Category: अष्ट्रेलिया

सामान्य गल्तीले अष्ट्रेलियाको पीआर वा सिटिजनसीप गुमाउनुपर्ला

एचके संवाददाता/ मेलबर्न । काठमाडौं कलंकी घर भएका राजु थापा (नाम परिवर्तन ) विगत ६ वर्षदेखि अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका छन् । शुरुमा अध्ययन भिसामा आएका उनले अष्ट्रेलियाको नागरिकता लिन झण्डै दुई वर्ष अघिदेखि कोशिस गर्दै आएका छन् । सिटिजनसीप लिनकालागि आवश्यक सबै प्रक्रिया र कागजात समेत उनले मिलाइसकेका थिए । तर ६ महिना अघि सिटिजनसीपकालागि उनले दिएको निवदेन यहाँको अद्यागमन विभागले अस्वीकार गरिदियो । सबै प्रक्रिया र कागजात पुर्याएर पनि सिटिजनसीप नपाएपछि थापाले कानूनविदको परामर्शमा पुनः अपिल गरे । तर यसपटक पनि उनलाई अष्ट्रेलियाको सिटिजनसीप दिन नसक्ने जवाफ विभागले दियो । यसपटक विभागले थापालाई सिटिजनसीप दिन नसक्नुको कारण...

Read More

अष्ट्रेलियाको एडिलेडमा नेपाली महिला क्रिकेट टिम निर्माण

मेलबर्न । अष्ट्रेलियाको एडिलेडमा नेपाली महिला क्रिकेट टिम निर्माण भएको छ । एडिलेड नेप्लिज क्रिकेट एसोसिएशन (एन्का)ले नेपाली महिला खेलाडीहरुलाई लक्षित गरी एन्का सनसाईन नामक क्रिकेट टिमको घोषण गरेको हो । टिम घोषणा कार्यक्रमका प्रमुख अतिथि साउथ अष्ट्रेलियाकी प्रीमियर अफिसकी सहायक मन्त्री जिङ लीले खेलाडीलाई ह्याट दिएर टिमको औपचारिक सुरुवात गरेकी थिइन् । कार्यक्रममा एन्काका सभापति बिजय जोशी, दीपक क्षेत्री, सन्तोष अधिकारी लगायतले क्लब र यसले गरेका कामका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सहभागी हुन साउथ अष्ट्रेलिया क्रिकेट एशोसिएसनका प्रतिनिधि म्याट लूकस र ऑलिवर ग्राहम तथा साउथ अष्ट्रेलिया रेड व्याक्स प्लेयर निक विंटर र ऐलेक्स रॉक्स बिग बासको...

Read More

तामाङ सोसाईटी अफ भिक्टोरियाको अध्यक्षमा पेमा दोर्जे चयन

मेलबर्न । तामाङ सोसाईटी अफ भिक्टोरियाको अध्यक्षमा पेमा दोर्जे बम्जन चयन हुनुभएको छ । सोसाइटीको हालैसम्पन्न वार्षिक साधाणसभाबाट बम्जनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । साधाणसभाले उपाध्यक्षमा अनिष तामाङ,सचिवमा मोनिका तामाङ, सहसचिवमा शान्ति थोकर, कोषाध्यक्षमा यन्त तामाङलाई चयन गरेको छ । यस्तै कार्यसमिति सदस्यहरुमा सन्स पाख्रिन, मदन तामाङ, विनोद लामा र दावा लामा, चित तामाङ, साजन तामाङ, निर्मला पिंकी लामा, विशाल तामाङ चयन हुनुभएको छ । वार्षिक साधारणसभामा निवर्तमान अध्यक्ष एवं सचिव क्रमश बम योञ्जन र बबी लामालाई बिदाई गरिएको थियो । नयाँ कार्यसमितिले पब्लिक रिलेसन अफिसरमा हेमन्ता लामा र राज बम्जनलाई छानेको छ । Are you Planing...

Read More

सोचेभन्दा फरक छ अष्ट्रेलिया,यी हुन् जान्नैपर्ने १० टिप्स

मेलबर्न । अष्ट्रेलिया भन्ने वित्तिर्क सुविधासम्पन्न ठूलो सहर, सुन्दर सामुन्द्रिक तट, निलो सागर, लहलहराउँदो पहाड बुझ्छौ। जो कोही लाई जान मन लाग्छ,त्यसो त नेपालबाट अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी गइरहेका छन् । यदि तपाई पनि यस्तै सोच वा घुम्ने सोचमा जाँदै हुनुहुन्छ भने अष्ट्रेलियाका बारेमा यी १० कुरा जान्नुहोस्, तपाईलाई सजिलो हुनेछ । १. महंगो देश : अष्ट्रेलियामा एकतर्फी हवाई यात्रा खासै खर्चिलो छैन, तर दोहोरो यात्राका लागि महंगो हुन्छ । यदि तपाई आफ्नो ‘क्याम्पिङ’(पाल) छैन भने होस्टलमा रहन सक्नुहुन्छ, यो तुलनात्मक रुपमा सस्तो हुन्छ । त्यसमा पनि तपाई व्यक्तिगत चाहानुहुन्छ भने एकल कोठा लिन सक्नुहुन्छ, यो पनि होटेलको तुलनामा...

Read More

अष्ट्रेलियामा लालोर हिरो अवार्डद्वारा महेश भण्डारी सम्मानित

मेलबर्न । अष्ट्रेलियामा लालोर हिरो अवार्डद्वारा नेपाली मुलका महेश भण्डारी सम्मानित भएका छन् । भण्डारीले लालोर क्षेत्रमा सामाजिक कामको लागि खेलेको भूमिकाको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो । वेईरवीस्थित ईटालियन स्पोर्टस क्लबमा आयोजित एक विशेष कार्यक्रममा पार्लियामेन्ट सदस्य तथा लेबर नेतृ जोयन रायनले अवार्ड प्रदान गरेकी थिइन् । उक्त कार्यक्रममा भण्डारी सहित करिब तीस जनाले अवार्ड प्राप्त गरेका थिए । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्दै आएका महेश भण्डारी यहाँको स्थानीय राजनीतिमा सक्रिय छन् । उनी अष्ट्रेलियन लेबर पार्टीको टार्नेट शाखाका अध्यक्ष समेत हुन् । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More