Day: ७ असार २०७७, आईतवार ०९:१५

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको भावना समेटिएको म्युजिक भिडियो : दु:ख

मेलबर्न। अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको भावना समेटिएको म्युजिक भिडियो ‘दु:ख’ सार्वजनिक भएको छ। अष्ट्रेलियाबाट नेपाली कला, संगीतको क्षेत्रमा काम गरिरहेको बाबा फिल्म्स प्रोडक्सनले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो। म्युजिक भिडियोमा नेपाली विद्यार्थीहरुले नेपाल छोड्ने समयको भावना र आशा देखि लिएर अष्ट्रेलियाको संघर्ष, विद्यार्थीको मोदशा लगायत पक्षहरुलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। अंकित जंग क्षेत्रीको शब्द तथा स्वर रहेको गीतको म्युजिक भिडियोमा विदुर त्रिपाठीले अभिनय गरेका छन्। दु:ख म्युजिक भिडियोमा संजय सेन्चुरीको निर्देशन, छायांकन तथा सम्पादन रहेको...

Read More

पोर्चुगलमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदै बाग्लुङे युवा सापकोटा

७ असार ,लिस्बन  विश्वमा इटालेली खानाका लागि बीसौँ नम्बरभित्र पर्ने पोर्चुगलका नेपाली सेफ टङ्क सापकोटाले एक आठ हजार जनालाई आठ हजार पिज्जा निःशुल्क खुवाउने अभियान शुरु गर्नुभएको छ । ‘एक्लैले संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ’ भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितका लागि टोली नै लिएर सापकोटा एक महिनाभित्र पिज्जा खुवाउन मैदानमा उत्रनुभएको हो । अभियान असार २ गतेदेखि शुरु भइसकेको छ । इटालेली पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफका रूपमा उहाँ धेरै पटक सम्मानित भइसक्नुभएको छ । बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउनुभएका ४५ वर्षीय सापकोटा विभिन्न सेवामूलक काम...

Read More

दश महिनामा २८ करोडको बेसार आयात

आइतवार,असार ७, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको ‘बेसार सेवन गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ र कोरोनाको संक्रमणबाट बचिन्छ’ भन्ने अभिव्यक्तिको मुलुकमा चर्चा भइरहँदा बेसार उत्पादनमा समेत मुलुक आत्मनिर्भर बन्न नसकेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामा नेपालले २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । स्थानीय उत्पादनले बजारमा माग धान्न नसकेपछि २८ करोड रुपैयाँ बराबरको बेसारजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार आयात भएको हो । यस्तै,...

Read More

आज खण्डग्रास सूर्यग्रहण लाग्दै कुन राशिले हेर्न मिल्ने कुन राशिले नमिल्ने ?

७ असार काठमाडौं आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले जानकारी दिए ।शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।...

Read More