Day: २२ जेष्ठ २०७७, बिहीबार ०४:३८

सर्वसाधारण समस्यामा पर्न थालेपछि लकडाउन खुकुलो बनाउने तयारीमा सरकार

काठमाडौं – लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै आएपछि पछिल्लो दिनमा सर्वसाधारण समस्यामा पर्न थालेका छन् । जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको हो । त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले लकडाउनको विकल्पबारे राय लिएका थिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस...

Read More

इटलीबाहेक सबै छिमेकी देश सँगका सीमा आजदेखि खुला गर्दै अस्ट्रिया

अस्ट्रियाले आज (बिहीबार) इटलीबाहेक अन्य सबै छिमेकी मुलुक सँगका सीमा नाका खुला गर्ने भएको छ।कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बन्द गरिएका सीमा नाका आजदेखि अस्ट्रियाले खुला गर्ने भएको हो।अस्ट्रियोको यो घोषणा जर्मनीले युरोपियन संघका सदस्य राष्ट्रसँगका सीमा नाका जुन १५ देखि खुला गर्ने निर्णय गरेपछि आएको हो। तर इटलीसँगको सीमा नाका भने अझै खुला नगर्ने अस्ट्रिया सरकारले जनाएको छ। अस्ट्रियाका विदेशमन्त्री भन्छन्, ‘इटलीमा अहिले पनि कोरोना संक्रमित थपिइरहेका छन्, त्यसकारण त्यहाँबाट यात्रा गर्न मिल्दैन। तर इटलीसँगको सीमा पनि हामी चाँडै खोल्ने पक्षमा छौं।’ इटली विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित देशको सूचीमा छैठौं स्थानमा...

Read More

गण्डकी प्रदेशमा एकै दिन १६ जना काेराेना संक्रमित भेटिए

काठमाडाैं- गण्डकी प्रदेशमा एकै दिन १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ । संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् । यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका २१ र २१ का २ जना पुरुष...

Read More

अष्ट्रेलियामा आर्थिक मन्दी हुदा नोपलीलाई कस्तो असर गर्छ ?

काठमाडौं , जेठ २२ केहि समय अगाढी लागेको बिनाशकारी डढेलको कारण अर्थतन्त्र कमजोर बनेको थियो भने लगत्तै कोरोना भाइरसको कारण उद्योगधन्दा बन्द हुदा र लकडाउनको कारण अष्ट्रेलियामा २९ बर्ष यताकै मन्दीको मारमा परेको छ ।अष्ट्रेलियाका संघीय अर्थमन्त्री जोश फ्राइडेनबर्गले देश आर्थिक मन्दीमा गएको घोषणा गर्दै देश गहिरो आर्थिक शंकटमा पुगेको बताएका छन् । उनले मार्च त्रैमासीको आर्थिक बृद्धिदर मात्र ० दशमलब ३ प्रतिशत मात्र भएको बताएका छन् । अबको जनु त्रैमासीकामा पनि आर्थिक बृद्धिदर कमनै हुने बताए । साथै अब यो मन्दीबाट मुक्ति पाउन बिकल्प खोजिने बताए । अष्ट्रेलियामा कोरोना कारण पर्यटन ब्याबसाय ठप्प रहेको छ । दैनिक उपभोग्य...

Read More

एक साताभित्रै विदेशमा रहेकाले स्वदेश फर्किन पाउने, अस्ट्रेलिया पनि प्राथमिकतामा

काठमाडौं । सरकारले दैनिक १० वटा चार्टर्ड विमान मार्फत विदेशमा रहेका नेपालीहरुको उद्धार गर्नेगरि तयारी अन्तिम चरणमा पुर्याएको छ । विमानस्थलको सुरक्षा सावधानीको पूर्वाधार तयारी, होल्डिङ सेन्टर, स्थानीय तहमा क्वारेन्टाइन तथा होटल क्वारेन्टाइनको व्यवस्थापन अन्तिम चरणमा पुगेको कोभिड उच्चस्तरिय समितिले जानकारी दिएको छ । एकसाताभित्रै धेरै समस्यामा परेका करिब २५ हजार श्रमिकको उद्धार सुरु गर्ने सरकारको तयारी छ । पहिलो चरणमा खाडी, मलेसिया, साइप्रस, बंगलादेश र अस्ट्रेलियामा रहेका तथा समस्यामा परेर आउन चाहने नागरिकलाई चार्टर विमानमा ल्याइने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभएको छ । उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले युरोप, अमेरिका लगायतका मुलुकमा रहेका नेपालीलाई सरकारले उद्धार...

Read More