Category: कला

‘२.०’ को पहिलो दिनको कमाइ ८० करोड भन्दा माथी

काठमाडौं । रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म ‘२.०’ बिहिबारबाट प्रदर्शनमा आएको छ । अपेक्षाअनुसार नै फिल्मले पहिलो दिन एकदमै राम्रो प्रतिक्रिया पाएको छ । लामो समय देखी रजनी कान्तको फिल्म रिलिज नभइरहँदा उनका फ्यानले ‘२.०’लाई लामो सयम देखी पर्खि रहेका थिए । दक्षिण भारतका कतिपय ठाउँहरुमा फिल्मको शो बिहान ४ बजेदेखि नै सुरु गरिएको थियो । त्यसको बावजुद पनि फिल्म हलहरुमा दर्शकको भीड घटेको थिएन । दर्शकहरुले फिल्मको थ्रीडि भर्जनलाई रुचाइरहेका छन् । भारतीय ट्रेड एनालिस्ट गिरीश जौहरका अनुसार फिल्को हिन्दी भर्जनले पहिलो दिन नै २५ करोडको कमाई गरेको छ । यसको अलावा तमिल र तेलुगू गरि दुई भाषाको...

Read More

गुल्मेली चेली निर्मलाको पञ्चेबाजा म्युजिक भिडियो ‘रिडी बजार काली दोभान’ सार्वजनिक

काठमाडौँ । भर्सटायल गायीकाको रुपमा चिनिने गुल्मी चेली निर्मला थापा मगरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लगनको महिना अर्थात मङ्सिर महिनाको अवसर पारेर उनको पन्चेबाजा म्युजिक भिडियो सार्वजनिक भएको हो । ‘रिडी बजार काली दोभान’ नामको उक्त म्युजिक भिडियोमा विवाहमा जन्ती र बेहुली पक्षका युवा युवती बीच दोहोरी गाउने परम्परालाई देखाउने प्रयास गरिएको छ । सन्तु थापा मगर र निर्मला थापा मगरको आवाजमा रहेको गीतको छायाँकन गुल्मीको दिगाम क्षेत्रमा गरिएको हो । गाउँघरका मनोरम दृश्य, चल्ती शब्द, परम्परा र कला तथा संस्कृतिलाई समावेश गरेर बनाइएकोले म्युजिक भिडियो निकै सुन्दर बनेको छ। गणेश अधिकारीको शब्द तथा गायिका निर्मलाको...

Read More

आयुष श्रेष्ठले जिते ‘हिमालय रोडिज’को उपाधि

काठमाडौं । हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’ को बिजेताको उपाधि आयुष श्रेष्ठले जितेका छन् ।हात्तिवन सामुदायिक जंगलमा भएको फाइनल प्रतिस्पर्धामा आयुषलले शो को उपाधि हात पारेका हुन् । एड्भेन्चर रियालिटी शोको उपाधिका लागि आयुष श्रेष्ठ, प्रिबिर घले र तेजश बस्नेतले कडा प्रतिस्पर्धा गरेका थिए । उपाधि विजेता आयुष श्रेष्ठले बुटवल अडिसनबाट प्रतिस्पर्धामा सहभगिता जनाएका हुन् । बिजेताको उपाधिसँगै श्रेष्ठले दश लाख नब्बे हजार रुपैँया नगद र यामाहा एफ.जेड. २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन् । हिमालय रोडिजमा प्रतिस्पर्धाहरुको शारिरीक मानसिक र बौद्धिक क्षमता मात्र नभएर उनीहरूको सामाजिक व्यवहरको पनि मुल्यांकन हुने आयोजकले जनाएको छ ।...

Read More

चलचित्र ‘समर लभ’ को टीजर सार्वजनिक

काठमाडौं । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र समर लभ’ को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा उपन्यासका दमदार संवादहरुलाई प्रस्तुत गरिएको छ । ट्रेलर प्रेम, रोमान्स र बिछोडका सीनहरु देखाइएको छ । मुस्कान ढकालको निर्देशनमा बनेको चलचित्रमा आशिष पिया र रेवती क्षेत्रीको मूख्य भुमिका रहेको छ । चलचित्रमा ‘साया’को भुमिकामा रेवतीले निभाउँदै छिन् भने अतितको भुमिकामा आशिष देखिने छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्माताको रुपमा विनोद अधिकारी छन् । सोपा सरकार र मनोज बिकको सह–निर्माणमा तयार भएको चलचित्रमा मनकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र पुष्प प्रधानको...

Read More

विवाह पछि फ़ेरिएकी फिगर कोकाकोलावाली आशीष्मा ( भिडियो )

काठमाडौं । नेपाली चलचित्रको गीत ‘ तिम्रो फिगर कोकाकोला’ सबैको दिमागमा बसेको गीत हो । केही वर्ष बितिसक्दा पनि यो गीतले उत्तिनै स्थान पाउने गर्छ । तिम्रो फिगर कोकाकोला गीत चलचित्र अर्धकट्टीको हो । उक्त चलचित्रमा प्रदीप बास्तोला र आशीष्मा नकर्मीले अभिनय गरेका छन् । आशीष्मा नकर्मी केही समय देखि मिडिया देखि टाढा रहेकी थिइन् । छ महिना अगाडी विवाह गरेपछि उनी मिडियाबाट टाढा रहेकी हुन् । आशीष्माका श्रीमान विदेशमा बस्ने भएका कारण उनी विदेश गएकी थिइन् । पारिवारिक कामले नेपाल आएकी आशीष्मा अहिले अन्तर्वार्ताहरुमा देखिन थालेकी छिन् । यसै बीचमा उनले म्युजिक भिडियोहरुमा समेत काम गरेकी छिन् ।...

Read More