Category: खेल संसार

चेल्सी र बर्नली आमने सामने हुंदै

ङग्लिस प्रिमियर लिग फुटवलमा आज एक मात्र खेल हुने भएको छ । आजको खेलमा चेल्सी र बर्नली आमने सामने हुंदैछन् । यसअघि हिजो भएको खेलमा लुइस स्वरेजबिनाको लिभरपुलले ङग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा संघर्षपूर्ण जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथहृयाम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले २३ औं मिनेटमा राहिम स्टलिङको गोलबाट अग्रता लिएको थियो । हेण्डरसनको लङ पासमा उनले गोल गरे । तर, ५६ औं मिनेटमा साउथहृयाम्पटनका लागि नथानियल क्लाइनले बराबरी गोल फर्काएका थिए ।दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको साउथहृयाम्पटनले केही राम्रो मौका खेल फालेको थियो...

Read More

इङ्गलिश प्रिमियरमा म्यानचेष्टर सिटीकोको विजयी सुरुवात

इङ्गलिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा म्यानसिटीले न्यूकासल युनाइटेडलाई उसकै मैदानमा २-० ले हरायो ।उपाधिको प्रमुख दावेदार म्यानसिटीलाई जिताउने क्रममा डेभिड सिल्भा र सर्जिओ अगुएरोले एक एक गोल गरे । गएराति नै अर्को दावेदार टिम लिभरपुललेआप्mनै मैदानमा साउथह्याम्पटनलाई २-१ ले हरायो । लिभरपुललाई जिताउने क्रममा राहिम स्टर्लिङ र ड्यानियल स्टरिजले एक एक गोल गरे । साउथह्याम्पटनका लागि नाथलियन स्लाइनले सान्त्वना गोल गरे । लिगको पहिलो चरणको अन्तिम खेलमा आज अर्को उपाधि दावेदार चेल्सीले नव प्रवेशी टोली बर्नलेको सामना गर्दैछ । खेल राति पौने १ बजे बर्नलेको मैदानमा हुनेछ...

Read More

एसिसी युु–१६ प्रिमियर क्रिकेटमा नेपालको सानदार तेस्रो जित

मलेसियामा जारी एसिसी युु–१६ प्रिमियर क्रिकेटमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई १०२ रनले पराजित गरेको छ । क्वालालाम्पुरको रोयल सेलङगर क्लबमा भएको खेलमा नेपालले ओमानलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरको खेलमा सबै विकेटको क्षतिमा १६४ रन जोडेको थियो । जितेन्द्रसिंह ठकुरीले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएको हो । जितेन्द्रको अविजित ३२ रनमा नेपाल पुरा ४० ओभर खेली १ सय ६४ रनमा अलआउट भएको हो ।  नेपाली इनिङसमा आशिफ शेख र प्रनित थापाले मात्र १–१ चौका प्रहार...

Read More

इग्लिस प्रिमियर लिगको पहिलो खेलमा स्वान्सी विजयी

इग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा म्यानचेष्टर युनाइटेडले हार व्यहारेको छ । यो प्रिमियर लिगको सिजनको पहिलो खेल समेत हो । लुइस भानगालको नेतृत्वमा रहेको युनाइटेड हिजो साँझ भएको खेलमा स्वान्सीसँग २ १ गोल अन्तरले पराजित भएको हो । हिजै भएको अन्य खेलमा लिष्टर र एभर्टनवीचको खेल २ २ को बराबरीमा टुंगियो भने, क्विन्स पार्क रेन्जर्स र हल सिटीको खेलमा हल सिटीले २ १ को अग्रता लिएको छ । एस्टन भिल्लाले स्टोक लाई १ ० ले हरायो,सण्डरल्याण्ड र वेष्ट ब्रोमको बराबरी भएको छ, त्यस्तै टोटनह्यामले वेष्ट ह्यामलाई १ ० ले पाखा लगायो, उता, आर्सनलले क्रिष्टल प्यालेसलाई २ १ ले हराएको...

Read More

सर्वाधिक चर्चित लिग इंग्लिस प्रिमियर लिग आजदेखि

विश्वकै सर्वाधिक चर्चित लिग फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार साँझ साढे ५ बजे हुने उद्घाटन खेलमा म्यानचेष्टर युनाइटेडले स्वान्सी सिटीको सामना गर्दैछ । आज पहिलो दिन सात खेल हुँदा बेलुकी पौने ८ बजे लिसेस्टर सिटीले आफ्नै मैदानमा एभर्टनको, क्विन्स पार्क रेन्जसले हल सिटीको, स्टोक सिटीले एस्टनभिल्लाको, वेष्टब्रोमविच आलिबयले, सन्डरल्याण्डको तथा वेष्टह्याम युनाइटेडले टोटनह्याम हट्सपरको सामना गर्दैछ...

Read More