Category: खेल संसार

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आईतबार राति रियलले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई २–० ले हराएको हो । रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलको ७१ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए ।  जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मारियानो स्ट्रकले एक गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । जितसँगै रियल मड्रिड शीर्ष स्थनमा उक्लिएको छ । उपाधि जित्ने अभियान जिवित राख्नका...

Read More

युरोपा लिगबाट बाहिरियो आर्सनल

इङ्लिस क्लब आर्सनल युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । अवे गोलको आधारमा ओलम्पियाकोससँग पराजित भएसँगै आर्सनलको युरोपा लिगको यात्रा अन्त्य भएको हो । बिहीबार राति आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा १–२ गोल अन्तरले पराजित हुँदै समग्रमा २–२ को बराबरी गरे पनि अवे गोलको आधारमा आर्सनल पराजित भएको हो । पहिलो लेगमा एक–शून्यले विजयी भएको आर्सनल दोस्रो लेगमा दुई–एक गोल अन्तरले पराजित भएपछि समग्रमा नतिजा दुई–दुई गोलको बराबरीमा टुङ्गियो । तर गोल अन्तरका आधारमा पछि पर्दै आर्सनल प्रतियोगिताबाट बाहिरिँदा ओलम्पियाकोस भने अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।...

Read More

सारापोभाद्वारा टेनिस खेलबाट सन्यासको घोषणा

विश्व प्रख्यास रसियन टेनिस खेलाडी मारिया सारापोभाले सन्यासको घोषणा गरेकी छिन् । पाँच पटककी ग्राण्डस्लाम च्याम्पियन सारापोभाले सन्यास लिनुको प्रमुख कारण चोट भएको बताएकी छिन् ।उनले आफु खेलका लागि फिट नभएको भन्दै सन्यास लिने बताएकी हुन् । महिला टेनिसमा आफ्नो छवि छोडेकी सारापोभाले ‘भ्यानिटी फेयर’ नामक निबन्ध लेख्दै सन्यासको घोषणा सार्वजनिक गरिन् । ३२ बर्षकै उमेरमा कोर्ट छाड्ने संकेत गरेकी उनले भनेकी छन्–‘म टेनिसका लागि नयाँ हुँ । पछिल्लो समय टेनिस मेरो लागि पहाड भयो । मलाई माफ गर्नुहोस् । म गुडवाई भन्न चाहन्छु ।’ सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डनको उपाधि जितेपछि सारापोभा निकै चर्चामा आएकी थिइन् । सन्...

Read More

अष्ट्रेलियाले जित्यो टी-ट्वान्टी क्रिकेट सिरिज

एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अष्ट्रेलियाले जितेको छ । बुधबार राति भएको खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ९७ रनले हराएको हो । अष्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १५ ओभर ३ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो । अष्ट्रेलियाका कप्तान आरोन फिन्च र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । वार्नरले ५७ रन जोड्दा फिन्चले ५५ रन बनाए । स्टिभ स्मिथ २० रनमा अविजित रहे । यससँगै सिरिज अष्ट्रेलियाले २–१ ले जित्यो । यस अघि पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेल भने दक्षिण अफ्रिकाले १२ रनले...

Read More

नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना नापोलीसँग एक–एक गोलको बराबरीमा रोकिएको छ । बार्सिलोनाले भने नापोलीको घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको हो । डेरिस मार्टिन्सले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो...

Read More