Day: ३१ जेष्ठ २०७७, शनिबार ०९:३६

संविधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

जेठ ३१ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची–३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि सरकारले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । काँग्रेस संसदीय दलको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा मतदान गर्न काँग्रेसका...

Read More

आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने जनस्वास्थ्यविज्ञहरूको चेतावनी

काठमाडौं – सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना संक्रमण फैलन सक्ने भयसमेत बढ्न थालेको भन्दै विज्ञहरूले प्रदर्शन रोक्न र त्यस्ता प्रदर्शनमा नजानसमेत सुझाव दिएका छन् । उनीहरूले लगातारको प्रदर्शनले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले आन्दोलनको मोडालिटी परिवर्तन गर्नसमेत आन्दोलनमा उत्रिएका नागरिकलाई सुझाव दिएका छन्...

Read More

लिम्पियाधुरासहितको निशान छापका लागि दर्ता संविधान संशोधन विधेयक आज पारित हुने

काठमाडौं – सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित हुने भएको छ । यो ऐतिहासिक निर्णयसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ । शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र दफावार छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय...

Read More

सरकारद्वारा कोरोना नियन्त्रण खर्चको विवरण सार्वजनिक

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारन्टिनमा रहेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार...

Read More

अष्ट्रेलियामा हुण्डी कारोवारी र ठगहरुलाई खोजीखोजी कारबाही गर्दै :राजदूतावास

अस्ट्रेलिया । पैसा सटही, पठाउने तथा लेनदेनका नाममा अस्ट्रेलियाका नेपाली समुदायमाथी ठगी गर्नेहरुलाई कारबाही हुने भएको छ । नेपालका लागि अस्ट्रेलियन राजदूतावासले उजूरीकर्ता, कानुन व्यवसायी तथा सरोकारवालासँग छलफलगरेर सापटी लगायतको आर्थिक कारोबारका नाममा ठगीमा संलग्नहरुको खोजीलाई तिब्रता दिएर कारबाही गर्ने जानकारी दिएको हो । दूतावासले विभिन्न वहानामा ठगी कार्यमा संलग्न व्यक्तिहरुलाई सचेत गराउँदै पीडितहरुलाई तिर्न बाँकी रकम तत्काल बुझाउन भनेको छ । ठगी तथा हुण्डी कारोबारी बिरुद्ध कडा कारबाहीका लागि नेपाल र अस्ट्रेलियाका सम्बन्धित निकायहरुमा सिफारि गर्ने निर्णय गरेको दुतावासले ठगीमा पर्नेहरुलाई उजूरी दिई ठगहरुलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्न आह्वान समेत गरेको छ । नेपाल राष्ट्र बैंकका सम्पत्ति...

Read More
  • 1
  • 2