Category: कार्टुन /छड्के

अष्ट्रेलियन आर्मी बन्दासम्मको त्यो संघर्षशील विद्यार्थी जीवन : विजय महर्जन

विजय महर्जनलाई आज जस्तै लाग्छ अष्ट्रेलिया आएको त्यो पहिलो दिन । सन् २००९ मा विद्यार्थी भिसामा नेपालको पाटनका उनी अष्ट्रेलियाको उडेका थिए । कक्षा १२ सम्मको पढाइ सकेपछि उनले होटल म्यानेजमेन्टको लागि नेपालमै छात्रवृत्तिमा पढ्ने निधो गरे । परिक्षामा नाम निकालेता पनि उनको लुक्स, उनको शैलीलाई कारण देखाएर छात्रवृत्ति दिइएन । अन्तर्वार्तामा जाँदा पनि भलाद्मी देखिने किसिमको पहिरन तथा शैली नहुनु उनको लागि अवरोध बन्यो । त्यसपछि विजय महर्जनले अष्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्य बनाउने निधो गरे । आफ्नो जग्गा बेचेर आएको पैसाले विजयका बुवाले उनलाई अष्ट्रेलियाको लागि बाटो खुल्ला गरिदिए । धेरै नेपाली विद्यार्थीको गुनासो, अष्ट्रेलियामा नेपालीबाट ठगिएको हुने...

Read More

अष्ट्रेलियाको न्याभ कपका संयोजक, नेपालको राष्ट्रियस्तरका पूर्वखेलाडी : प्रेम राज उप्रेती

अष्ट्रेलियामा हाल न्याभ कप २०१९ जारि छ । गत जनवरी ६ देखि सुरु भएको यो टुर्नामेन्टको आगामी मार्च ३ मा फाइनल खेल हुँदैछ । फाइनल खेलमा उपाधिको लागि नारे किंग्स र रोयल राइनोज क्रिकेट क्लब भिड्दै छन् । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) ले आयोजना गरेको उक्त टुर्नामेन्ट व्यवस्थित र उत्साहजनक भइरहेको बताउनुहुन्छ, न्याभ कप २०१९ का संयोजक प्रेम राज उप्रेती । नेपालको कंचनपुर घर भएका उप्रेती नेपालमा रहंदा राष्ट्रिय स्तरका क्रिकेट खेलमा खेलाडी, कोच , स्वयंसेवक तथा व्यवस्थापक र क्रिकेट सम्बन्धि संघ संस्थाको सदस्य रहनुभएको थियो । आफ्नो त्यो अनुभवका कारण पनि न्याभ कप २०१९ व्यवस्थित...

Read More

अष्ट्रेलियामा नेपालीहरुको एकताबारे बोलीरहेको त्यो एउटा तस्बिर

तस्बिर आफै बोल्छ भन्ने भनाइ सत्य हो भन्छन्, फोटोग्राफर अरुण चित्रकार । चित्रकार भन्छन्, ‘ फोटोग्राफी भनेको केवल मानिसको रुप तस्बिरमा उतार्नु होइन । फोटोग्राफी एउटा कला हो । फोटोमा अनगिन्ति भावहरु, शब्दहरु लुकिरहेका हुन्छन् । एउटा फोटोग्राफरले मानिसको अनुहार, हाउभाउ, उसको विशेष पल आदिको भावको गहिराइमा पुगेर त्यसलाई आफ्नो कलाको माध्यमबाट फोटोमा जीवित बनाउने कोसिस गरिरहेको हुन्छ ‘ । फोटोग्राफर अरुण चित्रकारले लिएको यस्तै एउटा तस्बिर अहिले अष्ट्रेलियामा चर्चामा आइरहेको छ । केही समय अगाडी मेलबर्नमा सम्पन्न भएको नेपाल महोत्सवमा चित्रकारले उक्त तस्विर लिएका थिए । अष्ट्रेलियामा रहेका नेपालीहरु आफ्नो कला, संस्कृति तथा आफ्नो पहिचानको सम्बर्द्धन तथा प्रबर्द्धन...

Read More

अष्ट्रेलियामा रहेर नेपाली पहिचानको संरक्षण तथा नि:स्वार्थ समाजसेवामा तल्लिन भरनशेर राई

भरनशेर राई भू.पू गोरखा सैनिकको रुपमा सन् १९८९ मा अष्ट्रेलिया आउनुभएको थियो । उहाँ सार्वजनिक कार्यक्रमको बीचमा अष्ट्रेलियाको नागरिकता प्राप्त गर्ने पहिलो गोरखा सैनिक हुनुहुन्छ । भिक्टोरिया राज्यको मोईमा भएको उक्त कार्यक्रम च्यानल सेभेनले प्रसारण गरेको थियो। भिक्टोरियाको मोईमा भू.पु गोरखा सैनिकको बसोवासको लागि समेत राईले पहल गर्नुभएको थियो । भू.पु गोरखा सैनिकको बसोवास भएपछि उहाँले मोईमा संग्राहलय तथा प्रदर्शनीस्थल स्थापना गर्नुभएको छ । उक्त संग्राहलयमा बेलायती सेनामा गोर्खालीले गरेको प्रदर्शन तथा पहिलो र दोस्रो विश्वयुद्धमा उनीहरुको भूमिका देखाइएको छ । राई सन् १९६४ देखि १९६५ सम्म भएको बर्नियो युद्धमा गोरखा सैनिकको रुपमा अष्ट्रेलियाका सैनिकको साथमा युद्ध लड्नुभएको थियो...

Read More

फिलिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स २०१८

काठमाडौँ । मिस युनिभर्स २०१८ फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनेकी छिन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए । फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए । नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा पनि टप १०...

Read More