Day: २६ जेष्ठ २०७७, सोमबार १३:५२

थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

 नेपालमा सोमबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। सोमबार देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ९४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो भने अन्य महिला छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ६, सुनसरीका १ र मोरङका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै कोशी अस्पतालको प्रयोगशालामा झापका ३, सप्तरीका ६, पाँचथर स्थायी ठेगाना भई मोरङमा रहेका १ जना, र...

Read More

अष्ट्रेलियामा कोरोनाका कारण ८२ प्रतिशत अस्थायी भिसा होल्डरको रोजगारीमा असर

मेलबर्न। अष्ट्रेलियामा कोरोना भाइरसका कारण विद्यार्थी लगायत अस्थायी भिसा होल्डरहरुको रोजगारीमा असर परेको छ। सेटलमेन्ट सर्भिस इन्टरनेशनलले गरेको सर्वेक्षणमा ८२ प्रतिशत अस्थायी भिसा होल्डरहरुले जागिर गुमाएका छन् या कामको अवधि घटेको छ। ब्रिजिंग भिसा भएकाहरु र शरणार्थीहरुलाई अझ बढी असर परेको छ। त्यस्तै, दुई मिलियन भिसा होल्डरहरुले अष्ट्रेलियन सरकारको तर्फबाट राहत या लाभ पाउन सकेनन्। विस्तृत समाचारको लागि क्लिक गर्नुहोस् :...

Read More

अष्ट्रेलियाको नागरिकताको लागि अन्तर्वार्ता, सार्वजनिक समारोह अब सुचारु हुने

मेलबर्न। कोरोना भाइरस प्रभावका कारण अष्ट्रेलियाको नागरिकता सम्बन्धि परिक्षा, अन्तर्वार्ता र सार्वजनिक समारोहमा असर पुगेको थियो। नागरिकताको लागि गरिने समारोह अनलाइन मार्फत गरिएको थियो। तर इमिग्रेसनले अब नागरिकता सम्बन्धि यी कार्य सुचारु हुने बताएको छ। कार्यवाहक इमिग्रेसन मन्त्री ऐलन टजले नागरिकता प्रक्रिया अगाडी बढाउनको लागि सरकार नागरिकता सम्बन्धि परिक्षा र अन्तर्वार्ता छिट्टै सुचारु गर्ने प्रयासमा रहेको बताएका छन्। त्यस्तै, नागरिकता समारोह अब काउन्सिलले सार्वजनिक रुपमा गर्न सक्ने समेत उनले जानकारी दिएका छन्। सम्बन्धित राज्यको सामाजिक दूरी नियमको पालना गर्दै काउन्सिलले सार्वजनिक समारोह गर्न सक्ने भएका...

Read More

विदेशबाट आएका नेपाली बस्ने क्वारेन्टिनका लागि ४३ वटा होटलको सूची सार्वजनिक

काठमाडौं – सरकारले विदेशबाट नेपाल आएका नेपालीले आफ्नै खर्चमा बस्नका लागि पहिलो चरणमा उपत्यकामा ४३ वटा होटलको सूची सार्वजनिक गरेको छ । होटल सङ्घ नेपालले सरकारलाई बुझाएको होटलको विवरणअनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चारतारेदेखि पर्यटकीयस्तरका होटलको सूची सार्वजनिक गरेको हो । सरकारले गत शुक्रबारदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन थालेको छ । स्वदेश आएकालाई प्रदेश र स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको छ भने त्यसबापत खाना र बस्नका लागि खर्च व्यक्तिले नै बेहोर्नु पर्दैन तर उक्त क्वारेन्टिनमा बस्न नचाहने तथा नेपाल आएर आफैँ खर्च गरेर क्वारेन्टिनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय यसअघि गरिसकेको छ । चारतारे होटलको...

Read More

आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी(लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ । गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो । सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो । गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको छैन, सङ्क्रमण बढ्न सक्छ भने । काठमाडौँ उपत्यकाको सडकमा यातायातका सवारी साधनको बाक्लो चाप...

Read More
  • 1
  • 2