अष्ट्रेलियाको चार्टर्ड उडानको जिम्मा सिंगापुर एयरलाइन्सलाई, खोसियो एनएसीको व्यापार

काठमाडौं । अष्ट्रेलियाबाट नेपालीको उद्धार गर्दै आएको नेपाल वायुसेवा निगम ९एनएसी० को ‘व्यापार’ खोसिएको छ । अष्ट्रेलियास्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघले तेस्रो चार्टर्ड उडानको जिम्मा सिंगापुर एयरलाइन्सलाई दिएको हो । यसअघि दुई उडानमार्फत् निगमले ५३० जना नेपालीलाई नेपाल ल्याएकोे थियो । तेस्रो फ्लाइट भने सिंगापुर एयरलाइन्सको विमानमार्फत् मंगलबार हुनेछ । सो फ्लाइटमा १५३ जना नेपाल फर्किनेछन् । सो उडानका लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ । अष्ट्रेलियाबाट थप ६०० नेपालीहरु आउन चाहेकोमा नेपाल सरकारले स्वीकृति दिएसँगै उनीहरुलाई क्रमशः उद्धार गर्दै जाने अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ । कसरी खोसियो निगमको व्यापार ? पहिलो र दोस्रो लटमा नेपाल...

Read More