Category: अष्ट्रेलिया

मेलबर्नमा आतंकवादी हमला हुनसक्ने,शतर्क रहन अपिल

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न शहर दिनदिनै असुरक्षित बन्दै गएकोप्रति सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ । पछिल्लो समयमा चोरी,लुटपाट र आक्रमण जस्ता अपराधिक घट्नाक्रममा वृद्धि भएपछि सर्वसाधारणले असुरक्षित महसूस गर्न थालेका छन् । अझ पछिल्ला दिनमा दिनहूँ जसो वेवारिसे बन्दुकहरु बरामद हुन थालेपछि यस क्षेत्रको सुरक्षा स्थितिमाथि नै गम्भीर प्रश्न चिन्ह उठेको स्वयम् प्रहरीको भनाइ छ । मेलबर्नको उत्तरपश्चिम क्षेत्रमा अहिले प्रत्येक दिन जस्तै विभिन्न बन्दुकहरु बरामद हुन थालेको प्रहरीले जनाएको छ । त्यसरी बरामद भएका बन्दुकहरुमा हाते बन्दुक,घरेलु बन्दुकदेखि अत्याधुनिक बन्दुक सम्म रहेका छन् । भिक्टोरिया प्रहरीका अनुसार त्यस क्षेत्रमा प्रत्येक ६ दिनमा एउटा लुटपाट वा गोली प्रहारका...

Read More

यसकारण मैले स्वतन्त्र उम्मेदवारी दिंदैछु ?

ऋषिराम कँडेल, अध्यक्षका उम्मेदवार । नेपाली जनता माझ सधैं लोकप्रिय रहँदै आएको एउटा शब्द छ,गुटबन्दी र राजनीति । अझ पछिल्लो समय त गुटबन्दी र राजनीतिले सबै क्षेत्रलाई यतिसम्म गाँजेको छ कि शायद यसबाट उन्मुक्ति पाउँनै मुस्किल छ । नेपालीहरुको यो रोगबाट अष्ट्रेलियामा रहेका नेपाली समुदाय पनि कहाँ अछुतो रहन सक्थे र ? अझ एनआरएन जस्तो गरिमामय संस्थाको निर्वाचनमा गुटबन्दी र राजनीति विना केही गर्न सकिन्न भन्ने धेरै साथीहरुको बुझाइ छ । तर म भने सधैं यो कुराको विपक्षमा रहँदै आएको छु । अर्थात गुटबन्दी र राजनीति सबै ठाउँमा लागू हुँदैन भन्ने मेरो मान्यता छ । झन् गैर आवासीय नेपाली...

Read More

अस्ट्रेलियामा टुरिस्ट भिसामा आएर काम गरे के हुन्छ ?

मेलबर्न । अस्ट्रेलिया जति समृद्ध छ, त्यति नै सुन्दर पनि । त्यसैले हरेकको चाहना हुन्छ, अस्ट्रेलिया घुम्नु । आकर्षक कमाइका कारण केहीको मन त्यही लोभिन पनि सक्छ । संसारकै सर्वाधिक महंगो देश मध्येमा पर्ने अस्ट्रेलियामा पर्यटकहरु ओइरिरहन्छन् । नेपालीहरुको पनि बाक्लिदो उपस्थितीसँगै पर्यटक भिसामा अस्ट्रेलियामा घुम्ने क्रम बढ्दो छ । त्यसैले अस्ट्रेलियन टुरिष्ट भिसामा के गर्न पाइन्छ ? के गर्न पाइदैंन त्यसको जानकारी पनि हुन आवश्यक छ । टुरिष्ट भिसामा अस्ट्रेलिया आएर काम गरेको थाहा भयो भने के कारबाही हुन्छ ? अस्ट्रेलियाका कानूनविद संजीव पाण्डेका अनुसार टुरिष्ट भिसामा काम गर्ने अधिकार दिइएको हुँदैन । त्यसैले काम गर्नु भनेको भिसाका...

Read More

अहिलेबाटै भन्न थाले–टोनु विल गेट थिङ्स डन !

हिमालयन कङ्गारु । गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको निर्वाचन मिति जति नजिक आउँदैछ,त्यति नै चुनावी महोलको रौनकता पनि बढ्दैछ । जुलाई ४ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्षमा ३ जना सहित करिब दुई दर्जन जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले अहिले देखि नै आ आफ्नो योजना र एजेण्डासहित आफूलाई निर्वाचित गराउँन आग्रह सहित अपिल गर्ने कार्य पनि शुरु गरिसकेको छ । यसैबीच आगामी कार्यकालका लागि सचिवमा उम्मेदवारी दिनुभएका टोनु घोताने गुरुङले पनि प्रचार अभियानलाई तीव्रता दिनुभएको छ । आफ्नो उम्मेदवारीबारे अझ...

Read More

कानूनविद टोनु घोतानेको सचिवमा उम्मेदवारी,भन्छन्–मलाई समुदायले उठाएको हो

मेलबर्न । आगामी जुलाई ४ मा हुने एनआरएन अष्ट्रेलियाको निर्वाचन मिति नजिकिएसँगै माहोल पनि निर्वाचनमय बन्न थालेको छ । आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएपछि माहोल अझ तातेको छ । यसैबीच एनआरएनएको नयाँ नेतृत्वको सचिव पदमा टोनु घोतानेले उम्मेदवारी दिनुभएको छ । लामो समयदेखि कानूनका विज्ञका रुपमा कार्य गर्दै आउँनुभएका घोतानेले केही समयअघि मात्रै भिक्टोरिया अदालतबाट वकिलको सरकारी मान्यता समेत पाउँनुभएको थियो । सन् १९९६ देखि भिक्टोरियन नेपाली समुदायका लागि समर्पित भइ कार्य गर्दै आउँनुभएका उहाँ नेपाली समुदायबीच स्थापित मात्र होइन लोकप्रिय व्यक्तित्वका रुपमा समेत परिचित हुनुहुन्छ । यहाँका विभिन्न संघ संस्थाहरुमा रहेर लामो समयदेखि कार्य गर्दै...

Read More