Day: २७ जेष्ठ २०७७, मंगलवार १६:१४

भरतपुर कोरोना अस्पताल चोरी प्रकरणः तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

चितवन,जेठ २७- भरतपुुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ । महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन् । अस्पतालमा भएको चोरीका विषयमा निष्पक्ष छानबिन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए । कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फूटेज बाहिरिएपछि उनीहरुमाथि कारवाहीको माग जनप्रतिनिधिले गर्दै आएका थिए । फूटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । आफूहरुको माग सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिका...

Read More

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ हजार नाघ्यो

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ तथ्यांकमा काेराेना – नेपाल पीसीआर१०६३३१ आरडीटी१६६१५८ आइसोलेसनमा३४८७ संक्रमित४०८५ निको भएको५८४ मृत्यु१५ क्वारेन्टिनमा१७०७३२ अपडेटः २०७७ जेठ २७ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना संक्रमणबाट थप एकको मृत्यु मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार कोरोना संक्रमणबाट थप एकको मृत्यु  भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत ६८ वर्षीय पुरूषको...

Read More

अष्ट्रेलियाबाट उद्धार गर्नुपर्ने १३ सय नेपाली, ११ जना बोकेर फर्कियो विमान

सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर मंगलबार राति १० बजे अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्स काठमाडौं ओर्लिँदैछ । विमानको २६० भन्दा बढी सिट खाली छन् । यसअघि नेपाल एयरलाइन्स दुई पटक अष्ट्रेलियामा पुगेर रित्तै फर्किएको थियो । यसपटक सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार सुरु गरिसकेकाले अष्ट्रेलियाबाट एकतर्फी भाडा तिरेर नै नेपाली फर्काउने अपेक्षा गरिएको थियो । अष्ट्रेलियास्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने र समस्यामा परेका नेपालीले हवाई भाडा तिर्नुपर्ने भन्दै सूचना निकालिसकेको थियो । तर, सोमबार अष्ट्रेलिया गएको विमानमा ११ जना मात्रै नेपाली फर्किन पाए । उनीहरुलाई प्राथमिकतामा...

Read More

एक युबाले ४ साथिको हत्यादेखी ,विदेशबाट तत्काल उद्धार गर्नुपर्नेको सूची र कोरोनाको कहरसम्म

विदेशबाट तत्काल उद्धार गर्नुपर्ने २४ हजारको सूची सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सूची बनाएको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १ सय ४८ रहेको छ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई बुझाएको विवरणअनुसार भारत बाहेक ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक रहेका छन् । सबैभन्दा कम लाओसमा २ जना छन् भने सबैभन्दा बढी मलेसियामा साढे ६ हजार रहेका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलिया जस्ता देशबाट नेपाली नागरिकलाई तत्कालै उद्दार...

Read More