Day: २३ असार २०७७, मंगलवार १४:०९

अष्ट्रेलियावासी कपिल सापकोटाको प्रश्न, ” शिक्षित मानिस देख्छु यहाँ, दिमाग सबै सैतान ? “

मेलबर्न। शिक्षित मानिसहरु बढ्दै गएतापनि मानवता भने समाजमा घट्दै गएको देखिन्छ। त्यस्तै, मन्दिरमा भगवान पुज्छन् , चारधाम धाउँछन् तर हिंसा र ठगीमा फेरी किन मानिसहरु अगाडी बढ्छन् ? पुण्य कमाउने, धर्मको रक्षा गर्ने नाममा मानिसहरु काटमारमा उत्रिरहेका छन्। बेला बेलामा भगवानको नाम लिएपछि सबै किसिमका हिंसाको लागि छुट हुन्छ ? यस्तै आशयका प्रश्नहरु सहित अष्ट्रेलियावासी नेपाली विद्यार्थीहरु कपिल सापकोटा र कपिल योगीको नयाँ म्युजिक भिडियो ‘भगवान कहाँ छौ ? ” सार्वजनिक भएको छ। उक्य म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले युट्युब मार्फत सार्वजनिक गरेको हो। Please follow and like...

Read More

अमेरिकामा युनिभर्सिटीले अनलाइन कोर्स मात्र संचालन गर्ने भएमा अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द हुने

एजेन्सी। अमेरिकामा अध्ययनरत अधिकतम अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिसा रद्द हुने सम्भावना रहेको छ। युनिभर्सिटीले अब अनलाइन कोर्स मात्र संचालन गर्ने भएमा विद्यार्थीको भिसा रद्द हुने सम्भावना रहेको भनि इमिग्रेसन विभागले सोमबार घोषणा गरेपछि अधिकतम विद्यार्थीमा अन्योलता छाएको बताइएको छ। कोरोना भाइरस महामारीको प्रभावका कारण धेरै युनिभर्सिटीले अनलाइन कोर्स मात्र संचालन गर्ने योजना ल्याएका छन्। युनिभर्सिटीहरुको योजना र सरकारको यस घोषणाले गर्दा विशेषगरी युनिभर्सिटी प्रोग्राम तथा ट्रेनिंग , भोकेसनल स्टडी गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु मारमा पर्नेछन्। विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् > > cnn.com/2020/07/06/politics/international-college-students Please follow and like...

Read More

अष्ट्रेलियाको मेलबर्नमा बुधबारदेखि ६ हप्ताको लागि लकडाउन

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा फेरी लकडाउन हुनेभएको छ। भिक्टोरियामा कोरोना भाइरस संक्रमितको संख्यामा पुन: वृद्धि हुन थालेपछि मेलबर्नमा ६ हप्ताको लागि लकडाउन हुनेभएको हो। मंगलबार मात्र भिक्टोरियामा १ सय ९१ संक्रमित फेला परेका छन्। बुधबार देखी लागु हुने लकडाउनमा मेलबर्नवासी खाना तथा अत्यावश्यक सामग्री किनमेल र काम तथा पढाइको लागि मात्र घर बाहिर निस्कन पाउनेछन्। लकडाउन अवधिभर सलुन, ब्युटी पार्लर, जिम लगायत व्यवसायहरु बन्द रहने तथा क्याफे, रेष्टुरेन्टमा टेक अवे मात्र खुल्ला रहने बताइएको छ। Please follow and like...

Read More

कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिने अनुमान

संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’को अनुमान छ। कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिनेछन्। यसले दिगो विकास लक्ष्य हासिल गर्न ठूलो बाधा पर्ने आकलन विश्व बैंकले गरेको छ। बैंकले एक महिनाअघि जारी गरेको प्रतिवेदनले विश्व अर्थतन्त्र ५.२ प्रतिशत खुम्चिने उल्लेख गरेको थियो। सोही प्रतिवेदनले खराब अवस्थामा विश्व अर्थतन्त्रको गिरावट ८ प्रतिशतसम्म पुग्न सक्ने आकलन गरेको छ। अमेरिकी कंग्रेसको नीति अनुसन्धान संस्था कंग्रेसनल रिसर्च सर्भिसले...

Read More

राजदूत दाहालले अनलाइनबाटै बुझाए ओहोदाको प्रमाणपत्र

२३ असार  ,तास्मानिया न्युजिल्यान्ड्का लागि नेपालका गैरआवासीय राजदूत महेशराज दाहालले आफ्नो ओहोदाको प्रमाणपत्र गभर्नर जनरल पाट्सी रेडीसमक्ष बुझाएका छन् । वेलिङ्टनस्थित सरकारी निवासमा आयोजित विशेष समारोहमा राजदूत दाहालले ओहदाको प्रमाणपत्र बुझाएको न्युजिल्यान्डका गभर्नर जनरलको कार्यालयका इङेज्मेन्ट तथा कम्युनिकेसनसम्बन्धी सल्लाहकार कली मार्टिनले अनलाइनखबरलाई बताइन् । न्युजिल्यान्डका गभर्नरको कार्यालयले उपलब्ध गराएका तस्वीरहरूमा गभर्नर रेडीको अगाडि तयार गरिएको भर्चुअल मञ्चभित्र राजदूत दाहाल उभिएका छन् र लिखित मन्तव्य सुनाइरहेका छन् । अस्ट्रेलियाको क्यान्बेरास्थित नेपाली राजदूतको कार्यालयले जारी गरेको वक्तव्यमा राजदूत दाहालले कोरोना भाइरसका कारण सिर्जित कठिन परिस्थितिका बाबजुत पनि वैज्ञानिक तरिकाले ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम तय गरेकोमा आभार व्यक्त गरेको जनाइएको छ ।...

Read More
  • 1
  • 2