Day: २९ श्रावण २०७७, बिहीबार १४:१४

ब्राजिलबाट आयात भएको कुखुराको मासुमा कोरोना भाइरस भएको चिनियाँ अधिकारीको दाबि

एजेन्सी। चिनियाँ अधिकारीहरुले ब्राजिलबाट आयातित कुखुराको मासुमा कोरोना भाइरस रहेको पुष्टि भएको बताएका छन्। उनीहरुले दक्षिणी चीनको सहरमा आयातित फ्रोजन चिकेन विङ्ग्स प्याकेजिङ्गमा कोरोना भाइरस पुष्टि भएको बताएका हुन्। बुधबार आयातित फ्रोजन खानाको स्क्रिनिंग गर्ने क्रममा उक्त चिकेन विङ्ग्सको ब्याचबाट सर्फेस स्याम्पल लिंदा कोरोना भाइरस देखिएको बताइएको छ। तर त्यसको ब्राण्ड भने खुलाइएको छैन। उक्त चिकेन विङ्ग्ससंगै राखिएका अन्य खानामा भने कोरोना परिक्षण नेगेटिभ आएको देखिएको छ। स्वास्थ्य अधिकारीहरुले खानाको प्याकेटबाट कोरोना भाइरस संक्रमण सर्ने सम्भावना अत्यन्तै न्युन रहेको बताएका छन्। उनीहरुका अनुसार, कोरोना भाइरस रहेको त्यो प्याकेटमा छोएर तुरुन्तै हात मुखमा, नाकमा , आँखामा लगेमा भने कोरोना भाइरस...

Read More

अष्ट्रेलिया र नेपालको समेत यो निराशाजनक अवस्थामा केही उल्लास भर्ने प्रयास गरेका हौँ: गान्धी भट्टराई

मेलबर्न। अष्ट्रेलियामा अनलाइन तीज नृत्य प्रतियोगिता हुनेभएको छ। गुल्मी समाज भिक्टोरीया र नेपअस क्रियुको संयुक्त आयोजना तथा एक्स्पर्ट एजुकेशनको मूख्य प्रायोजनमा अनलाइन तीज नृत्य प्रतियोगिता हुनेभएको हो।यसै कार्यक्रमको सम्बन्धमा आयोजक संस्था मध्येको एक गुल्मी समाज भिक्टोरियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईसंग गरिएको कुराकानी : अनलाइन तीज नृत्य प्रतियोगिताको अवधारणा कसरी जन्मियो ? गुल्मी समाज भिक्टोरियाले विगत केही वर्ष देखि निरन्तर रुपमा तीज विशेष कार्यक्रमहरु गर्दै आएको छ। विगतका वर्षहरुमा हामी राष्ट्रिय स्तरका कलाकारहरुलाई निम्त्याएर लाइभ प्रस्तुतिहरु सहित कार्यक्रम गर्ने गर्थ्यौं। तर कोरोना भाइरसका कारण यो वर्ष त्यस ढांचाको कार्यक्रम गर्न असमर्थ हुने भयौं। तीज विशेष कार्यक्रम भनेको केवल मनोरन्जन मात्र...

Read More

अष्ट्रेलियाको भिक्टोरिया सरकारद्वारा कोरोना परिक्षणमा दिइने सहयोग ४५० डलर बनाउने निर्णय

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया सरकारले कोरोना भाइरस संक्रमण परिक्षणमा दिइने सहयोग ४५० डलर बनाउने निर्णय गरेको छ। भिक्टोरिया सरकारले कोरोना भाइरस संक्रमणबारे परिक्षणको लागि जाँदा काम छुट्ने अवस्था रहेमा ३ सय डलर सहयोग दिने बताएको थियो । तर कामदार तथा श्रम सम्बन्धि संघसंस्थाहरुसंगको छलफल पछि सरकारले सहयोग रकम बढाएर ४५० डलर बनाउने निर्णय गरेको हो। यो सहयोग रकमको लागि हालसम्म १७ हजार भन्दा बढीले निवेदन दिएको बताइएको छ।   Please follow and like...

Read More

बिहीबारका लागि अष्ट्रेलियन डलरको दरभाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ( अगस्ट १३ ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८५ रुपैयाँ ६६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ २४ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार (साउन २९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।   Please follow and like...

Read More

हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौंँ – यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस (कोभिड–१९)ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, “हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।” मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक