Category: कला

“धेरै युवाहरु डिप्रेसनमा गइरहेका छन् ; गल्ती हुनु सामान्य हो भनेर सिकाउनु जरुरी छ”

काठमाडौं । नेपाली चलचित्र अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेको चलचित्र ‘प्रसाद’ को गीत यतिबेला चर्चामा छ । नम्रता श्रेष्ठ नेपालको लोकप्रिय, क्षमतावान र सफल अभिनेत्री मध्येमा मानिन्छीन् । जीवन सधै एकैनासको हुँदैन । यहाँ हामीले नचाहेका धेरै मोडहरु आउँछन् । नम्रताले पनि ती मोडहरु भोगीन् , तर उनले कहिल्यै हार मानिनन् । आफू यति बलियो हुनुमा उनी आफ्नो परिवारलाई श्रेय दिन्छिन् । एउटा व्यक्तिगत भिडियो बाहिर सार्वजनिक भएपछि नम्रता विवादमा तानीइन्, धेरैले उनलाई अपमान जनक शब्द प्रयोग गरे र हाँसोमा उडाए । त्यो समयमा नम्रताका बुवाले उनलाई भनेका थिए, ” तिमी नेपाल बस्न चाहंदिनौ भने विदेश जाऊ । तर...

Read More

मन मगन गीतको हिन्दी भर्सन सार्वजनिक (भिडियो सहित)

काठमाडौं । अहिले जताततै चर्चा छ गीत मनमगनको । मनमगन गीतले अत्यधिक चर्चा पाएपछि गायक दिपक बज्राचार्य र उनको ब्याण्ड अझै बढि व्यस्त बनेका छन् । मनमगनको नेपाली भर्सनले अध्यधिक सफलता पश्चात् नेवारी र हिन्दी भर्सन पनि सार्वजनिक भएको छ । दिपक बज्राचार्यको स्वर तथा रिकी शाक्यको शब्दमा बनेको मनमगन गीतले अहिले राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तर मै चर्चा बटुलिरहेको छ । गीतमा बज्राचार्य र शाक्यले संयुक्त रुपमा संगीत सिर्जना गरेका हुन् । हिन्दी भर्सनमा गीतको बोल ‘मन का मगन’ रहेको छ । भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्यूनमार्फत् मनमगनको हिन्दी भर्सन सार्वजनिक भएको हो । डिजिट्यूनले गायक बज्राचार्यसंग पाँच वर्षका लागी...

Read More

सोनमले कंगनाको बोलीलाई विश्वास गर्न गाह्रो हुने बताएपछि कंगानाको यस्तो प्रतिक्रिया

एजेन्सी । ‘मी टु’ अभियान अन्तर्गत यतिबेला हलिवुड तथा बलिवुडक अभिनेत्रीहरुले आफूमाथी भएका यौन हिँसाका घटना बाहिर ल्याइरहेका छन् । ‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि आरोप लगाए लगतै कंगनाले उनको समर्थनमा चलचित्र ‘क्विन’का निर्देशक विकास बहलले आफूलाई पनि यौन हिंसा गरेको आरोप कंगनाले लगाएकी छिन् । कंगानाको यो आरोप पछि अभिनेत्री सोनम कपुरले कंगनाले जे पनि बोल्ने हुनाले उनको कुरामा विश्वास गर्न नहुने प्रतिक्रिया दिएकी छिन्,”कहिलेकाहीँ कंगना रनावतले जे बोल्छिन् त्यो सबै कुरालाई गम्भीरतापूर्वक लिन गाह्रो हुन्छ । तर जे भएको छ त्यो निकै खराब भएको छ।’ सोनामको प्रतिक्रिया पछि कंगनाले आफ्नो भनाइको मूल्यांकन गर्नको लागि सोनाम...

Read More

नाना पाटेकरले तनु श्रीलाई दुर्व्यवहार गरेको देख्ने प्रत्यक्षदर्शीको यस्तो भनाइ ( भिडियो )

काठमाडौं । काम गर्ने कार्यालय या आफ्नो काम गर्ने ठाउँमा महिलाहरु आफूलाई सुरक्षित महसुस गर्न सक्दैनन् । चलचित्र क्षेत्रमा यो अझ बढी हुने मानिन्छ । बलिवुडको यस्तै घटनाले अहिले सामाजिक संजाल देखि संचार माध्यममा बहस निम्त्याएको छ । बलिवुड अभिनेत्री तनु श्री दत्ताले दश वर्ष अगाडी एउटा गीतको सुटिंगको क्रममा नाना पाटेकरले आफू माथी हिंसा गरेको बताएकी थिइन् । यो प्रसङ्ग बाहिर आएपछि विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । तनुश्रीले आफूले नाना पाटेकरबाट जोगिने प्रयास गरेपछि सुटिंग स्थलमा लिन आएका बुवा आमा संगै गाडीमा जाँदै गर्दा नाना पाटेकरको समूहका व्यक्तिले आक्रमण गरेको बताएकी थिइन् । उक्त भिडियो अहिले बाहिरिएको छ...

Read More

को हुन् ‘खसिनी नखानुस्’ भन्ने आशिका तमाङ्ग ? बोल्न नजानेको कि हिट हुने उपाय ?

काठमाडौं । केही दिन देखि ‘खसिनी काण्ड’ सामाजिक संजालमा भाइरल भइरहेको छ । आशिका तामाङ्गको उक्त भिडियो लाखौँ सामाजिक संजाल पर्योगकर्ताले हेरेका छन् । भिडियोमा आशिकाले आउंदै गरेको दशैंमा मासु खाने इच्छा भएतापनि परिवार नभएका, घरवारविहिन जनावरको मात्र खान आग्रह गरेकी छिन्। उनले खसीको श्रीमतीको रुपमा खसिनी सम्बोधन गरेपछि उनको भिडियोलाई ‘खसिनी काण्ड’ नै बनाइएको छ । आफ्नो भिडियोलाई सबैजसोले मजाक बनाएपछि आशिका तामाङ्गले फेसबुकमा एक स्टाटस राख्दै सबैले उडाउँदा उडाउँदै आफू चन्द्रमामा पुगिसकेको र अब त्यहाँ भन्दा पर जाने ठाउँ नभएकोले नउठाउन आग्रह गरेकी छिन् । उनले आफू भाइरल हुनकै लागि त्यो भिडियो आवश्यक नभएको र नेपालमा आएर...

Read More