Category: कला

माइकल ज्याक्सनको आत्मले गर्यो मुनडान्स

एजेन्सी । आफ्नो यूनिक डान्स स्टाइलका लागि विख्यात माइकल ज्याक्सनको निधन भएको ६ वर्ष वितिसकेको छ । तर उनको स्टाइलले गर्दा उनी दुनियाँभरका डान्स प्रेमीहरुबीच अझै पनि अमर छन् । यसैबीच हालैमात्र एउटा अचम्मको घट्ना घटेको छ । उनै डान्सिङ किङ माइकल ज्याक्सनको आत्मले मध्यरातको जुनेली आकाशमा डान्स गरिरहेको धेरैले प्रत्यक्ष देखे । कतिले त त्यसको फोटो खिचेर पोष्ट गर्न समेत भ्याए । त्यसरी फोटो पोष्ट गर्नेमा बलिउड अभिनेता अभिषेक बच्चन पनि छन् । उनले आफ्नो इंस्टाग्राम एकाउन्टमा फोटो शेयर गर्दै लेखेका छन्– माइकल ज्याक्सन मुनवाकिङ इन द स्काइ । त्यसो त ज्याक्सनको आत्मले डान्स गरिरहेको उक्त फोटो सबैभन्दा...

Read More

जोशिला गायक थला परे

भक्तपुर । कुनै समयका निकै जोशीला गायक बुद्धिकृष्ण लामिछाने थला परेका छन् । पक्षघातका कारण थलिएपछि उनी अहिले भक्तपुर नगरकोट स्थित आफ्नै घरको चौघेराभित्र सीमित हुन पुगेका छन् । झन् त्यसमाथि हालै गएको महाविनाशकारी भूकम्पले घर पनि भत्काइदिएपछि उनको परिवार नै अहिले विचल्लीमा परेको छ । तर अहिलेसम्म कतैबाट सहयोग नपाउँदा आर्थिक संकटका कारण आफ्नो उपचारमा समस्या भैरहेको उनले बताए । सात वर्षको उमेरदेखि गीत गाउँन थालेका लोकगायक लामिछानेका घाँस काट्ने खुर्केर,पिढींमा बसेर मेरी आमा रुँदी हुन्,बाखरी बाखरी लगायतका गीतहरु निकै लोकप्रिय छन् । २०१२ सालमा जन्मिएका गायक लामिछानेका २ छोरा र ५ छोरी सहित श्रीमती छन्...

Read More

जंगबहादुरको कोट सेन्सर मुक्त

काठमाडौँ । फिल्म जंगबहादुरको कोटलाई फिल्म सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डले जंगबहादुरको कोट फिल्मलाई १६ बर्षमुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने गरी पिजी दिएको हो । फिल्ममा समेटिएको डरलाग्दो हत्याको दृश्यहरुका कारण पिजी पाइएको फिल्मका निर्देशक आशिष भेटुवालले बताए । नेपालसँगै अष्ट्रेलियामा खिचिएको फिल्म खड्का एण्ड सन्स् सिने इन्डष्ट्रिजको ब्यानरमा बनेको हो । फिल्मका निर्माता योगेन्द्र खड्का, जयन्द्र खड्का, तथा देवी शिवाकोटी हुन । फिल्ममा अनुप बराल, बिमलेश अधिकारी, सुचित्रा अचार्य, विश्व बस्नेत, सौभाङगी कोइराला लगायतको अभिनय छ । यस चलचित्रको मेलबर्नमा प्रिमियर समेत सम्पन्न भैसकेको छ । नेपालमा सेन्सर गराए पछि अब जंगबहादुरको कोट सार्वजनिक...

Read More

जुरासिक वर्ल्ड बन्यो सबैभन्दा बढी कमाउने फिल्म

गत जून ११ मा रिलिज भएको चलचित्र जुरासिक वर्ल्डले कीर्तिमानी कमाई गरेको छ । ‘जुरासिक पार्क’ श्रृङखलाको चौथो चलचित्र रहेको जुरासिक वर्ल्डले बक्स अफिसमा ३ दिनमै ५० करोड डलर भन्दा बढी कमाई गरेको छ । एकसाथ ६६ मुलुकमा रिलिज भएको यस चलचित्रले उत्तर अमेरिकामा २० करोड , र अरु देशहरुबाट ३० करोड डलर भन्दा बढी कमाई गरेको हो । बिजनेस इन्साइडरका अनुसार यो रकम ७ वटा देशको बार्षिक आम्दानी भन्दा पनि बढी हो । युनिभर्सल पिक्चर्सको यो चलचित्रले अमेरिकी चलचित्र ईतिहासमा पहिलो सप्ताहन्तमा अहिलेसम्मकै सबै भन्दा धेरै कमाई गर्ने चलचित्र बनेको छ । यसअघि सन् २०१२ मा रिलिज भएको...

Read More

गौरी मल्ल बनिन नेपालकै पहिलो महिला प्रधानमन्त्री

नायिका गौरी मल्ल नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेकी छिन । तर उनी हाल छायांकन भैरहेको टेलिश्रृङ्खला सिंहदरवारमा मात्र प्रधानमन्त्री बनेकी हुन् । नेपालको प्रथम महिला प्रधानमन्त्री बनाएर छायांकन भैरहेको यो टेलिश्रृङ्खला २ महिनापछि प्रशारणमा आउनेछ । १३ भागको यो सिरियलमा गौरी मल्लले सुशासन, नेतृत्व र उत्तरदायित्वको कुरा गर्नेछिन् । महिला प्रधानमन्त्री बन्दा हुने दुख र उसले पाउने चुनौतीको कथालाई यो सिरियलमा उतारिनेछ । नेपालको केन्दि्रय राजनीतिमा महिलालाई माथि आउने नदिने प्रचलन छदैछ । यो श्रृङ्खलामा यो बिषयले बढी स्थान पाउनेछ । यसको निर्देशन छिरिङरितार शेर्पाले गरिरहेका छन् । संविधान बनेपछि नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने बिषयमा यो श्रृङ्खला...

Read More