Day: १० असार २०७७, बुधबार ०५:२१

८५ वर्षीय वृद्ध ठगी गरेको आरोपमा दुईजना नेपाली सिड्नीमा पक्राउ

असार १० सिड्नी अनलाइनबाट ठगी गरेको आरोपमा दुईजना नेपालीलाई सिड्नीमा प्रहरीले पक्राउ गरेको छ। एकजना युवती र एक युवक प्रहरीको फन्दामा परेका हुन्।  उनीहरुलाई वृद्ध अष्ट्रेलियनसँग टेलिफोन सम्पर्क गरी ठगी गरेको आरोपमा हिरासतमा लिइएको हो। न्यू साउथ वेल्स प्रहरीका अनुसार गत जुन १९ शुक्रवार ८५ वर्षीय महिलाले आफु ठगीमा परेको उजुरी गरेकी थिइन्। त्यही उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।  ठगीमा संलग्नले बैंकको प्रतिनिधि बनेर ती महिलालाई टेलिफोन गरेर उनको बैंक खातामा समस्या आएकाले नयाँ खोल्नुपर्ने सुझाएको विज्ञप्तीमा उल्लेख छ। नयाँ खातामा जम्मा गर्न ३ हजार डलर दिनुपर्ने भन्दै उनीहरु दुवैले ती महिलालाई विश्‍वासमा लिएका थिए। उनीहरु दुवै पैसा...

Read More

काठमाडौँ भित्रनेलाई १४ दिन होम क्वारेन्टिन अनिवार्य

तपाईं सरकारले तोको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौँ आउनुभएको हो ? वा त्यस किसिमको प्रक्रिया पुर्याएर आउने तयारीमा हुनुहुन्छ ? यसरी आउँदा पनि अब तपाईंले १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार गृहमन्त्रालयले उपत्यकाबाट काठमाडौँ आएर कोरोना परीक्षणको लागि टेकुस्थित प्रयोगशालामा पुग्नेको भीड बढेपछि बाहिरबाट आएका तथा आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न र लक्षण देखिएमात्र अस्पताल आउन भनेको छ । गृहमन्त्रालयले यो व्यवस्था गराउन भन्दै मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ । पत्रमा नियमानुसार आवश्यक कारवाही गर्न पनि आदेश दिइएको छ...

Read More