Day: २७ श्रावण २०७७, मंगलवार १२:४६

अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थीको शव घर पठाउन सहयोग अपिल

एडलेड। अष्ट्रेलियाको एडलेडमा आइतबार नेपाली युवा मृत भेटिएका थिए । बिहिबार देखि हराइरहेका उनको शव भेटिए लगत्तै गरिएको पोस्टमार्टममा मृत्यु शंकास्पद नरहेको प्रहरीले जनाएको छ। ती नेपाली युवा अमृत घिमिरेको शव नेपाल पठाउनको लागि उनका साथीहरु र एनआरएनए साउथ अष्ट्रेलियाले पहल गरिरहेका छन्। यसको लागि सामाजिक संजालमा आर्थिक सहयोग संकलन अभियान चलाइएको छ। एनआरएनए साउथ अष्ट्रेलियाले संकलित रकमबाट शव नेपाल पठाउनको लागि १० हजार देखि १५ हजार डलर लाग्न सक्ने र रकम त्यसभन्दा माथि उठेमा उनको परिवारलाई हस्तान्तरण गरिने जनाएको छ। विस्तृत जानकारी तथा सहयोगको लागि : https://www.facebook.com/donate/3401968056533960/ Please follow and like...

Read More

आज श्रीकृष्ण जन्माष्टमी

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । द्वापरयुगमा माता देवकी र पिता वसुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म हुँदा बन्दीगृहका पहरेदार मोहित भई कारागार खुलेको हुँदा यस रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा...

Read More

Cake To Nepal

फेसबुक