Category: अष्ट्रेलिया

स्पोर्टस मिटमा भिक्टोरियन खेलाडीलाई डोर्याउँदै जोग लिम्बु

श्रीकृष्ण सिलवाल,मेलबर्न । २५ मार्च शुक्रवारदेखि शुरु हुने अष्ट्रेलियाव्यापी इन्टरस्टेट स्पोर्टस् मिटमा भिक्टोरिया राज्यले पनि सहभागीता जनाउँने भएको छ । विभिन्न राज्यमा छरिएर रहेका नेपाली समुदायलाई खेलको माध्यमबाट एकिकृत गराउँने उद्देश्यले आयोजना हुँदै आएको स्पोर्टस् मिटमा सहभागी बन्न यसपटक पनि भिक्टोरियाबाट झण्डै ६० जना खेलाडीहरु ब्रिस्बोन जाने भएका छन् । भिक्टोरियाबाट सहभागीता जनाउँने खेलाडी टोलीको संयोजन भिक्टोरियाली नेपाली समुदायका अग्रज व्यक्तित्व जोग लिम्बुले गर्दै हुनुहुन्छ । खेलकुदमा निकै रुची राख्नुहुने उहाँ आफैं पनि राम्रो गल्फ खेलाडी हुनुहुन्छ । उहाँ यसअघि आयोजित स्पोटर्सस मिटमा पनि भिक्टोरियन नेपाली टोलीको संयोजक हुनुहुन्थ्यो । झण्डै ६० जनाको जम्बो टोली लिएर ब्रिस्बोन जान पाउँने...

Read More

न्याभ कपमा सहभागी खेलाडीहरुको सम्मानमा रात्रिभोजको आयोजना

मेलबर्न । नेप्लीज एशोसियसन अफ भिक्टोरियाको आयोजनामा सम्पन्न ११ औं न्याभ कप क्रिकेट टुर्नामेन्टमा सहभागी क्लबका खेलाडी तथा पदाधिकारीहरुलाई रात्रिभोजको आयोजना गरिएको छ । आइतवार प्रतियोगीता सम्पन्न भएसँगै आयोजित पुरस्कार वितरण समारोहपछि रात्रिभोजको समेत व्यवस्था गरिएको थियो । टुर्नामेन्टको मूख्य प्रायोजक आरजिआइटी र कँडेल कन्सल्टेन्सीले संयुक्त रुपमा रात्रिभोजको आयोजना गरेको हो । उक्त रात्रिभोजमा विजेता खेलाडीहरुका साथै सहभागी सबै क्लबको समेत सहभागीता रहेको थियो । प्रतियोगीताको उपाधि यसपटक पनि दी हिमालयन क्लबले जितेको छ...

Read More

न्याभ कपको उपाधि यसपटक पनि दी हिमालयनलाई

मेलबर्न । भिक्टोरियन नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्टको ११ औं संस्करणको उपाधि दी हिमालयन क्लबले जितेको छ । आइतवार उपाधिका लागि डिफेन्डिङ च्याम्पियन दी हिमालयन क्लब र सगरमाथा स्टार्सबीच भएको फाइनल भिडन्तमा सगरमाथालाई पराजित गर्दै हिमालयनले उपाधि रक्षा गरेको हो । योसँगै न्याभ कपमा दी हिमालयनले लगातार तीन पटक जितेर ह्याट्रिक गरेको छ । स्थानीय टिडब्लु ब्लेक पार्कमा भएको फाइनल प्रतियोगीता हेर्न उल्लेख्य दर्शकहरुको सहभागीता रहेको थियो । टुर्नामेन्टमा यसपटक ६ टिमको सहभागीता रहेको थियो । जस्मा नेप्लीज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा शुरु भएको टुर्नामेन्टमा द हिमालयन क्लब,सगरमाथा स्टार्स,सगरमाथा रेनेगेड्स,नर्रे किङ्स,ब्रन्सवीक ब्लुज,इष्टर्न वरियर्स रहेका छन्...

Read More

मेलबर्नमा होली महोत्सव हुँदै,निशुल्क मःमको व्यवस्था

मेलबर्न । थरि थरिका रंग,साथीहरुहरुसँग । त्यसमाथि चिसो पानी छ्यापाछ्याप अनि स्वादिलो तातो तातो नेपाली मःम । सम्झदै आनन्द लाग्ने यस्तो क्षण मेलबर्नमा भने साकार हुँदैछ । रंगहरुको पर्व होलीको अवसरमा मधेसी समाज भिक्टोरियाले आयोजना गर्न लागेको होली फेष्टिबल अफ कलर्समा यस्तो व्यवस्था गरिन लागेको हो । मोरल्याण्ड सिटी काउन्सिलको आर्थिक सहयोगमा हुने यो महोत्सव नितान्त अल्कोहलरहित हुनेछ । यही मार्च २० गते अपरान्ह १ देखि ४ बजेसम्म हुने रंगहरुको उत्सव होलीमा सहभागी बन्न सम्पूर्ण मेलबर्नबासीमा आयोजकले अनुरोध गरेको छ । कार्यक्रममा सहभागीताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । होली उत्सव कार्यक्रम ब्रुन्सवीक इष्टस्थित जोन्स रिजर्भ पार्कमा हुनेछ...

Read More

न्याभ गल्फ टुर्नामेन्ट २०१६ को उपाधि मिकिया दोर्जेले पाए

मेलबर्न । नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभको आयोजनामा शनिवार गल्फ टुर्नामेन्ट सम्पन्न भएको छ । फेयरफिल्डस्थित यारा बेन्ड गल्फ कोर्समा आयोजित न्याभ गल्फ टुर्नामेन्ट २०१६ को उपाधि मिकिया दोर्जेले जिते । यस्तै टुर्नामेन्टको हार्डेष्ट गल्फरको उपाधि किशोर राईले पाए भने ब्याक नाइन अशिष लिम्बु,फ्रन्ट नाइन लोप्साङ थोटुपले जिते । यसैगरि नोभाइसतर्फ रोशन श्रेष्ठ प्रथम,साजन तामाङ द्धितिय भए भने जोग लिम्बु तेस्रा भए । टुर्नामेन्ट अन्तर्गत स्ट्याबलफोर्ड अर्थात ह्यान्डीक्यापतर्फ स्पन्दन कार्की प्रथम भए । सोही विधामा सन्स तामाङ दोस्रा भए भने जोग लिम्बु तेस्रा भए । विजेताहरुलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरिएको थियो...

Read More