Category: अष्ट्रेलिया

भुकम्पपीडित नेपालीलाई अस्ट्रेलियाले विशेष सुविधा नदिने

सिड्नी । अस्ट्रेलियामा बस्दै आएका भुकम्पपीडित नेपालीलाई विशेष सुविधा सहितको “टेम्पोररी प्रोटेक्टेड स्टेटस(टिपिएस)” दिन नेपाली समुदायको तर्फबाट गरिएको आग्रहलाई अस्ट्रेलियन केन्द्रीय इमिग्रेसन तथा बोर्डर प्रोटेक्सन मन्त्री पिटर डट्टनले अस्वीकार गरेका छन् । २६ अप्रिल बुधवार सिड्नीको दक्षिण कोग्रामा लिभरल फेण्ड्स अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री डटट्ले टिपिएस सुविधा दिने नीति सरकारको नभएको प्रष्ट परेका थिए । नेपाली समुदायका तर्फबाट निरज श्रेष्ठले राखेको उक्त जिज्ञासाको जवाफमा मन्त्री टट्टनले भने, “विदेश मन्त्रालयमार्फत नेपालमा अहिलेसम्म २८ मिलियन डलर भन्दा बढी सहयोग भुकम्प प्रभावितलाई राहत, उद्धार र पून निर्माणमा अस्ट्रेलियाले गरेको छ । भुकम्पका...

Read More

भिक्टोरियामा कामदारमाथि बन्दुकधारीको आक्रमण

मेलबर्न । भिक्टोरिया प्रहरीले उत्तरी सनसाइन क्षेत्रमा विहीवार विहान व्यापक सर्च अभियान शुरु गरेको छ । एउटा फ्याक्ट्रीमा कार्यरत कामदारलाई अपरिचित बन्दुकधारीहरुले बन्दुक तेस्र्याएर धम्की दिएपछि सशस्त्र प्रहरीले व्यापक सर्च अभियान शुरु गरेको हो । ती बन्दुकधारीहरुले विहीवार विहान नाइट एभेन्यू फ्याक्ट्रीका एक कामदारलाई हतियार देखाइ धम्क्याएका थिए । त्यसपछि ती बन्दुकधारी कारमा रवाना भएका थिए । यसको जानकारी पाउँने वित्तिकै प्रहरीले व्यापाक सर्च अभियान जारी राखेको छ । तर अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार ती बन्दुकधारीहरुले आफ्नो क्षेत्रमा प्रवेश गरेर बन्दुक ताकेका थिए । कारणबारे सोध्दा केही छैन भन्ने जवाफ दिएको पनि ती प्रत्यक्षदर्शीले...

Read More

नेपालको पर्यटन प्रवद्र्धनका लागि मेलबर्नमा कार्यक्रम

मेलबर्न । मेलबर्नमा नेपालको पर्यटन प्रवद्र्धनको लागि विशेष कार्यक्रम सम्पन्न भएको छ । अगष्ट १८ का दिन नेपाल पर्यटन बोर्डको सहकार्यमा भिक्टोरियास्थित नेपाली कन्सुलेटको कार्यालयले नेपाल पर्यटन प्रवद्र्धन साँझ  २०१५ को आयोजना गरेको हो । स्थानीय निरन्कार रेष्टुराँमा आयोजित उक्त कार्यक्रमको उद्देश्य नेपाल अझै सुन्दर छ भन्ने सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ । यस्तै अष्ट्रेलियामा नेपाल र नेपाली संस्कृतिको प्रवद्र्धन गर्नु पनि प्रमुख उदेश्य रहेको थियो । कार्याक्रममा बोल्दै पर्यटन मन्त्रालयका उपसचिव उमाकान्त पराजुलीले विनाशकारी भूकम्प गए पनि नेपालको अधिकांश पर्यटकीय क्षेत्रहरु अझै सकुशल रहेको जानकारी दिनुभएको थियो । केही मनोरम पर्यटकीय गन्तव्यहरुको उदाहरण दिनुहुँदै उहाँले नेपालका...

Read More

आगामी शुक्रवार मेलबर्नमा बस तथा रेल्वे सेवा बन्द हुने

मेलबर्न । मेलबर्नको रेल्वे तथा ट्राम सञ्जाल आउँदो शुक्रवार ४ घण्टाका लागि बन्द हुने भएको छ । यस्तै माइकीले पनि दुई दिनसम्म आफ्नो सेवा बन्द गर्नेछन् । रेल्वे,ट्राम तथा बस यूनियनको आम हड्तालका कारण ती सेवाहरु ठप्प हुने भएका हुन् । सन् १९९७ सालपछि मेलबर्नमा पहिलोपटक सार्वजनिक यातायातको क्षेत्रमा हड्ताल हुन लागेको हो । रेल्वे,ट्राम तथा बस यूनियनका कार्यकारीहरुले जनाए अनुसार विहान १० बजेदेखि २ बजेसम्मको सेवा ठप्प पारि वार्ता गरिनेछ । साथै यूनियनले उक्त दिन चार घण्टाका लागि सबै सेवा बन्द गर्न मेट्रो रेल र यारा ट्राम्समा कार्यरत कर्मचारीहरुलाई अपिल गरेको छ । उक्त दिन वृहत भेला सहित...

Read More

क्वीन्सल्याण्डमा एनआरएनएको एमआरपी हेल्पडेस्क

क्वीन्सल्याण्ड । मेसिन रिडेवल पासपोर्टको लागि एनआरएनए क्विन्सल्याण्डले अष्ट्रेलियावासी नेपाली समुदायका लागि हेल्पडेस्क सञ्चालन गर्ने भएको छ । विस्थापित हुन लागेको हस्तलिखित राहदानीको सट्टा मेसिन रिडेवल पासपोर्ट लागूहुने समय नजिकिँदै गएकोले एमआरपी नबनाएकाहरूलाई सहजदा प्रदान गर्न डेस्क सञ्चालन गर्न लागिएको एनआरएनएले जनाएको छ । अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले आउँदो २४ नोभेम्वर देखि हस्तलिखित राहदानीलाई मान्यता नदिने घोषणा गरिसकेको छ । अष्ट्रेलियामा रहेका नेपाली समुदायमध्ये धेरैले अझै एमआरपी नबनाइसकेकाले एनआरएनए क्विन्सल्याण्डले हेल्प डेस्क सञ्चालनमा ल्याउन लागेको हो हो । एनआरएनए क्विन्सल्याण्डले अगामी १५ अगष्टका दिन न्यूमार्क स्थित बोल्स क्लवमा डेस्क राख्न लागेको छ । विहान १० बजे देखि...

Read More