Category: अष्ट्रेलिया खबर

अस्ट्रेलियाको नागरिकता आवेदन प्रक्रिया माहामारीको कारण ढिलाइ

अस्ट्रेलिया,जेठ १६ गृह मामिला विभागको तथ्याङ्कका अनुसार ७५ प्रतिशत नागरिकताका लागी परेका आवेदनहरू हालेको दिन देखि नागरिकता वितरण समारोहमा सहभागी हुन पाउने समयसम्म पुग्न अहिले आवेदकले २३ महिना पर्खनु पर्दछ।  गत वर्षको जुन महिनामा भन्दा यो पर्खाइको समय १६ महिनाले बढेको हो। अहिले ९० प्रतिशत अस्ट्रेलियाको नागरिकताका लागी हालिने यस्ता आवेदनहरूको प्रक्रिया पुरा गर्न २५ महिना लाग्ने गरेको छ जुन एक वर्ष अगाडी मात्र  २० महिनामा पुरा हुन्थ्यो। एक वक्तव्य मार्फत विभागका प्रवक्ताले  महामारीका कारण नागरिकता आवेदन प्रक्रियामा ढिलाइ भएको बताएका छन्। कोभिड(१९ का कारण सम्पूर्ण नागरिकता सम्बन्धी प्रत्यक्ष रूपमा गरिने भेटहरू जस्तै अन्तर्वार्ता र नागरिकताका लागी लिइने परीक्षा...

Read More

अष्ट्रेलियाको नयाँ अकुपेशन लिस्ट अपडेटमा ढिलाई, ३८ पेशामा परिवर्तन आउने संकेत

मेलबर्न। संसारभर भएको कोरोना भाइरस प्रभावले अष्ट्रेलियाको पनि सरकारी काम देखी आम जीवनशैलीमा असर गरिरहेको छ। कोरोना भाइरस प्रभावकै कारण नयाँ अकुपेशन लिस्ट अपडेटमा समेत ढिलाई भएको छ। २०२० को मार्च महिनामा अपडेट हुनुपर्ने अकुपेशन लिस्ट कोरोना भाइरस प्रभावका कारण अपडेट हुन नसकेको हो। अब अपडेट हुने अकुपेशन लिस्टमा ३८ पेशामा परिवर्तनको संकेत गरिएको छ। ११ पेशा सुचीबाट हट्ने, १७ पेशामा फेरबदल हुने संकेत गरिएको छ भने ४ नयाँ पेशा सुचीमा थपिने संकेत गरिएको छ। हट्ने पेशा फेरबदल हुने पेशा थप हुने...

Read More

अष्ट्रेलियामा क्यान्सर पिडित नेपाली युवाको उपचारको लागि सहयोग अपिल

ब्रिसबेन। नेपाली युवा विशाल पौडेल डिपेनडेन्ट भिसामा २०१७ मा अष्ट्रेलिया आएका थिए। नर्सिङ्ग पढ्दै गरेकी उनकी श्रीमतीको यसै वर्ष पढाइ सकिंदैछ। तर त्यो भन्दा अगाडी नै विशाल गम्भीर बिरामी परेपछि यो युवा जोडी अहिले समस्यामा परेको छ। शरीरमा सामान्य परिवर्तन देखेपछि जांच गराउँदा विशालमा क्यान्सर भएको थाहा भएको थियो। त्यसबेला डाक्टरहरुले उनलाई दुई महिना मात्र बाँच्न सक्ने बताए। त्यसपछि अन्य ठाउँमा अन्य डाक्टरहरुलाई जांच गराउँदा उनमा जीवनप्रति आशा पलाएको छ। तर उपचारको लागि १ लाख ६० हजार डलर खर्च लाग्ने भएको छ। विशालले यति ठूलो रकम थेग्न सक्ने आफ्नो आर्थिक स्थिति नरहेकोले सहयोग गरिदिन सबैसंग अनुरोध गरेका छन्। एनआरएनए...

Read More

अष्ट्रेलिया सरकारले बढायो सिटिजनसिप वेटिङ्ग पिरियड, दुई वर्ष पर्खनुपर्ने

मेलबर्न। अष्ट्रेलियाको नागरिकताको लागि सरकारले वेटिंग पिरियडको अवधि बढाएको छ। सरकारले नागरिकताको लागि एप्लाई गरेर प्रतीक्षामा रहेकाहरुले सिटिजन सेरेमोनी पछिको औसतमा २३ महिना पर्खनुपर्ने बताएको हो। कोरोना भाइरसका कारण सम्पूर्ण क्षेत्र प्रभावित भइरहेको र नागरिकताको लागि परिक्षा तथा अन्तर्वार्तामा पनि यसले असर पारिरहेकोले वेटिंग पिरियड बढाएको बताइएको छ। Source : SBS...

Read More

चीनसँग व्यापार युद्ध गर्ने चाहना नभएको अस्ट्रेलियाको भनाई

क्यानबेरा । अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गर्नु भएको छ । उहाँले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाउनुभयो । विश्व व्यापार संगठनका नियम समेतलाई बेवास्ता गर्दै चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशतभन्दा बढी करवृद्धि गरेको अस्ट्रेलियाको आरोप छ । करवृद्धि गरेसँगै अस्ट्रेलियाली जौको चीन निर्यात लगभग ठप्प भएको छ । चीनले अस्ट्रेलिया सरकारले जौको उत्पादनमा किसानलाई ठूलो मात्रामा अनुदान दिएको आरोप लगाएको छ । उत्पादन लागतभन्दा न्यून मूल्यमा अस्ट्रेलियाली जौ चिनियाँ बजारमा बिक्री हुने गरेको चीनले बताएको छ । चीनले गतसाता मात्र अस्ट्रेलियाका चार ठूला उद्योगबाट गाईको मासुको...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930