Day: ३२ जेष्ठ २०७७, आईतवार १५:००

कलेज र युनिभर्सिटीले बाडेको छात्रवृत्ति लिन ब्रिजवेनमा शैक्षिक मेलाको आयोजना

काठमाडौं, जेठ ३२  कोरोनाको महामारीका बेला अष्ट्रेलियाका प्राय सबै कलेज र विश्वविद्यालयहरुले विद्यार्थीका लागि राहत र छात्रवृत्ति घोषणा गरेका छन् । समयमै आवश्यक जानकारी नपाउदा धेरै विद्यार्थी त्यस्ता छात्रवृत्तिबाट बञ्चित समेत हुने गरेका छन् । विद्यार्थीलाई समयमै सहुलियत र छात्रवृतिबारे जानकारी दिन ब्रिजवेनको शैक्षिक परामर्श दाता ईम्पाएर ईन्टरनेशनल एजुकेशन एण्ड भिषा सर्भिसेसले एक दिने शैक्षिक मेलाको आयोजना गरेको छ । मेलामा अष्ट्रेलियाका सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी (सिक्युयु), युनिभर्सिटी अफ साउदन क्युन्सल्याण्ड अष्ट्रेलिया(युएसक्यु), युनिभर्सिटी अफ दि सनसाईनकोष्ट, चाल्स स्टाउट यनिर्भसिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, फेडेरेसन युनिभर्सिटी, जेम्स कुक युनिर्भसिटी र होम्स ईष्टिच्युट जस्ता २५ शैक्षिक संस्थाका प्रतिनिधीले विद्यार्थीलाई आवश्यक जानकारी दिने आयोजकले...

Read More

क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक बलात्कार !

३२ जेठ धनगढी । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।’ के भएको थियो घटना ? पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् ।...

Read More

अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको  बान्द्रास्थित  आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ३४ वर्षीय राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे। उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि एउटा भवनको १४ औं तल्लाबाट खसेर मृत्यु भएको थियो । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी...

Read More

अष्ट्रेलियाबाट फर्कनेलाई स्वदेश यात्रा खर्चिलो, हवाईभाडा ३० देशमध्ये सबैभन्दा धेरै

३२ जेठ, काठमाडौं पछिल्लो समय नेपाल सरकारले चार्टड विमानमार्फत विभिन्न देशबाट नेपालीहरुलाई उद्धारकार्य गरिराखेको छ । अष्ट्रेलियामा सयौँको संख्यामा नेपालीहरु रहेका छन् जो नेपाल फर्कन चाहन्छन् । तर उनिहरुको लागि स्वदेश यात्रा खर्चिलो हुने भएको छ । सरकारले उद्धार गर्न लागेको ३० देश मध्ये प्रमुख श्रम गन्तव्य साउदी,कुवेत मलेसिया लगायतका देशबाट आउने नेपालीहरूका लागि हवाई भाडा दोस्रो पटक घटाएको छ । तर अन्य देशको भने यथावत नै रहेको छ । पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपाली स्वदेश फिर्ता हुँदैछन् । नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७’ अनुसार यही असार ३ गते बुधबार पहिलो...

Read More

नेकपा सचिवालय बैठक ४ बजे, एमसिसीबारे छलफल हुने

३२ जेठ,काठमाडौं एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा आज ४ बजे बैठक बस्न लागेको नेकपा महासचिव विष्णु पौडेलले सेतोपाटीलाई बताए। आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ।नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए। कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिएको थियो।परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्।सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको...

Read More
  • 1
  • 2