Category: अष्ट्रेलिया

कानूनविद टोनु घोतानेको सचिवमा उम्मेदवारी,भन्छन्–मलाई समुदायले उठाएको हो

मेलबर्न । आगामी जुलाई ४ मा हुने एनआरएन अष्ट्रेलियाको निर्वाचन मिति नजिकिएसँगै माहोल पनि निर्वाचनमय बन्न थालेको छ । आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएपछि माहोल अझ तातेको छ । यसैबीच एनआरएनएको नयाँ नेतृत्वको सचिव पदमा टोनु घोतानेले उम्मेदवारी दिनुभएको छ । लामो समयदेखि कानूनका विज्ञका रुपमा कार्य गर्दै आउँनुभएका घोतानेले केही समयअघि मात्रै भिक्टोरिया अदालतबाट वकिलको सरकारी मान्यता समेत पाउँनुभएको थियो । सन् १९९६ देखि भिक्टोरियन नेपाली समुदायका लागि समर्पित भइ कार्य गर्दै आउँनुभएका उहाँ नेपाली समुदायबीच स्थापित मात्र होइन लोकप्रिय व्यक्तित्वका रुपमा समेत परिचित हुनुहुन्छ । यहाँका विभिन्न संघ संस्थाहरुमा रहेर लामो समयदेखि कार्य गर्दै...

Read More

एनआरएनएको निर्वाचन : कसको उम्मेदवारी केमा ?

हिमायन कङ्गारु । एनआरएन अष्ट्रेलियामा चुनावी मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धा र माहोल तीव्र भएको छ । राष्ट्रिय परिषददेखि राज्यपरिषद् र केन्द्रीय सदस्य समेतको लागि उम्मेद्वारी दिने क्रम सकिएको छ भने यसमा छानविन र दाबी विरोधको क्रम बाँकी छ । यस लगत्तै आगामी जुन २४ तारिखमा अन्तिम नामावली प्रकाशित गरिनेछ । जुलाई ४ तारिख निर्वाचनको मिति तय गरिएको छ । त्यसैले यतिबेला सामाजिक सञ्जालदेखि घरदैलो कार्यक्रमसम्म गर्न उम्मेद्वारको सक्रियता बढेको छ । महिला सञ्जाल नारी निकुञ्जमा सर्वसम्मत: एनआरएन अष्ट्रेलियाको महिला सञ्जाल नारी निकुञ्जले भने सबै पदमा आवश्यकमात्र उम्मेद्वारी दिएपछि सर्वसम्मत नेतृत्व चयनको वातावरण बनेको छ । जस अनुसार सिर्जना संग्रौला...

Read More

कङ्गारुको देशमा पनि सक्रिय नेपाली अभिभावकहरु !

सिड्नी । अस्ट्रेलिया भ्रमणमा आउनु भएका नेपाली अभिभावकहरूले यहाँंको व्यस्त जीवनशैलीको वावजुद पनि आफ्ना रीति रिवाज संस्कृतिको प्रवद्र्धन र संरक्षणमा लागिपरेका छन् । सिड्नीमा रहेका नेपाली अभिभावकहरूले गठन गरेको एक आस्थाइ समितिले विभिन्न रचनात्मक कार्यक्रमहरु समेत गर्दै आएको छ । जमघट भेला , तथा विभिन्न पर्वका कार्यक्रम आयोजना गर्दै आएको सिड्नीको क्याम्पसिमा रहेका नेपाली अभिभावकहरूको यो समूहले हालै मात्र पार्क भित्र योग ध्यान , हास्य चिकित्साको आयोजना गरेका छन् । समुदायका तर्फ बाट डा नारायण प्रधानको आतिथ्य तथा योग प्रचारक आचार्य राजन शर्माको प्रशिक्षण रहेको कार्यक्रममा योग , ध्यान , हास्य चिकित्सामा रमाएर उनिहरूले नेपालको झल्कोलाई मेटाए । ढाका...

Read More

एनआरएनएको अध्यक्ष पदमा ऋृषि कंडेलको स्वतन्त्र उम्मेदवारी

गैर आवसीय नेपाली संघ (एन आर एन) अस्ट्रेलियाको अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार ऋृषि कंडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । उम्मेदवारी दर्ताको अन्तिम दिनमा उहांले कुनै समुहमा आवद्द नभई स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । पुनर्निर्माणमा एन आर एन’ नारा सहित उम्मेदवारी दिनुभएका कँडेलले संघ विवाद ,राजनीति, गुट–उप गुट र प्यानलबाट मुक्त रहनुपर्छ भन्ने मान्यताका साथ स्वतन्त्र उम्मेदवारी दिएको बताउँनुभयो । कंडेलले दलगत र समुहगत स्वार्थ भन्दा माथि उठेर एनआरएनको सुधार गर्ने आफ्नो लक्ष्य पुरा गर्न आफुले यो उम्वेद्वारी दिएको धारणा राख्नुभयो । ब्यक्ति र समूह भन्दा पनि लक्ष्य महत्वपूर्ण रहने बताउँदै उहाँले स्वतन्त्र उम्वेद्वारलाई मन पराउने मतदाताहरूको समर्थन नै...

Read More

शेष घलेलाई मानार्थ उपाधि,अब डा शेष घले

अष्ट्रेलियास्थित फेडरेसन विश्वबिद्यालयले गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई विद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ । अष्ट्रेलियास्थित फेडरेसन विश्वबिद्यालयले घलेलाई गत मे ६ तारिखमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने तय गरेको थियो तर त्यसबेला घले नेपालमा भूकम्प पिडीतलाई राहत र्पुयाउन गाउँगाउँमा खटिरहेकाले विद्यावारिधि उपाधि दिने कार्यक्रम सरेको छ । अष्ट्रेलियाको उच्च शिक्षामा पुर्याएको देन, सम्पदा संरक्षण र नेपाली जनताको सेवामा खटेर अतुलनिय कार्य गरेको भन्दै विश्वबिद्यालयले घलेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको बिश्वबिद्यालयले जनाएको छ् । अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा ‘मेलवर्न इस्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) कलेज संचालन गरिरहेका घलेसँग त्यहाँका ऐतिहासिक महत्वका पुराना भवनको स्वामित्व पनि छ...

Read More