Day: ४ असार २०७७, बिहीबार १५:३७

सिड्नीमा रहेको एभरेष्ट ट्राभल भन्छ : नेपाल एयरलाइन्सले तोकेको रकम भन्दा पाँच सय डलर सस्तोमा नेपाल लैजान्छौ

काठमांडौ, असार ४ अष्ट्रेलियामा आपतविपतमा परेका र स्वदेश फर्कन चाहनेका लागि चार्टर्ड उडान तय भएको छ। जुन २३ अर्थात असार ९ गतेका दिन सिड्नीबाट पहिलो चार्टर्ड विमान दिनको एक बजे काठमाडौंको लागि उडान भर्ने भएको छ। यसका लागि सबै तयारी पुरा भइसकेको दूतावासले जानकारी दिएको छ। करिब १३ सय नेपालीले स्वदेश फर्काउन माग गर्दै दूतावासमा आवेदन दिएका थिए। अति आपत–विपतमा परेका र आवश्यकता हेरेर पहिलो विमानमा नेपाल फर्कनेको नामावली प्रकाशन गरिसकेको तथा दोस्रोका लागि पनि तयारी भैसकेको अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालले बताए।  दोस्रो चार्टर्ड उडान भने अष्ट्रेलियाको मेलवर्नबाट जुन २७ तारिख अर्थात असार १३ गते काठमाडौंका लागि...

Read More

विद्यार्थीलाई राहत बाड्ने विषयमा अष्ट्रेलियामा विवाद ??

असार ४ , कुइन्सल्याण्ड कोरोनाबाट प्रभावित विद्यार्थीलाई कसले राहत बाड्ने भन्ने विवाद लम्बिदा कुइन्सल्याण्ड राज्यका दुइ नेपाली संस्थाबिच पानी बाराबारको स्थिती सृजना भएको छ ।गैर आवासिय नेपाली संघ एनआरएन कुइन्सल्याण्ड र कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिका अध्यक्षबिच विवाद लम्बिदा सामाजिक कार्यहरु नै तीन महिनादेखि अलपत्र पर्न थालेका छन् । तीन महिनाअघि राहत बाड्ने विषयमा भएको जुम मिटिङका क्रममा क्युएनसिसिका अध्यक्ष हरि खड्काले एनआरएनए कुइन्सल्याण्डका अध्यक्ष उमेश खड्कालाई व्यक्तिगत रुपमै गालीगौलज गर्ने र विभिन्न आरोपहरु लगाएपछि विवाद सुरु भएको थियो । एनआरएनए कुइन्सल्याण्ड, क्युएनसिसि, एनएक्युका प्रतिनिधी र मोहन राई लगायत सात जनाको जुम मिटिङमा आफुमाथी निकै तल्लो स्तरको आरोप लगाउदै र तँतँ मम...

Read More