Day: १५ असार २०७७, सोमबार १२:४१

अष्ट्रेलियामा चक्कु देखाएर लुटेरालाई धपाएकी नेपाली युवतीको मिडियामा चर्चा

सिड्नी। अष्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन्। लुट्न आएको लुटेरालाई चक्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो। न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई डर देखाउंदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने चक्कु देखाउंदै लुटेरालाई नै भगाइदिइन्। स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चित्रित गर्दै घटनाको बारेमा समाचार प्रकाशन गरेका छन्। 7 News ले बनाएको भिडियो समाचार : Young Auburn shop assistant stands her ground against would-be thief A young Auburn shop assistant is being praised for her bravery after grabbing a knife and chasing a...

Read More

नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति गर्दैन : विज्ञ

काठमाडौं – अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक अरू खासै क्षति गरेको छैन । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो । अब पनि क्षति गर्ने सम्भावना छैन ।’’ भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर...

Read More

घरभित्र थुनियो पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग

काठमाडौं – पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग। थुनिएको शिवलिंग यति महत्त्ववशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्। तिनै एकादशरुद्रमध्ये कम्तीमा दुइटा शिवलिंग व्यक्तिका घरभित्र थुनिएका छन्। अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ। पशुपतिको मूल मन्दिरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढंगले थुनिएको छ मूलभट्टलाई शपथ खुवाउने शिवलिंग। वर्षौं...

Read More