Category: अष्ट्रेलिया खबर

भारतको नाकाबन्दीप्रति बुद्धिजीवि समाज अष्ट्रेलियाको आपत्ति

मेलबर्न । हालै जारी भएको नेपालको संविधान २०७२ को अन्तराष्ट्रिय बुद्धिजीवि समाज नेपाल,अष्ट्रेलियाले स्वागत गरेको छ । समाजका तर्फबाट अध्यक्ष सुवान चौलागाईले एक विज्ञप्ति जारी गर्दै नयाँ संविधान जारी भएसँगै मुलुक विकास,समृद्धि र सुशासनको दिशामा अगाडि बढेको हेर्न चाहने नेपाली जनताको धेरै पहिलेदेखिको अधुरो सपना पूरा भएको उल्लेख गर्नुभएको छ । नयाँ संविधानले आम नेपाली जनतामा मुलुकमा शान्ति र स्थायित्वको सुनिश्चितता हुने भरोसा पनि बढेको उल्लेख छ । नेपाल जस्तो विविध जातजाति,समुदाय,धर्म र वर्गको साझा मुलुकमा करिब ९० प्रतिशतभन्दा बढी जनताको चित्त बुझ्ने संविधान जारी हुनु आफैंमा उपलब्धी भएको समाजले जनाएको छ । यो नेपालका लागि मात्र नभएर विश्वकै...

Read More

एनआरएन नेतृत्वका लागि अष्ट्रेलियाबाट उम्मेदवारी घोषणाको लहर

मेलबर्न । एनआरएनको सातौं विश्व सम्मेलनमार्फत हुने नयाँ नेतृत्वका लागि अष्ट्रेलियाबाट पनि उत्साहजनक उम्मेदवारी परेको छ । विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम अझ पनि जारी छ । अष्ट्रेलियाबाट उम्मेद्वारी घोषणा गर्नेहरुमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष पदका लागि शमशेरसिंह थापा, महासचिव पदका लागि वर्तमान सचिव रञ्जु वाग्ले थापा, कोषाध्यक्ष पदका लागि वर्तमान आईसीसी सदस्य एवं पर्थका एनआरएन अगुवा भैरव ढकाल, सचिव पदमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी, युथ कोअर्डिनेटरमा वर्तमान डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरी र निरञ्जन प्रसाईका साथै ओसेनिया क्षेत्रीय संयोजकमा महेन्द्र लम्साल, रमेश पाण्डे र भोमा लिम्बु, ओसेनिया क्षेत्रीय उपसंयोजकमा न्यूजिल्याण्डबाट चक्र...

Read More

भारतको नाकाबन्दी विरुद्ध मेलबर्नमा ज्ञापनपत्र बुझाईयो

मेलबर्न । भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दीको मेलबर्नमा पनि विरोध गरिएको छ । यहाँका स्थानीय नेपाली नेताहरुले विहीवार एनआरएनए भिक्टोरिया मार्फत ज्ञापनपत्र बुझाउँदै नाकाबन्दीको विरोध गरेका हुन् । ज्ञापनपत्र बुझाउँदै एनआरएनए भिक्टोरियाका अध्यक्ष केशव कँडेलले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेकोप्रति सबै नेपालीको विमति रहेको बताउँनुभयो । त्यसैले नेपालको आन्तरिक मामिलामा बाँजो नहाल्न भारत सरकारलाई आग्रह स्वरुप ज्ञापनपत्र बुझाइएको बताउँनुभयो । अध्यक्ष कँडेलले नेपालमा हालै जारी भएको संविधान सबैलाई चित्त नबुझेको भए वार्ता र सम्वाद मार्फत संशोधन गर्न सकिने बताउँनुभयो । तर भारतले नाकाबन्दी नै गरेर कुटनीतिक मर्यादा विपरित गएको कँडेलको भनाइ थियो । यस्तै एनआरएनए अष्ट्रेलियाका सदस्य...

Read More

एनआरएनएमा अष्ट्रेलियाबाट उम्मेदवारी दिएका र प्रतिनिधिहरुवीच अन्तरक्रिया हुने

मेलबर्न  ।  गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलनमा विभिन्न पदमा अष्ट्रेलियाबाट उम्मेद्वार हुने घोषणा गरेकाहरु र सम्मेलनमा प्रतिनिधित्व गर्ने सदस्यहरुबीच बृहद अन्तरक्रिया हुने भएको छ । यही शुक्रबार साँझ ६ बजेपछि आयोजना गरिने अन्तरक्रियामा उम्मेद्वारहरुले आफ्ना एजेन्डा प्रस्तुत गर्नेछन् भने प्रतिनिधिहरुले उम्मेद्वारलाई प्रश्न सोध्न सक्नेछन् । अहिलेसम्म अध्यक्षमा शेष घले, उपाध्यक्षमा शमशेरसिंह थापा, महासचिवमा रञ्जु वाग्ले, कोषाध्यक्ष भैरव ढकाल, सचिवमा गणेश केसी, युवा संयोजकमा कृष्ण गिरी र निरञ्जन प्रसाईका साथै क्षेत्रीय संयोजकमा महेन्द्र लम्साल र भूमा लिम्बुले उम्मेद्वारी दिने घोषणा गरेका छन् । केही उम्मेद्वारले काठमाडौंमा पुगेपछि माहोल हेरेर उम्मेद्वार बन्ने तयारी थालेका छन् भने उम्मेद्वारका लागि विश्वका विभिन्न...

Read More

एनआरएनएको युवा संयोजकमा कृष्ण गिरीको उमेद्वारी

मेलबर्न  । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनका लागि विभिन्न देशका उम्मेद्वारहरुबाट विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । त्यही क्रममा अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा संयोजक पदमा अष्ट्रेलियाबाट कृष्ण गिरीले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ  । गिरी  गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा उपसंयोजक पदमा कार्यरत हुनुहुन्छ ।  आफ्नो कार्यकालमा उहाँले  “डलर १ कापि र कलम”, “एनआरएनए भवन निर्माण”, “स्कील, नलेज एण्ड ईनोभेसन” परियोजना, “एनआरएनए क्षेत्रिय तथा एनआरएन डे” कार्यक्रम आयोजना लगायत एनआरएनएको हरेक गतिविधिमा सक्रिय भूमिका खेल्दै आउनुभएको छ । साथै उहाँ बिगत ४ बर्ष देखि अष्ट्रेलियाको...

Read More

Cake To Nepal

फेसबुक