मेलबर्नमा क्रियाशील शिक्षाकर्मी डा सावित्रा काफले सम्मानित
मेलबर्न । केर्गीबन नेपाली समाज अष्ट्रेलियाले नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । समाजका सभापति रामचन्द्र सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएकाहरुलाई समाजका उप सभापति प्रकाश सेढाइँले स्वागत गर्नुभएको थियो । हुमे सिटी काउन्सिलमा आयोजित कार्यक्रममा भिक्टोरियन नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा महावाणिज्यदूत चन्द्र योञ्जन रहनुभएको थियो भने अतिथिका रुपमा हुमे काउन्सिलका उप मेयर सीआर बाउमेन सिंह र नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभका अध्यक्ष अनुपम पोखरेल उपस्थित रहनुभएको थियो । सोही अवसरमा शिक्षाकर्मी डा सावित्रा काफलेलाई विशेष सम्मानद्धारा...
Read More