Category: खेल संसार

नर्विच र क्रिष्टल प्यालेस लिग कप फुटबलको दोस्रो चरणबाटै बाहिरिए

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब नर्विच सिटी लिग कप (इएफएल कप) अर्थात कारबाओ कप फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा लिग टू क्लब क्रोलीसँग १–० ले पराजित भएर नर्विच प्रतियोगिताबाटै बाहिरिएको हो । क्रोलीले आफ्नो इतिहासमा दोस्रो पटक लिग कपको तेस्रो चरणमा स्थान बनाएको छ । मिडफिल्डर बेरिली लुबालाले १७ औँ मिनेटमा गरेको गोल नै क्रोलीको जितमा निर्णायक बन्यो । नर्विचले गोल गर्ने ११ वटा सुन्दर मौका बनाएको थियो तर सफल हुन सकेन । यस्तै निर्धारित समयको खेलमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउट हुँदा क्रिष्टल प्यालेस कोलचेस्टर युनाइटेडसँग पराजित भएको छ । यसैगरी कार्डिफ सिटी...

Read More

नेइमार बार्सिलोना फर्किने

एजेन्सी । स्टार फुटबलर नेइमार बार्सिलोना फर्किन चाहन्छन् । दुई वर्षअघि विश्व कीर्तिमानी मूल्यमा अनुबन्धित भएको क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) छोडेर उनी जसरी भए पनि बार्सिलोना फर्किन चाहेको देखिएको छ । तर बार्सिलोनाले गरेको प्रस्ताव पिएसजीले अस्वीकार गरेको छ । रियल मड्रिडले पनि उनमा चासो देखाएको छ । दुवै क्लबका प्रस्ताव अस्वीकृत भए पनि नेइमार दुईमध्ये एक क्लबमा जाने सम्भावना रहेको बताइन्छ । फ्रान्सेली सञ्चारमाध्यमले यो दाबी गरेका छन् कि बार्सिलोना वास्तवमा नेइमारलाई पुनः क्लबमा ल्याउन चाहँदैन, तर क्लबका स्टार खेलाडी लियोनल मेस्सीलाई खुशी पार्नका लागि उसले नेइमारलाई ल्याउने प्रयास गरेको छ । नेइमार र मेस्सी बार्सिलोनामा रहँदाका राम्रो...

Read More

सुपर कप फुटबलको उपाधि लिभरपुललाई,चेल्सी स्तब्ध

काठमाडौं । सुपर कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । स्थानबुलमा बुधबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध पार्दै लिभरपुलले उपाधि जितेको हो । निर्धारित तथा थप गरिएको समयमा बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा लिभरपुलले चेल्सीलाई ५–४ ले पराजित गरेको हो । चेल्सीका ट्यामी अब्राहमको पेनाल्टी प्रहार लिभरपुलका गोलरक्षक अड्रिएनले रोकेपछि जित निश्चित भएको हो। पेनाल्टी सुटआउट अघि ३६ औँ मिनेटमा ओलिभर जिरउडको गोलबाट चेल्सीले पहिलो हाफमा अग्रता लियो । दोस्रो हाफको तेस्रो मिनेट अर्थात ४८ औँ मिनेटमा साडिओ मानेले लिभरपुलका लागि बराबरी गोल फर्काए । ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त...

Read More

नेपाली क्रिकेटर सोमपाल कामीको टिमले जित्यो ग्लोबल टी–२० को उपाधि

काठमाडौं । नेपाली खेलाडी सोमपाल कामी सामेल रहेको वेनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेटको उपाधि चुमेको छ । आतबार राति भएको फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन बनेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । ओपनर चल्न नसकेको खेलमा मध्यक्रमका ब्याट्सम्यानले भ्यानकुभरको ईनिङ्स उकासेका थिए । कप्तान सोयब मल्लिकले ६४ रन बनाएको ईनिङ्समा आन्द्रे रसेलले नटआउट ४६ रन बनाएका थिए । यसअघि, पहिले ब्याटिङ गरेको सोमपालको हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।...

Read More

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको शानदार जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको यो सिजनको आफ्नो पहिलो खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि ४–० को जित निकालेको छ। पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा तीन गोल थपेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन मार्कस राश्फोर्डले दुई तथा एन्थोनी मार्सल र ड्यानिएल जेम्सले एक–एक गोल गरेका हुन् । १८ औँ मिनेटमा पाएको पेनाल्टीमा राश्फोर्डले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ६५ औँ मिनेटमा मार्सल तथा ६७ औँ मिनेटमा राश्फोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडको अग्रता ३–० मा पुग्यो । ८१ औँ मिनेटमा जेम्सले गोल गरेर...

Read More