Category: अष्ट्रेलिया

अष्ट्रेलियामा स्पोन्सर गरीदिने कम्पनी बीचमै बन्द हुँदा धेरैलाई पीआर समस्या

मेलबर्न । अष्ट्रेलियामा आफूले काम गर्दै गरेको र स्पोन्सर गरीदिने कम्पनी बीचमै बन्द हुनाले धेरैको पीआर सपना चकनाचुर भएको छ । भिसाको प्रकार र कामको अवधि, काम गर्दै गरेको कम्पनी बीचमै बन्द हुने कारणले गर्दा कतिपय अष्ट्रेलियाबाट नै बाहिरिनुपर्ने समस्या बढिरहेको छ । भिसा प्रोसेसमा बढाइएको अवधी संगै यो समस्या बढेको जानकारहरु बताउँछन् । यसले कामदारहरुको अष्ट्रेलिया बसाइ त चकनाचुर भएको छ नै, पैसा पनि खर्च भएको छ । त्यहि बीचमा हुने भिसा नियम परिवर्तनले अझ बढी तनाव थपिदिएको छ । चीनकी वेइ मिरा चेन विगत पांच वर्ष देखि अष्ट्रेलियामा बस्दै आएकी छिन् । उनले जुनियर सेफ पदमा ब्रिटिश...

Read More

अष्ट्रेलियामा क्षेत्रीय विश्वविद्यालय रोज्नेलाई आकर्षक छात्रवृत्ति,अध्ययनपछि वर्किङ भिसा

मेलबर्न । अष्ट्रेलियन सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई क्षेत्रीय विश्वविद्यालय र कलेजहरुमा भर्ना हुन अभिप्रेरित गर्ने योजना र नीति सार्वजनिक गरेको छ । सरकारले यसै साता सार्वजनिक गरेको नयाँ अध्यागमन नीति अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुलाई सिड्नी,मेलबर्न र क्वीन्सल्याण्ड वाहेकका राज्यमा रहेको विश्वविद्यालय र कलेजहरुमा भर्ना हुन अभिप्रेरित गर्ने कार्यक्रमहरु घोषणा गरेको हो । अन्तराष्ट्रिय विद्यार्थीहरुलाई क्षेत्रीय विश्वविद्यालय र कलेजहरुमा आकर्षित गर्न एक हजार जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । छात्रवृत्तिको मूल्य जनही १५ हजार डलर रहनेछ । क्षेत्रीय रुपमा अध्ययन गरेका विद्यार्थीहरुलाई अध्ययनपछि वर्किङ भिसामा समेत प्राथमिकता दिने सरकारले घोषणा गरेको छ । सरकारको यो घोषणापछि सिड्नी र मेलबर्न लगायतका...

Read More

साउथ अष्ट्रेलियाले सार्वजनिक गर्यो नयाँ अकुपेशन लिस्ट

एडलेड । साउथ अष्ट्रेलिया राज्य सरकारले नयाँ अकुपेशन लिस्ट सार्वजनिक गरेको छ । राज्य सरकारले स्टेट नोमिनेटेड अकुपेशन लिस्ट र सप्लीमेन्ट्री स्किल्ड लिस्टमा हेरफेर गरेको हो । लिस्टमा केही पेशा थपिएका छन् भने केही पेशा हटाइएका छन् । रिजनल स्पोन्सर्ड माइग्रेसन स्किमको लागि भने पेशाहरु यथावत छन् । स्टेट नोमिनेटेड अकुपेशन लिस्टमा थपिएका पेशाहरु Statistician Multimedia Specialist Software and Applications Programmers nec सप्लीमेन्ट्री स्किल्ड लिस्टमा थपिएका पेशाहरु Deer Farmer Goat Farmer Environmental Manager Musician (Instrumental) Statistician Economist Mining Engineer (Excluding Petroleum) Petroleum Engineer Engineering Professionals nec Chemist Food Technologist Environmental Consultant Environmental Research Scientist Environmental Scientist nec Geophysicist Hydrogeologist...

Read More

पीआर भिसा घटाउने अष्ट्रेलियन सरकारको घोषणाले नेपालीलाई असर गर्ला त ?

मेलबर्न । अष्ट्रेलियन सरकारले ३० हजार पीआर भीसा कटौति गर्ने घोषणापछि नयाँ तरंग आएको छ । बुधबार आफ्नो नयाँ जनसंख्या नीति सार्वजनिक गर्दै अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको हो । १ लाख ९० हजार प्रतिवर्ष पीआर प्रदान गर्दै आएको अष्ट्रेलियाले यो संख्यालाई १ लाख ६० हजारमा सीमित गरेको छ । अष्ट्रेलियन सरकारले पीआर भीसामा १५ प्रतिशत कटौति गर्ने घोषणालाई लिएर चौतर्फी चर्चा र विश्लेषण गर्न थालिएको छ । विशेष गरी सरकारको यो नयाँ नीति र घोषणाले अष्ट्रेलियालाई गन्तव्य बनाउन चाहने विदेशीहरुमा कस्तो प्रभाव पर्छ भन्नेबारे चासो व्यक्त गर्न थालेका छन् । अद्यागमनका विज्ञहरुले भने सरकारको यो...

Read More

BIG NEWS : ३० हजार पीआर कटौती गर्ने अष्ट्रेलियन सरकारको घोषणा

मेलबर्न । अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको छ । बुधबार आफ्नो नयाँ जनसंख्या नीति सार्वजनिक गर्दै अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको हो । १ लाख ९० हजार प्रतिवर्ष पीआर प्रदान गर्दै आएको अष्ट्रेलियाले यो संख्यालाई १ लाख ६० हजारमा सीमित गरेको छ । यद्यपि गत वर्ष १ लाख ६३ हजारले मात्रै यस्तो भिसा पाएका थिए । नयाँ नियम अन्तर्गत दक्ष कामदारको २३ हजार भिसाका लागि सिड्नी र मेलबर्न बाहेकका क्षेत्रीय ईलाकाहरुका निम्ति हुनेछ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ठूला शहर बाहेकका क्षेत्रमा गएर पढ्न उत्प्रेरित गर्ने उद्देश्यले प्रतिव्यक्ति १५ हजार डलरसम्मको छात्रवृत्ति दिने र यस्तो...

Read More