Category: खेल

रियल मड्रिड सेमिफाइनलमा प्रवेश

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले युभेन्टसमाथि रोमाञ्चक जित निकाल्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो । उत्कृष्ट प्रदर्शन गरेको युभेन्टसले अग्रता बनाइसकेको थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनायो । अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए । रोनाल्डोले युभेन्टसविरुद्ध च्याम्पियन्स लिगमा १० औं गोल गर्न सफल भए । पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले पराजित भएपछि समग्रमा चार तीन गोल अन्तरले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । Are you Planing to...

Read More

डीपीएल : काठमाडौंद्वारा धनगढीसामु १ सय २८ रनको लक्ष्य

धनगढी । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु १ सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए । बलिङतर्फ...

Read More

मेस्सीले पुरा गरे आफ्नो ४५ औं ह्याट्रिक !

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको गएरातिको खेलमा लियोनल मेस्सीले व्यक्तिगत ४५ औं ह्याट्रिक पुरा गरेका छन्। मेस्सीको ह्याट्रिकसंगै बार्सिलोनाले ला लिगामा लगातार धेरे खेलसम्म अपराजित हुने किर्तिमानको बराबरी गरेको छ । यसअघि रियल सोसिडाडले लगातार ३८ खेलसम्म अपराजित रहँदै सबैभन्दा धेरै खेलमा लगातार अपराजित हुने टिम रहेको छ । उक्त खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हराएको छ । नतिजापछि बार्सिलोनाले दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको अंक दुरी १२ अंकमा पुर्याएको छ । एथ्लेटिकोले आइतबार रियल मड्रिडसँग खेल्नेछ भने बार्सिलोनाले आउँदो बुधबार रोमासँग खेल्नेछ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

बलिउड अभिनेता सलमान खानको अपिलमाथिको सुनुवाइ शनिवार

एजेन्सी । १८ वर्षअघि कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्ष जेल सँजाय पाएका बलिउड अभिनेता सलमान खानले गरेको अपीलमाथिको अदालती वहस पैरवी सकिएको छ । जोधपुर सेशन अदालतमा शनिवार वकिलहरुले वहस पैरवी गरेका थिए । अदालतले शनिवार अपरान्ह २ बजे नै फैसला सुनाउने कार्यसूची छ । सलमानको अपिलमाथि शुक्रवार नै सुनुवाई गर्ने तयारी भए पनि मध्यरातमा स्थगित भएको थियो । शनिवार सार्वजनिक विदाको दिन भएकोले अदालती कारवाही हुने कि नहुने भन्नेमा अन्यौल कायम भएको थियो । तर शनिवार न्यायाधीस रविन्द्रकुमार जोशीले अदालत पुगेर अन्यौलको अन्त्य गरिदिएका हुन् । पाँच वर्ष जेल सँजाय पाएका सलमान हाल जोधपुर जेलमा रहेका...

Read More

शनिवारदेखि आईपीएल शुरु हुँदै,सन्दिप लामिछानेले खेल्न पाउलान् ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं संस्करण शनिवारबाट शुरु हुँदैछ । भारतीय समय अनुसार राति आठ बजे मुम्बईको वानखेड़े स्टेडियममा खेल हुने छ । शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका लागि दर्शकहरुसमेत निकै उत्साहित छन् । आईपीएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच घरेलु दर्शकका लागि महत्वपूर्ण भएको छ । मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । यी दुवै टिमबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ...

Read More