Day: २ असार २०७७, मंगलवार १३:३२

अष्ट्रेलियाबाट नेपाल फर्कने अब जुन २३ र २६ तारिखमा

असार २,काठमाडौ अष्ट्रेलियाबाट नेपाल जाने उडान तय भएको छ । पछिल्लो पटक घोषणा भएको मितिमा उडान संभव नहुने भएपछि नयाँ उडान मिति तय गरिएको हो । अब जुन २३ र २६ तारिखमा अष्ट्रेलियाबाट दुई चार्टर विमान नेपाल उड्नेछन् । जुन १७ मा हुने भनिएको पहिलो उडान विभिन्न प्राविधिक कारणहरुले सम्भव नभएकोले नयाँ मितिहरु तय गरिएको दूतावासले जनाएको छ । नेपाल वायुसेवा निगमको पहिलो चार्टर उडान जुन २३ मा सिड्नीबाट हुनेछ । भने दोस्रो उडान २६ जुनमा मेलवर्नबाट हुने दूतावासले जनाएको छ । नेपाली विमानले आउने बेला काठमाडौबाट सिधै सिड्नी र मेलवर्नमा उडान भर्नेछ भने फर्कनेबेला चाहि मलेसियाको क्वाललम्पुरमा ट्रान्जिट...

Read More

नयाँ नक्साले संबैधानिक मान्यता पाएकोमा एनआरएनए अस्ट्रेलियाको स्वागत

अस्ट्रेलिया । गैह्र आवासीय नेपाली संघ अस्ट्रेलियाले सर्वदलीय सहमतिबाट नेपालको संविधानको दोश्रो संशोधन विधेयक पारित भएकोमा आभार प्रकट गरेको छ । नेपालको सुदुर पश्चिमस्थित कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापनीमा नेपालको हक स्थापित गराउने गरि भएको संविधान संशोधन प्रक्रियामा जुटेको सर्वदलीय सहमतिले देशभक्ति बढाएको भन्दै एनआरएनए अस्ट्रेलियाले स्वागत गरेको हो । अबका दिनमा सरकारले कुटनीतिक माध्यमबाट भारतसँग समस्या समाधानको पहल गर्नुपर्ने सुझाब दिएको एनआरएनए अस्ट्रेलियाले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा अतिक्रमित भूमिमाथी नेपालले छिट्टै आफ्नो उपभोग गर्न पाउने विश्वास व्यक्त गरेको छ । नेपालको कुटनीतिक पहल र वर्ताको सफलताको कामना समेत एनआरएनए अस्ट्रेलियाले गरेको छ...

Read More

एन्जाको सल्लाहकारमा थापा,पौडेल र धिताल

२ असार,अष्ट्रेलिया अष्ट्रेलियाका नेपाली पत्रकारहरुको संगठन अस्ट्रेलियन नेप्लीज जर्नलीष्ट एशोसिएसनले आफ्नो कार्यसमितीलाई पुर्णता दिने क्रममा एक कानुनी सल्लाहकार सहित तीन सल्लाहकार, पब्लीक अफीसर र प्रवक्ता नियुक्त गरेको छ । अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाको आइतबार बसेको बैठकले अग्रज कानुन व्यवसायी सम्शेरसिंह थापालाई कानुनी सल्लाहकारमा र पत्रकारितामा लामो समय योगदान गरेका दुइ पत्रकार डाक्टर भरतराज पौडेल, मनऋषी धिताललाई सल्लाहकारमा नियुक्त गरेको हो । एन्जा कार्यसमितिको दा्स्रो बैठकले तीनै जना सल्लाहकारलाई सर्वसम्मतिले नियुक्त गरेको एन्जाका अध्यक्ष हेमन्त काफ्लेले जानकारी दिनुभयो । त्यस्तै एन्जाले पब्लिक अफिसरमा साउथ एसियन डट कमका सम्पादक राम खत्री र प्रवक्तामा सरल गुरुङलाई नियुक्त गरेको छ । गुरुङ...

Read More