Category: खेल

रोनाल्डोलाई रातो कार्ड,मैदानमै रुवाबासी

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई २ – ० ले हरायो । भ्यालेसियाको मैदानमा युभेन्ट्सलाई जित दिलाउन दुवै गोल मिरालिम पजनीकले गरे । तर, खेलमा युभेन्ट्स पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । खेलको २९ औं मिनेटमा पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सिमित भएको हो । भ्यालेन्सियाका डिफेन्डर जेइसन् मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रोनाल्डोले कपालमा समातेर दुर्व्यवहार गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले...

Read More

विश्वकप ट्वान्टी ट्वान्टी छनोटकालागि प्रारम्भिक नेपाली टिमको घोषणा

काठमाडौं । आइसीसी विश्वकप ट्वान्टी ट्वान्टी छनोट अन्तर्गत एसिया छनोटका लागि नेपालले प्रारम्भिक १८ सदस्यीय टोलीको घोषणा गरेको छ । अर्को महिना मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले मंगबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको हो । बिहिबारबाट प्रशिक्षण शुरु हुने प्रारम्भिक टोलीमा दीपेश श्रेष्ठ, शाहव आलम र सुनिल धमलाले स्थान बनाएका छन् । हित कुमार पौडेल भने यु–१९ क्रिकेट टिममा छनोट भएका कारण प्रारम्भिक छनोटमा परेनन् । विश्व टी–२० क्रिकेट मलेसियामा अक्टोवर ३ देखि १२ तारिख सम्म हुदैछ । समूह ‘बी’ मा रहेको नेपालका लागि अन्तिम १४ सदस्यीय टोलीको घोषणा...

Read More

एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

काठमाडौं । इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ । मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् । आउदो अक्टोबर ६ तारिखदेखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो । उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुलाई मुख्य बनाएर विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिने भएको छ । कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्न इन्डोनेसियाका जनताले आफुहरुलाई धेरै सहयोग गरेको मुल समितिका प्रमुख ओक्तोहरीले बताउनुभयो । ओक्तोहरीले यस प्रतियोगिताले इन्डोनेसियाको इतिहासमा नयाँ परिचय थप्ने दावी गर्नुभयो । Are...

Read More

बिएमडब्लु कप २०१८ को दोस्रो हप्ता : यस्तो छ नतिजा

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा गत सेप्टेम्बर ९ देखि बिएमडब्लु कप संचालन भइरहेको छ । बिएमडब्लु एजुकेशन कन्सल्टेन्सी, रोयल राइनोज क्रिकेट क्लब र भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनको सहकार्यमा टुर्नामेन्ट आयोजना भएको हो । हप्ताको हरेक आइतबार हुने यस प्रतीयोगीताका खेलहरुमा आज अर्थात दोस्रो हप्तामा रोयल राइनोज क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, मेलबर्न साइक्लोन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब र हिमालयन क्रिकेट क्लब खेलेका थिए । रोयल राइनोज क्रिकेट क्लब र गोर्खाली क्रिकेट क्लब बीच भएको खेलमा रोयल राइनोजले १५ ओभरमा ८ विकेट सहित जित हासिल गर्यो । उक्त खेलमा संजोग दाहाल म्यान अफ द म्याच घोषित...

Read More

एसिया कप: बंगलादेशको शानदार जित

काठमाडौं । दुबईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले एसिया कप क्रिकेटको उद्घाटन खेलमा श्रीलंकामाथि १३७ रनले जित हासिल गरेको छ ।मुस्फिकुर रहिमको १४४ रनको शानदार पारीसँगै बंगलादेशले जित हासिल गरेको हो । बंगलादेशले खराब सुरुवात गरेको थियो । मात्र २ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो । तर, पछि रहिमले मोहम्मद मिथुनसँग मिलेर पारी सम्हाले । चौथो विकेटका लागि १३१ रनको साझेदारी गरे । मिथुनले ६३ रनमा आउट भए भने रहिमले १४४ रन बनाए । अन्तिम ओभरको मात्र ३ बल बाँकी छँदा दशौं विकेटका रुपमा आउन रहिम आउट भए र बंगलादेशले २६१ रन बनायो । १५० बलको सामना...

Read More