Day: १७ जेष्ठ २०७७, शनिबार ०४:१७

भारतद्वारा नेपालको ७१ स्थानमा भूमि अतिक्रमण

काठमाडौं  – सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा भारतीय पक्ष हौसिँदै एकपछि अर्को स्थानमा सीमा अतिक्रमण गर्ने क्रम बढ्दै गएको सीमाविद्हरुले बताएका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा जोडिएका २७ जिल्लामध्ये भारतले २४ जिल्लाका ७१ स्थानमा ६ सय ६ वर्ग किमि नेपाली भूमि विभिन्न बाहानामा अतिक्रमण गरेको बताए । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् । Please follow and like...

Read More

दैलेखमा थप १४ जनामा कोरोना संक्रमण

जेठ १७, दैलेख दैलेखमा कोरोना थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको हो।  कोरोना पुष्टि भएका सबै नारायण नगरपालिकाका हुन्। संक्रमित हुनेमा वडा नम्बर २ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर ४ का तीन, वडा नम्बर ६ का एक, वडा नम्बर ८ का दुई, वडा नम्बर ९ का दुई, वडा नम्बर १० का दुई र वडा नम्बर ११ का दुईजना रहेका छन्। १८ देखि ५० वर्षसम्मका उनीहरु सबै पुरुष हुन्। प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला...

Read More

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ः०० बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नेछन्। सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेटको तयारी भइरहेको जनाएको छ । कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाबाट सङ्कटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने, स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा जोड दिने, कृषि...

Read More

सोमालियामा ९ चिकित्सकको हत्या

आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहले दक्षिणी सोमालियामा ९ जना चिकित्सकको हत्या गरेको छ।स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन्। सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ। अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ। इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ। Please follow and like...

Read More

डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका समाचार संस्था सीएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओले चीनको समर्थन गरेको भन्दै उ माथिको सहयोग रकम कटौती गर्ने घोषणा गर्नु भएको थियो । चीनले भने डब्लूएचओलाई आफूले सहयोग गर्ने बताउँदै आएको छ । चीनको वुहानमा सबेभन्दा पहिलो पटक देखिएको भनिएको कोरोना भाइरसको महामारीको प्रभाव अमेरिकामा धेरै परेपछि दुई देशको सम्बन्ध थप चिसिएको छ । कोरोना भाइरस...

Read More

Cake To Nepal

फेसबुक