Category: अर्थ बजार

१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल

मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौँ रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ । आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ । तर कानुनले तोके पनि १० वर्षदेखि वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन् । अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले...

Read More

अब राजस्व चुहावट गरे ५ वर्षसम्म कैद र बिगो तिराइने

राजस्व चुहावट गर्नेलाई पाँच वर्षसम्म कैद र बिगो तिराइने भएको छ । प्रतिनिधिसभाले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक–२०७५’ (पहिलो संशोधन)लाई सर्वसम्मतिले पारित गरेपछि यस्तो व्यवस्था भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकलाई पारित गरियोस् भनी गरेकोे प्रस्तावलाई सो बैठकले सर्वसम्मतिबाट पारित गरेको हो ।  राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ लाई संशोधन गर्न बनेको नयाँ विधेयकले दण्ड सजायअन्तर्गत ३ करोडमाथि बिगोमा ५ वर्षसम्म कैद हुने प्रस्ताव गरेको छ । यसैगरी, ५० लाख बिगोमा ६ महिना, १ करोड बिगोमा १ वर्ष र ३ करोड बिगोमा ३ वर्ष कैद हुने प्रावधान राखेको छ । यो...

Read More

नेपालबाट १५ हजार मेगावाट किन्ने भारतको योजना

काठमाडौं । नेपालबाट १० वर्षभित्र १५ हजार मेगावाट किन्ने योजना बनाएको छिमेकी राष्ट्र भारतले यसका लागि पहलकदमी अघि बढाएको छ। छिमेकी राष्ट्र नेपाल र भुटानबाट भारतमा बिजुली ल्याउने योजना बनाएको भारत सरकारले यसका लागि पहल थालेको हो। बिहीबार नेपालसहित बंगलादेश, भुटान र भारत अर्थात् बीबीआईएन देशसँग विद्युत व्यापारका लागि गरेको छलफलमा भारतीय अधिकारीहरुले स्पष्ट रुपमा भारतले छिमेकी राष्ट्रहरुबाट बिजुली किन्न चाहेको बताउँदै यसका लागि वातावरण बनाउन आग्रह गरेका...

Read More

बस्तुभाउलाई स्याउको कुँडो

काठमाडौं । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ । बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने, ‘बारीमा आएर किलोमा कोहि किन्दैनन् ।’ लाखौँ मूल्यको स्याउ खेर जाने गरेको उनले बताए । उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको...

Read More

आयात घट्यो, निर्यातमा तुलनात्मक वृद्धि

अन्तर्राष्ट्रिय व्यापारको अधिकांश हिस्सा आयातले ओगटेको नेपालजस्तो देशको व्यापार समीकरणमा धेरैपछि परिवर्तन आएको छ अर्थात् आयातको प्रवृत्ति यस पटक घटेको छ, निर्यातमा तुलनात्मक वृद्धि देखिएको छ । खर्बौं व्यापार घाटाको भयावह स्थितिबाट गुज्रिरहेको मुलुकका लागि झट्ट पत्यार नलाग्न सक्छ, व्यापार घाटाको आयाम पनि यस पटक घटेको छ । यस पटक अर्थात् चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आयातको प्रवृत्ति घटेको हो । भन्सार विभागले सार्वजनिक गरेको साउनको तथ्याङ्कअनुसार पहिलो महिनामा नेपालले एक खर्ब १५ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । त्यसमध्ये एक खर्ब ६ अर्ब ७२ करोड रुपियाँको आयात भएको छ । यद्यपि यो मूल्य अघिल्लो आर्थिक...

Read More