिमसंग भिड्ने

दक्षिण कोरियाको इन्चोनमा हुँदै गरेको सत्रौं एसियाली खेलकुद एसियाडमा नेपाली फुटबल टीम कठीन समूहमा परेको छ । १६ वर्षपछि पहिलो पटक एसियाली खेलकुदमा फर्किएको नेपाली टिमले समूह चरणमै जापान, कुवेत र ईराकको सामना गर्नुपर्नेछ । साविक विजेता जापान एसियन कप च्याम्पियन पनि हो भने ईराकले एक स्वर्ण तथा एक पदक जितेको छ । त्यसैगरी कुवेतले दुई पटक एसियाडमा रजत जितेको छ । पछिल्लो पटक सन् १९९८ मा एसियाड खेलेको नेपालले यसपटक राम्रो प्रदर्शन गर्ने विश्वास प्रशिक्षक ज्याक स्टेफानो वस्कीको छ । कठीन समूहमा परे पनि नेपाललाई अनुभव बटुल्ने राम्रो अवसर मिलेको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाको...

Read More