Day: ८ असार २०७७, सोमबार ०५:२६

नेपालमा अबको ५५ दिनमा ४० हजार संक्रमित पुग्ने आँकलन

काठमाडौं – नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् । संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ...

Read More

काठमाडौँ बसेर घरमा कुकुर पाल्न अब अनुमति लिनुपर्ने

काठमाडौं – राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहो¥याउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् । घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको छ । त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको छ । महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुुकुुर पाल्न पाइने छैन । महानगरपालिकामा...

Read More

अष्ट्रेलियाबाट नेपाली भोलि नेपाल आउदै ,२ सय ५७ जनाले गरे टिकट बुकिङ्ग

असार ८ ,काठमांडौ  कोरोनाका कारण अष्ट्रेलियामा अड्किएका नेपालीको सिड्नीबाट हुन लागेको चार्टर उडानको सबै टिकट बिक्री भएको छ । मंगलबार जुन २३ तारिखमा नेपाल एयर लाइन्सको विमानले सिड्नीबाट दिउसो १ बजे काठमाडौका लागि उडान गर्दैछ । ऐतिहासिक उडानमा नेपाल फर्कनका लागि २ सय ५७ जनाले टिकट काटिसकेका छन् । उनीहरुले नेपाल सरकारको नियम अनुसार कोरोना नलागेको प्रमाणपत्र पिसिआर परिक्षण समेत गरेका छन् । मेलवर्नबाट आगामी जुन २७ तारिखमा दोस्रो उडान हुदैछ । त्यसका लागि टिकट काट्ने सोमबार आजअन्तिम दिन हो । यो उडानबाट पनि २ सय ५७ जना यात्रा गर्नेछन् । अधिकांश टिकट अग्रिम बुकिङ भइसकेकाले यो उडान पनि...

Read More