विदेशबाट ४३ वटा उद्धार उडान हुदै, अस्ट्रेलियाबाट थप एक

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पाँचौपटक थप ४३ वटा उडानलाई अनुमति दिएको छ ।सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडान भदौ १ गतेदेखि सुरु भएर १५ गतेसम्म सञ्चालन हुनेछन् । यी उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउने छन् । भदौ १५ पछि सरकारले नियमित उडान सुचारु गर्ने जनाइसकेको छ । शुक्रबार सार्वजनिक गरिएको यो तालिकामा सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलायन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । त्यस्तै युरोप र अमेरिकामा अलपत्र परेका नेपालीहरुका लागि टर्किस एयरलाई अनुमति दिइएको छ ।...

Read More