Category: खेल संसार

अष्ट्रेलियाका खेलप्रेमीका निम्ति ” यति फुटबल क्लब “

सन् २००१ को कुरा हो फूटबल प्रेमी उत्साही युवाहरुले एउटा सोच आगाडी सारे | बीस जनाको जागरिलो युवा खेलप्रेमी समुहले नेपाली समुदायका युवाहरुलाई समेटी स्वयंसेवी खेलकुद प्रेमी संस्थाको परिकल्पना गरे | सोहि परिकल्पना अनुरुप नेपाली फुटबल क्लबको रुपमा “यति फूटबल क्लब”को संरचना तयार भयो | अस्ट्रेलियामा रहेर खेलकुद प्रति रुची राख्ने युवा जमातको आकर्षण बढ्ने क्रम रोकिएन | यसले आफ्नो आकार विस्तार गर्दै नयाँ सदस्यहरु थप्दै गयो | नेपाली युवाहरुको सक्रियता र लगनशीलताको उपज सन् २००८ मा यती फूटबल क्लबलाई अधिकारिक रुपमा संस्थाको रुपमा दर्ता गरियो | “यतीएफसि” ले पहिलो पटक ” भिक्टोरियन अम्यचर फुटबल लिगमा ” सहभागिता जनाउदा...

Read More

जर्मन सुपर कपमा वार्यन म्युनिख र बोरुसिया डर्टमण्ड भिड्दै

केही खेलाडी घाइते हुनाका बाबजुद बायर्न म्युनिखले यो सिजन थप खेलाडी नलिने प्रशिक्षक पेप ग्वार्डिओलालण् प्रस्ट पारेका छन् । बायर्नले आज जर्मन सुपर कपमा बोरुसिया डर्टमन्डको सामना गर्दैछ । अघिल्लो सिजन लिगसहित दुई उपाधि जितेपछि बायर्न डर्टमन्डसँग सुपर कपमा भने चुकेको थियो । यसपटक त्यसको बदला लिने दाउमा बायर्न हुनेछ । लामो समय खेल्न नसकेका थिएगो अल्कान्टारा खेल्नका लागि तयार भइसकेका छन् ।  तर ग्वार्डिओलाले अझै उनलाई खेलाउने निर्णय लिइसकेका छैनन् । उता, क्विन्स पार्क रेञ्जर्स क्युपिआरले इङ्ल्यान्डका पूर्वप्रशिक्षक ग्लेन होडललाई फस्ट टिमको प्रशिक्षक नियुक्त गरेको छ । ५६ वर्षे होडलसँगै जो जोर्डन र केभिन बोन्डलले टोलीका मुख्य प्रशिक्षक...

Read More

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

यही श्रावण २९ गतेदेखि मलेसियामा हुने एसीसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगितामा एसियाका टेष्ट नखेल्ने ६ राष्ट्र सहभागी छन् । यी ६ राष्ट्रहरु नेपाल, मलेसिया, बहराइन, ओमन, थाइल्याण्ड र सिंगापुरले राउन्ड रबिन लिगको आधारमा खेल्नेछन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले आगामी विहीबार थाइल्याण्डसँग खेल्नेछ । सुमित महर्जनको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीकोे मुख्य प्रशिक्षक बसन्त शाही छन् भने राजु बस्न्यात सहायक प्रशिक्षक रहेका छन्...

Read More

कम्युनिटी सिल्ड कपको उपाधि आर्सनललाई

कम्युनिटी सिल्ड कपको उपाधि आर्सनलले जितेको छ । यो सिजनमा शानदार प्रदर्शनको संकेत गर्दै आर्सनलले प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ३–० ले पराजित गरेको हो । आर्सनलले २१ औं मिनेटमा सान्टी क्याजोलाको गोलबाट अग्रता लिएको थियो । ४२ औं मिनेटमा काउन्टर एट्याकमा आरोन राम्सीले गोल गरेपछि आर्सनल पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेका आर्सनलका एलेक्स सान्चेजले वान भर्सेज वानमा भने चुकेका थिए । सिटीका गोलकिपरले निकै अघि बढेर बल रोकेका थिए । दोस्रो हाफमा म्यानचेष्टर सिटीले केही सुधारिएको प्रदर्शन ग¥यो । ५२ औं मिनेटमा सिटीका जोभिटिक गोल नजिक पुगेका थिए ।...

Read More

एसिसि अण्डर १६ प्रिमियर लिगका लागि राष्ट्रिय टोलिको घोषणा

सुमित महर्जनको कप्तानीमा नेपाल एसीसी अण्डर १६ प्रिमियर क्रिकेट प्रतियोगितामा सहभागि हुने भएको छ । नेपाल क्रिकट संघले अगस्त १४ देखि २० सम्म मलेसियामा सञ्चालन हुने प्रतियोगिताका लागि हिजो अन्तिम नामावली घोषणा गरेको छ । टिमको उपकप्तानमा आसिफ शेख रहेको छने भने अन्य सदस्यमा प्रनित थापा, सुशान्त सिंह थापा, पवन सर्राफ, जितेन्द्रसिंह ठकुरी, रविन्द्र शाही, रविकुमार शाह र रवि चन्द रहेका छन् । त्यस्तै अन्य खेलाडीमा आशिष पोखरेल, विजय चौधरी, अनिल खरेल, रिजन ढकाल र रोशन अधिकारी रहेका छन् । टिमको मुख्य प्रशिक्षकमा राजु बस्न्यात रहेका छन् । यसैवीच अनुसाशनविपरीत काम गरेको भन्दै नेपाली अण्डर १६ राष्ट्रिय क्रिकेट टोलीका...

Read More