Day: २० जेष्ठ २०७७, मंगलवार ०९:४७

साउथ अष्ट्रेलियामा जागिर गुमाउँदै नर्सहरु

एडलेड। साउथ अष्ट्रेलियामा कार्यरत नर्सहरुले आफूहरुको जागिर जोखिममा रहेको बताएका छन्। साउथ अष्ट्रेलिया राज्य सरकारले गत वर्षदेखि लागु गरेको अतिरिक्त खर्च कटौती योजना अन्तर्गतको कार्यक्रम अगाडी बढाएपछि नर्सहरुको जागिर पनि जोखिममा परेको हो। सो कार्यक्रम कोरोना भाइरस कहरका कारण केही समय रोकिएको थियो। तर राज्यमा कोरोना संक्रमण न्युन हुँदै गएको देखिएपछि सरकारले उक्त कार्यक्रम फेरी सुचारु गरेको हो। कोरोना भाइरसका कारण निम्तिएको यस कठीन समयमा नर्स जस्तो स्वास्थ्य सम्बन्धि संवेदनशील जागिर कटौती गर्नु भनेको राज्य सरकारको गैरजिम्मेवारीपन भएको भन्दै धेरैले आलोचना गरेका छन्। स्वास्थ्यमन्त्री स्टेफेनले भने यो कार्यक्रमले कोरोना भाइरस संक्रमणको समयमा फ्रन्टलाइनमा रहेर काम गरेका नर्सहरुलाई असर नपर्ने...

Read More

कोल्समा मंगलबार ५० प्रतिशतसम्म छुट

मेलबर्न। अष्ट्रेलियामा कोल्स सुपरमार्केटले मंगलबार ५० प्रतिशतसम्म छुट अफर राखेको छ। कोल्सले साप्ताहिक छुट अन्तर्गत मगलबार राति ११ : ५९ बजेसम्मका लागि छुट अफर राखेको हो। स्न्याक्स, चकलेट, फ्रिजर खाना, सरसफाईका सामान आदिमा छुट अफर रहेको छ। Source : 7...

Read More

नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने

काठमाडौं – केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिनेबित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् । यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै सुरु हुने उनीहरुले बताएका छन् । हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सदै गरेको छ । आउँदो २४ घण्टामा सो प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ । यसको प्रभावले नेपालमा आगामी २२ देखि २४ जेठसम्म वर्षा हुने र उच्चहिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा...

Read More

कोरोना भाइरस नियन्त्रण गर्न सेना परिचालन

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९ को कारण देखा परेको असहज अवस्थाबारे जानकारी दिएका हुन्। ‘उहाँहरूबीच सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल भएको हो। सरकार सञ्चालन र पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले रिपोर्टिङ गर्नुभएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने, ‘यो नियमित ब्रिफिङ र भेटघाटको सिलसिला हो। सञ्चार माध्यममा सेना परिचालन र अन्य विषयमा जानकारी दिन प्रधानमन्त्री आउनुभएको भनिए पनि त्यसप्रकारको छलफल भएको जानकारी छैन।’ विपद्मा...

Read More