Category: अष्ट्रेलिया

नेपालमा मलाई कसैले ‘भाडा माझ्ने’ र ‘ट्वाइलेट सफा’ गर्ने रोजगारी दिनसक्छौ ?

–दीपेन्द्र दोङ तामाङ विदेश जानु केही नेपालीहरुका लागि रहर भए पनि धेरैका लागि बाध्यता बनेको छ । त्यसैले कोही उच्च शिक्षा अध्ययनका लागि त कोही रोजगारीका लागि जापान,अमेरिका,अष्ट्रेलिया,युके र खाँडी मुलुकहरुमा गएका छन् । यो क्रम अझैसम्म रोकिएको छैन । अहिले पनि दैनिक सयौं नेपालीहरु नेपाल छोडेर ती देशहरुमा जाने क्रम रोकिएको छैन । उनीहरुले पठाउँने रेमिट्यान्सले नेपालको बजेटमै ठूलो हिस्सा ओगट्दै आएको छ । तर त्यसरी जाने नेपालीहरुलाई आलोचना गर्ने र खिसीट्युरी गरेर उडाउँनेहरु पनि धेरै छन् । नेपालमा गरेर खान नसक्नेहरु,विदेशमा भाडा माझेर र ट्वाइलेट सफा गरेर फूर्ति लगाउँनेहरु भनेर विदशिएका नेपालीहरुलाई हेप्ने प्रवृत्ति पनि नेपाली समाजमा...

Read More

अष्ट्रेलियाको नयाँ भिसा नीतिबारे विद्यार्थीहरुमा रहेको भ्रम र यथार्थ

मेलबर्न । अष्ट्रेलियाले अब सिम्प्लीफाइड स्टुडेन्ट भिसा फ्रेमवर्क (एसएसभीएफ) लागू गर्दैछ । यसले पढ्नका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको भिसा प्रोसेसिङ पहिलेको तुलनामा केही सहज भएको छ । तर, यो सुविधाबाट आर्थिक स्रोत राम्रो भएका विद्यार्थीहरु मात्र लाभान्वित हुने विज्ञहरु बताउँछन् । आर्थिक स्रोत कमजोर भएका अष्ट्रेलिया जान खोज्नेहरुलाई भने यो व्यवस्थापछि पनि भिसा पाउन सहज छैन । अष्ट्रेलियाले अब जुलाइदेखि भिसाको प्रोसेसिङ अनलाइनबाटै गर्ने भएकोले अब पेपर डकुमेन्टमा आधारित नभई अनलाइन डकुमेन्टबाट अष्ट्रेलियाले भिसा आवेदन दर्ता गर्नेछ । यसले प्रोसेसिङमा हुने झन्झट कम हुनेछ । यस्तै यसअघि भिसाका लागि ६ हप्तासम्म लाग्ने गरेकोमा अब ४ हप्ताभित्रै भिसाको छिनोफानो...

Read More

सगरमाथा आरोहणका क्रममा अष्ट्रेलियन प्रोफेसरको निधन

मेलबर्न । सगरमाथा आरोहण गर्न जाने क्रममा अष्ट्रेलियाको युनिभर्सिटीकी प्रोफेसर डा मारिया स्ट्रेडमको मृत्यु भएको छ । सगरमाथाको चुचुरोमा पुग्नु करिब सय मिटर अघि उनी बिरामी परेपछि फिर्ता आउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । मेलबर्न युनिभर्सिटीमा उनी फाईनान्स पढाउने गर्थिन् । उनी ३४ वर्षकी थिइन् । पारिवारिक श्रोतले मृत्युको विषयमा पुष्टि गर्दै उनका साथमा श्रीमान रोब ग्रोपेल पनि रहेको जनाएको छ । मेलबर्न युनिभर्सिटीले आफ्नो सहकर्मीको सम्झनामा श्रद्धाञ्जली आयोजना गरिएको छ । उनका सहकर्मीहरुले उनको स्मरण गर्दै साहसी महिला भनिएको छ । क्याम्प ४ मा बिरामी भएकी उनलाई तल ल्याउँदै गर्दँ उनको मृत्यु भएको थियो । हाई...

Read More

मेलबर्नको ‘रमाइलो साँझ’ अझ यादगार बनाउँने कलाकारहरुको प्रतिवद्दता

मेलबर्न । मेलबर्नमा आइतवार हुने नाचौं गाऔं रमाइलो साँझ २०७३ मा सहभागी हुन आधा दर्जन नेपाली कलाकारहरुको टोली मेलबर्न आइपुगेको छ । शनिवार मेलबर्न आइपुगेका कलाकारहरुको टोलीमा चर्चित लोक गायक मिलन लामा,नेपाली तारा २ का विजेता एवम् युवा पुस्ता माझ लोकप्रिय गायक सन्तोष लामा,लोक गायिका ज्योति मगर, पिरतिको छाता ओढौंला फेमका गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र हाँस्य कलाकार राजाराजेन्द्र पोखरेल रहेका छन् । आइतवार हुने कार्यक्रमबारे जानकारी दिन शनिवार साँझ मेलबर्नमा कलाकारहरुको उपस्थितिमा प्रेस मिटको समेत आयोजना गरिएको थियो । झण्डै एक महिनादेखि अष्ट्रेलियाका विभिन्न राज्यहरुमा प्रस्तुति दिदै आएका कलाकारहरुले नेपालीहरुको बाहुल्यता रहेको मेलबर्नमा पनि आफ्नो प्रस्तुति दिन...

Read More

सिड्नीस्थित सेभेन इलाभेनका सञ्चालकलाई २ लाख डलर जरिवाना

मेलबर्न । अष्ट्रेलियाको संघीय अदालतले पश्चिम सिड्नीमा सञ्चालित सेभेन इलाभेन मिनी मार्केटका सञ्चालकलाई ठूलो रकम जरिवाना तिराएको छ । आफ्ना कामदारलाई तलब नदिएकोमा सेभेन इलाभेनका शाखा सञ्चालक भारतीय मूलका हर्मानदीप सिंह सरकारीयालाई दुई लाख अष्ट्रेलियन डलर जरिवाना गरेको हो । अदालतले सरकारीयलाई व्यक्तिगत ३५७०० डलर र उनको कम्पनी अमृतारीय फोर प्राइभेट लिमिटेडलाई १७८,५०० डलर जरिवाना तोकेको हो । न्यायधीस जस्टिन स्मीथका अनुसार सरकारीय र उनको कम्पनीले अष्ट्रेलियाको श्रम कानूनको गम्भीर उल्लंघन गरेको बताए । यस्तै गलत काम गर्दै आएका कम्पनी र सञ्चालकहरुलाई पाठ सिकाउँन पनि यो प्रकरणमा जरिवाना गरिएको उनले बताए । सरकारीयले उनका कामदारहरुलाई प्रतिघण्टा १० डलर मात्र...

Read More