Category: अष्ट्रेलिया खबर

अष्ट्रेलियामा समस्या पर्दा नेपाली विद्यार्थीले सम्झिने नाम : ‘टोनु दाइ’

नेपालबाट पढाइ तथा करियरको सुन्दर सपना बोकेर अष्ट्रेलिया आएका थिए टोनु घोथाने । त्यतिबेला अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले डिप्लोमा मात्र गर्ने चलन थियो । काम र समयको तालमेल आर्थिक दबाबले गर्दा विद्यार्थीहरु युनिभर्सिटीमा भर्ना भएर आफूले चाहे अनुसार पढाइलाई निरन्तरता दिन सक्दैनथे । तर टोनु घोथाने भने त्यो दबाब र चुनौतीलाई स्वीकार गर्दै युनिभर्सिटीमा भर्ना भए । त्यतिबेला नेपाली साथी र अग्रजहरुले निकै गाह्रो हुने बताउंदै आफ्नो निर्णय फेर्न सल्लाह दिएका थिए । आफूले रोजेको विषय महँगो पर्दा घोथानेले अन्य विषय रोजेर पढ्न थाले । तर उनले पढाइमा सम्झौता भने गरेनन् । पढाइलाई सधै प्राथमिकतामा राखे । चाहेको विषय पढ्न...

Read More

अष्ट्रेलियामा परेको पानीका कारण डढेलो नियन्त्रणमा झन् कठिनाइ आउन सक्ने विज्ञहरुको भनाइ

मेलबर्न । मेलबर्न। डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अष्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ । अष्ट्रेलियामा भएको वर्षाले सबैमा आशा जगाएतापनि विज्ञहरुले भने डढेलो नियन्त्रणमा झन् कठिनाइ हुने बताएका छन् । विज्ञहरुका अनुसार, मंगलबार देखि घाम झन् चर्को हुनसक्नेछ र तापक्रम बढी भइ डढेलो नियन्त्रणमा झनै कठीनाइ हुन सक्नेछ । तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अष्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ...

Read More

अष्ट्रेलियाका विभिन्न राज्यमा पानी पर्यो,डढेलो पीडितलाई राहत

मेलबर्न। डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अष्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ । तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अष्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ । अष्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ । ‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन् । डढेलोका कारण आफ्नो घर छोड्न...

Read More

अष्ट्रेलियाको जीएनसीभी फुटबल लिग : युनाइटेड एफसीले पाँचौं पटक उपाधि जित्दै बनायो रेकर्ड

मेलबर्न । अष्ट्रेलियाको नेपाली समुदायमा आयोजित जीएनसीभी फुटबल लिगमा मेलबर्नको युनाइटेड फुटबल क्लब विजयी बनेको छ । आइतबार सम्पन्न फाइनल खेलमा युनाइटेड एफसीले द हिमालयन टाइगर्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । गोर्खा नेप्लिज कम्युनिटी भिक्टोरिया ( जीएनसीभी ) ले विगत १८ वर्ष देखि आयोजना गर्दै आएको फुटबल लिगमा युनाइटेड एफसी दश पटकसम्म फाइनलमा प्रवेश गर्न सफल भएको छ । युनाइटेडले उपाधि जितेको भने यो पाँचौ पटक हो । यो जितसंगै उक्त लिगमा पाँच पटक उपाधि जित्ने पहिलो क्लबको रुपमा युनाइटेडले आफ्नो नाम दर्ता गरेको छ । बन्डुराको आरएमआइटी स्पोर्ट्स सेन्टरमा भएको फाइनल खेलमा युनाइटेडका कप्तान सजन...

Read More

सन्दीप लामिछानेले दिलाए मेलबर्न स्टार्सलाई बिग ब्यासमा पाँचौं जित

मेलबर्न । नेपालका सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाको मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा पाँचौं जित हात पारेको छ । आज भएको डर्बी खेलमा खेलमा लामिछानेको मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको हो । रेनेगेड्सको यो लगातार छैठौ हार हो । मेलबर्न क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले स्टार्सलाई १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । स्टार्सको जितमा मार्कस स्टोनीसले अविजित ६८ रनको अर्धशतकीय इनिङ्स खेल भने कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रनको योगदान दिए । रेनेगेड्सका लागि केन...

Read More

Cake To Nepal

फेसबुक