Category: खेल संसार

कोहली टेष्ट वरियताको शीर्ष स्थानमा, अष्ट्रेलियाका स्टिभ स्मिथभन्दा १७ अंकले अगाडी

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सन् २०१९ मा सर्वाधिक रन बनाउने खेलाडी बन्दै वर्षको सुखद् अन्त्य गरेका छन् । उनले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक दुई हजार चार सय ५५ रन बनाएका हुन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार स्टार ब्याट्सम्यान कोहली टेष्ट वरियताको शीर्ष स्थानमा रहेका छन् । उनी अष्ट्रेलियाका स्टिभ स्मिथभन्दा १७ अंकले अगाडी छन् । न्युजिल्याण्डका कप्तान केन विलियम्बु ८ सय ६४ अंक सहित तेस्रो स्थानमा छन् । त्यस्तै २०१९ को एकदिवसीय क्रिकेटमा भने रोहित शर्मा पहिलो नम्बरमा रहेका छन् । विराट कोहली दोस्रो स्थानमा रहेका छन् । टेष्ट वरियताको बलिङतर्फ अष्ट्रेलियाका पेट...

Read More

सन्दीप आबद्ध मेलबर्न स्टार्सको बिग बास लिग क्रिकेटमा लगातार दोस्रो जित

मेलबर्न । लगातार उत्कृष्ट बलिङपछि सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गर्‍यो। ह्यारिस रौफले पाँच विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाको नाममा दुई दुई विकेट रह्यो। सन्दीपले एक विकेट हात पारे। एक सय ६४ रनको लक्ष्य पछ्याएको होबर्ट १६ ओभरमा एक सय ११ रनमा सिमित भयो। होबर्टले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको थियो। कप्तान म्याक्सवेलले डीआर्की सर्टलाई आउट गरेपछि होबर्टको पतन सुरु भएको थियो। सन्दीपले अर्का ओपनर कालेब जेवेललाई व्यक्तिगत २४ रनमा पवेलियन फर्काए। म्याक्वेलले अर्का खतरनाक ब्याट्सम्यान...

Read More

अष्ट्रेलियाका पाट कुमिन्स बने आईपीएल इतिहासकै महँगा विदेशी खेलाडी

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बिहिबार अक्सन भएको छ । नयाँ सिजनको उक्त अक्सनमा प्याट कुमिन्स सर्वाधिक महँगो खेलाडी बने । अष्ट्रेलियाका कुमिन्सलाई १५.५० करोड भारुमा कोलकत्ताले किनेको हो । प्याटलाई खरिद गर्न दिल्ली, बेंग्लोर र कोलकाताबीच निकै प्रतिस्पर्धा भएको थियो । अष्ट्रेलियाका अर्का खेलाडी ग्लेन म्याक्सवेल १० करोड ७५ लाखमा किंग्स एलाभेन पञ्जाबले खरिद गर्‍याे । सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले इंग्ल्याण्डका जेसन रोयलाई अनुबन्ध गरेको छ । उनलाई दिल्लीले एक करोड पाँच लाख भारुमा अनुबन्ध गरेको हो । अक्सनबाट बिक्रि भएका खेलाडीहरु : ग्लेन म्याक्सवेल : किङ्स इलाभेन पन्जाब – मूल्य – १०.७५ करोड भारु पाट कुमिन्स : कोलकत्ता नाइट राइडर्स – मूल्य...

Read More

लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा

एजेन्सी । इन्ग्लिश क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो । खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । १४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए । तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए । कतारको दोहामा रहेको खालिफा अन्तर्राष्ट्रिय मैदानमा सेमिफाइनल खेल सम्पन्न भएको हो । लिभरपुल दोस्रो पटक क्लब विश्वकपको फाइनलमा पुगेको हो । अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।  ...

Read More

अष्ट्रेलियाको ब्रिस्बनमा बिग बास लिग शुरु,सन्दीप लामिछानेको टिमले शुक्रवार खेल्ने

मेलबर्न । अष्ट्रेलियाको ब्रिस्बनमा मंगलबारदेखि बिग बास लिग (बीबीएल) शुरु भएको छ । पहिलो खेलमा सिड्नी थन्डरले बिस्बर्न हिटलाई २९ रनले पराजित गरेको छ । बीबीएलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने पुरानै मेलबर्न स्टार्स क्लबाट खेलिरहेका छन् । स्टार्सको कप्तान ग्लेन म्याक्सवेल छन्। प्रतियोगिताका लागि सन्दीप अष्ट्रेलिया आइसकेका छन् । सन्दीपको टिम स्टार्सले शुक्रबार ब्रिस्बर्न हिटसँग पहिलो खेल खेल्दैछ । लिगको अघिल्लो आठौं संस्करणमा सन्दीप सम्मिलित मेलबर्न स्टार्स फाइनलमा मेलबर्न रेनेगेड्ससँग १३ रनले पराजित भएको थियो । खेलमा सन्दीपले पूरै चार ओभर बलिङ गर्दै १६ रनमात्र दिएका थिए । बीबीएलमा खेलेका कुल आठ खेलमा सन्दीपले ११ विकेट लिएका थिए ।...

Read More