“तीन घुम्ती”मा पनि गरिमा
कृतिमा आधारित चलचित्र “झोला”मा सफलता प्राप्त गरेकी नायिका गरिमा पन्तले नेपाली राजनीतिमा एउटा छुट्टै स्थान बनाएका चर्चित राजनीतिज्ञ तथा साहित्यकार विपी कोइरालाले लेखेको चर्चित उपन्यास ‘तीन घुम्ती’मा समेत अभिनय गर्ने भएकी छिन् | बाबुराम ढकालको निर्देशनमा बन्न लागेको ‘तीन घुम्ती’मा जीवन लुईटेल नायकको रुपमा देखिदै छन् | कर्मा प्रोडक्शनको ब्यारनमा निर्माण हुन लागेको यो चलचित्रमा ‘मोक्ष’ चलचित्रबाट तारिफ पाएका कोशीस क्षेत्रीले पनि अभिनय गर्नेछन् । तीन घुम्तीका कथामा आधारित रहेर नायक जीवन ‘पिताम्बर’, गरिमा ‘इन्द्रमाया’ र कोशिश ‘रमेश’ नामका पात्रको रुपमा देखिदैछन् । चलचित्रमा वसन्त सापकोटाको संगीत, कृष्णहरी बरालको शब्द, बिपिन मल्लको सम्पादन रहनेछ | तीन घुम्ती चलचित्रको...
Read More